• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङ अस्पतालमा बढे बिरामी

    मुस्ताङ अस्पतालमा बढे बिरामी

    भीडभाड कम गर्न अदालतमा नयाँ नियम

    भीडभाड कम गर्न अदालतमा नयाँ नियम

    धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

    धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    कालीमाटी बजारको ताजा मूल्यसूची: कुन तरकारी कति रुपैयाँमा बिक्री हुँदैछ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

    सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुस्ताङ अस्पतालमा बढे बिरामी

    मुस्ताङ अस्पतालमा बढे बिरामी

    भीडभाड कम गर्न अदालतमा नयाँ नियम

    भीडभाड कम गर्न अदालतमा नयाँ नियम

    धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

    धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    कालीमाटी बजारको ताजा मूल्यसूची: कुन तरकारी कति रुपैयाँमा बिक्री हुँदैछ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

    सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

metakhabar by metakhabar
२३ जेष्ठ २०८३,
0
डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर । सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले बगाउने समस्या आएको हो ।

पूर्वी पहाडलाई छोटो दूरीमा तराईसँग जोड्ने तमोर कोरिडोरअन्तर्गत्का सडकमा आठ वटा खोलामाथि पुल निर्माण भइरहेका छन् । पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सीमामा पर्ने हेँवा खोला र पाँचथर र धनकुटा जिल्लाको सीमामा पर्ने नावा खोलामा बाढीले अवरोध सिर्जना हुँदै आएको छ । दुवै खोलामा बनाइएका अस्थायी डाइभर्सनमा बाढीले पटकपटक क्षति पुर्‍याउँदै आएको हो । केही ठूलो वर्षा हुनासाथ नावा खोलामा सवारीका साधन पार गर्न सक्दैनन । दुई पाङ्ग्रे सवारीसाधन झोलुङ्गे पुलबाट तार्ने गरिएको छ भने अन्य सवारीसाधन जोखिम मोलेर खोलाबाट पार गर्दछन् ।

अकस्मात पानीको बहाव बढेर जोखिम हुने गरेको तुम्बेवा गाउँपालिका–२ लखुवाका राजकुमार देवानले बताए । “जोखिम मोलेर सवारीसाधन पार गर्ने गरिएको छ”, देवानले भने, “डाइभर्सन बनायो भने कतिबेला बगाउँछ, टुङ्गो नै हुँदैन ।” ताप्लेजुङ, तेह्रथुम र पाँचथरका सयौँ सवारीसाधन र ढुवानीका साधन दैनिक रूपमा तमोर कोरिडोर सडक हुँदै सञ्चालन हुने गरेका छन । नावालगायत खोलामा पुल निर्माणले भने गति लिइरहेको छ ।

यता, तमोर कोरिडोरअन्तर्गत पर्ने हेँवा खोलाको माझीटारमा पटकपटक बाढीले डाइभर्सन बगाउने गरेको छ । हेँवा खोलाको मुहान क्षेत्र ठूलो रहेको र वर्षा भइरहने हुँदा यहाँ बाढी आइरहने स्थानीय बताउँछन् । नियमित वर्षाका कारण गत चैतदेखि बाढी आएर डाइभर्सन बगाएको छ । “अघिल्ला वर्षहरूमा असारसम्म डाइभर्सनले थाम्दथ्यो”, हिलिहाङ–७ माझीटारका रामकुमार माझीले भन्नुभयो, “यो वर्ष चैतदेखि नै यातायात अवरुद्ध भएका छन् ।”

यहाँ डाइभर्सन नहुँदा ताप्लेजुङ तथा उत्तरी पाँचथरका हिलिहाङ र याङवरक गाउँपालिकाबाट तमोर कोरिडोर सडक हुँदै तराईतर्फ सञ्चालन हुने सवारीसाधन मेची राजमार्गबाट फिदिम-शिवादोभान हुँदै घुम्नु पर्ने बाध्यता छ । तमोर कोरिडोर सडक आयोजना र निर्माण कम्पनीले नियमित रूपमा डाइभर्सन मर्मत तथा व्यवस्थित संरचना निर्माणका लागि चासो नदेखाउँदा समस्या भएको हिलिहाङ-५ का वीरेन्द्र मंग्रातीले बताए । “एक पटक बाढीले बगाएपछि लामो समयसम्म डाइभर्सन मर्मत नहुँदा छोटो दूरीको सडकको उपयोग नै हुन सकेको छैन”, मंग्रातीले भने, “यस क्षेत्रबाट सदरमुकाम जान पनि धेरै घुम्नु परेको छ ।”

त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेस्थित मेवा खोलामा थापिएको डाइभर्सन बाढीले पटकपटक बगाउँदा यात्रुले सास्ती खेप्दै आएका छन् । दोभानेमा तीन वर्षअघि बाढीले सडक पुल बगाएपछि डाइभर्सनका माध्यमबाट सवारीसाधन आवातजावतको प्रबन्ध गरिएको हो । तर, धेरै पटक बाढीले डाइभर्सन बगाएको छ । यस वर्षको जेठ ८ गते अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएको थियो ।

लामो समय सडक अवरुद्ध हुन नदिई खोलामा पानीको बहाव घटेको समयमा डाइभर्सन निर्माण गर्ने गरिएको याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले बताए । “खोलाभन्दा माथि पनि धेरै नागरिक हुनुहुन्छ । त्यसैले खोला घटनासाथ डाइभर्सन बनाउने गरेका छौँ”, उनले भने, “तर, जति पटक बनायो, त्यति नै पटक बगाइरहेको छ ।”

निर्माणाधीन सडक पुल यस वर्ष बाढीले बगाएपछि कहिले नयाँ पुल निर्माण होला भन्ने चिन्तामा स्थानीयवासी छन् । यस वर्ष वर्षायाम सुरु नहुँदै बाढी पहिरोको जोखिम बढ्नुका साथै खोला तर्ने अवस्था नभएपछि स्थानीय गहिरो चिन्तामा परेको याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले उल्लेख गरे ।

यसैबीच, बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डाइभर्सन नहुँदा अवरुद्ध सडकलाई नियमित सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि सम्बन्धित स्थानीय तह, आयोजना कार्यालय र निर्माण व्यवसायीलाई आग्रह गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

Previous Post

अण्डाको नयाँ मूल्य निर्धारण

Next Post

सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

मुस्ताङ अस्पतालमा बढे बिरामी
समाचार

मुस्ताङ अस्पतालमा बढे बिरामी

२३ जेष्ठ २०८३,
भीडभाड कम गर्न अदालतमा नयाँ नियम
समाचार

भीडभाड कम गर्न अदालतमा नयाँ नियम

२३ जेष्ठ २०८३,
धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण
समाचार

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

२३ जेष्ठ २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

कालीमाटी बजारको ताजा मूल्यसूची: कुन तरकारी कति रुपैयाँमा बिक्री हुँदैछ?

२३ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२३ जेष्ठ २०८३,
सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै
फिचर-ब्यानर

सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

२३ जेष्ठ २०८३,
Load More
Next Post
सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौँमा उपचार हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In