• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास

metakhabar by metakhabar
२४ जेष्ठ २०८३,
0
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । उहाँहरूबीच  नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको दुवै मन्त्रीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको छ ।

द्विपक्षीय भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट भारत सरकार र भारतका जनतालाई अभिवादन गर्नुभएको थियो । उहाँले गत अप्रिल महिनामा मौरिससमा भएको नवौँ इन्डियन ओसियन सम्मेलनको साइडलाइनमा विदेशमन्त्री जयशङ्करसँग फलदायी छलफल भएको र पुनः भेट्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

“द्विपक्षीय संलग्नताको महत्त्वपूर्ण अवसर प्राप्त भएकामा म खुसी छु । म यो अवसरमा आगमन भएदेखि नै तपाईं र भारत सरकारबाट प्राप्त गरिएको सौहार्दपूर्ण आतिथ्यका लागि धन्यवाद पनि व्यक्त गर्न चाहन्छु” उहाँले भन्नुभयो । नेपालको नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश बोकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले आफूहरूसँग नजिकको छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ सङ्कल्प रहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै भारतको उच्चस्तरीय महत्त्वपूर्ण भ्रमण गर्नुभएको उल्लेख गर्दै नेपाल र भारत केवल दुई देश मात्र नभई एक गौरवशाली प्राचीन सभ्यताका साझेदार भएका बताउनुभएको थियो । “हामी यस सभ्यतागत सम्बन्धलाई आधुनिक विकासमुखी साझेदारीमा रूपान्तरण गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले नेपालले भारतसँगको सम्बन्धलाई उच्चतम् प्राथमिकता दिएको उल्लेख गर्दै नयाँ सरकार सार्थक, उद्देश्यपूर्ण र उच्चतम स्तरमा सम्बन्ध प्रगाढ बनाउन तयार रहेको बताउनुभयो । “भारतसँगको सम्बन्ध केवल ऐतिहासिक मात्र होइन, यो कठिन समयमा सबैभन्दा महत्त्वपूर्ण पनि रहँदै आएको छ । चाहे त्यो विपद्को समय होस् वा आजको पश्चिम एसिया सङ्कटको बेला”, परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “इन्धन आपूर्ति होस् वा मल आपूर्ति, तपाईंहरूले सधैँ साथ दिनुभएको छ र यसको लागि म नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।”

एक उत्पादनशील, स्पष्ट र परिणाममुखी छलफलको अपेक्षा गर्दै यस्तो छलफलले आगामी उच्चस्तरीय भ्रमणहरूको लागि आधार तयार पार्ने र द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत गर्ने उहाँको भनाइ थियो ।

यसैगरी भेटवार्ताका क्रममा विदेशमन्त्री जयशङ्करले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै करिब दुई महिनाअघि मौरिससमा परराष्ट्रमन्त्री खनालसँग भएको भेट र छलफलको स्मरण गर्नुभएको थियो । उहाँले भन्नुभयो, “हाम्रो मामिलामा, भारत र नेपालले निस्सन्देह एक अत्यन्त विशेष सम्बन्ध साझा गर्छन्, जुन जीवन्त जनस्तरका सम्बन्धहरू, सीमा–पार सम्पर्क र साझा सांस्कृतिक तथा धार्मिक परम्पराहरूको बलियो आधारमा निर्मित छ । यो सम्बन्ध आपसी विश्वास, सद्भाव र पारस्परिक लाभमा आधारित छ ।”

विदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध व्यापार, वाणिज्य, लगानी, ऊर्जा, विकास सहकार्य, शिक्षा, विपद् प्रतिक्रिया र संस्कृतिजस्ता क्षेत्रमा निरन्तर विकसित हुँदै आएको उल्लेख गर्दै दुई देशसँँग त्यसलाई अझ अगाडि बढाउने स्टार्टअप, कृत्रिम बौद्धिकता, सूचना प्रविधि, नवीकरणीय ऊर्जा र अन्य नयाँ क्षेत्रहरूमा पनि नयाँ अवसर भएको बताउनुभएको थियो ।

“हामी खुला सीमामा सुरक्षा कायम राख्न नजिकबाट सहकार्य गर्छौं । हाम्रो दुई देशले सधैँ आवश्यक परेको बेला एक–अर्कालाई साथ दिएका छन्,” उहाँले भन्नुभयो, “पश्चिम एसिया तथा मध्यपूर्वमा जारी सङ्कटको सन्दर्भमा, हामीले नेपाललाई अविरल इन्धन आपूर्ति सुनिश्चित गरेका छौँ ।”

यस सम्बन्धको महत्त्व दुवै पक्षबाट हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेको उत्कृष्ट भ्रमणबाट पनि स्पष्ट रूपमा देखिएको उहाँको भनाइ थियो । सो अवसरमा विदेशमन्त्री जयशङ्करले परराष्ट्रमन्त्री खनाललाई नेपाल सरकारको सफलताका लागि शुभकामना व्यक्त गर्दै नेपालको सरकारद्वारा तय गरिएका उद्देश्यहरू र भारतले छिमेकी क्षेत्रमा अघि सारेका पहलहरूबीच बलियो पूरकता रहेको उल्लेख गर्नुभएको थियो ।

साथै उहाँले सहकार्य र साझेदारीको एक अत्यन्त स्पष्ट र बलियो सन्देश दिँदै भारत–नेपाल सम्बन्धको दिशालाई निर्णायक रूपमा परिवर्तन गर्ने अवसर रहेको र सम्बन्धको पूर्ण सम्भावना साकार पार्ने समय आएको विश्वास व्यक्त गर्नुभएको थियो । विदेशमन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग दुवै देशको कल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहो¥याउनुभयो ।

परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच भेटवार्ता भएको थियो ।

त्यस्तै परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इण्डिया फाउण्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । उहाँ भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Previous Post

एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

Next Post

हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार

हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In