• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दर्शक भेट्दै कलाकार

metakhabar by metakhabar
२२ जेष्ठ २०८३,
0
दर्शक भेट्दै कलाकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रका कलाकारले दर्शक भेटेर आफ्नो चलचित्रकाबारेमा प्रतिक्रिया लिनेक्रम बढेको छ ।

पछिल्ला दिनमा काठमाडौँ उपत्यकासहित मोफसलका मुख्य सहरमा रहेका चलचित्र भवनमा पुगी दर्शकसँग भेट्दै चलचित्रको विषयमा प्रतिक्रिया लिनेक्रम बढेको देखिन्छ ।

यसले दर्शकको चाहनालाई प्रत्यक्ष रुपमा बुझ्न मद्दत गर्नुका साथै प्रचारप्रसारमा सहयोग हुने बुझाई चलचित्रकर्मीको छ । सोही कारण काठमाडौँ उपत्यकासँगै पोखरा, चितवन, नेपालगञ्ज, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीलगायत प्रमुख सहरमा पुग्ने चलचित्रकर्मीको सङ्ख्या पछिल्लो समय बढ्दो छ । चलचित्र चल्नुमा कथावस्तु, पात्र र अभिनयजस्ता पक्षका साथ प्रचारप्रसारको महत्वपूर्ण भूमिका हुने भनाइ सम्बद्ध क्षेत्रबाट आएको छ ।

यसै सन्दर्भमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायका अभियन्ताको विरोध समर्थन र प्रचारप्रसारका क्रममा अभिनेता तथा अभिनेत्रीहरूको देशव्यापी दौडधूपका कारण चलचित्र लालीबजारलाई दर्शकले मनपराएको देखिन्छ ।

गत वैशाख २५ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रले घरेलुबजारमा रु आठ करोड बढीको कमाई गरिसकेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

उक्त चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले नेपालभरका दर्शकसँग भेटघाट गर्नुभयो । आफ्नो चलचित्रका बारेमा प्रत्यक्ष समीक्षा लिन र दर्शकलाई धन्यवाद दिन चलचित्र भवन पुग्ने गरेको अभिनेत्री खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई दर्शकले दिनुभएको मायालाई प्रत्यक्ष भेटेर नै कृतज्ञता प्रकट गरिरहेका छौँ । हामीले प्रत्यक्ष भेट्दा उहाँबाट पाउने प्रतिक्रिया र उहाँहरूको मुहारमा देखिने खुसीले थोरै भए पनि हाम्रोतर्फबाट धन्यवाद दिने मौका पाएँजस्तो लाग्छ । हामीलाई विश्वास गरेर आउनुभएका दर्शकलाई फर्किंदा पनि सोही विश्वास छ की छैन भनेर पनि हामीले बुझ्ने मौका पाउँछौँ ।”

चलचित्र प्रदर्शन भएको चौथो सातामा पनि उहाँसहित चलचित्रका कलाकार तथा निर्देशक दर्शकसँग भेटघाट गरिरहनुभएको छ । मोफसलका मुख्यसहरमा भेटघाट गरिसकेपछि अब काठमाडौँ उपत्यकामै भेटघाट केन्द्रित हुने उहाँले बताउनुभयो ।

प्रायः चलचित्रको प्रचारमा सहभागी नहुने अभिनेता विपिन कार्की पनि यसपटक चलचित्र भवन पुगेर दर्शकसँग साक्षात्कार गर्नुभयो । अभिनयमा अब्बल मानिने अभिनेता कार्की कलाकारको काम चलचित्र प्रचारभन्दा बढी निर्माणमा हुने मान्यता राख्नुहुन्छ । यद्यपि, यसपटक उहाँ गत जेठ ८ देखि प्रदर्शनरत चलचित्र ‘काजी’ का लागि चलचित्र भवन पुग्नुभयो ।

“दर्शकसँग भेटघाट गरेर प्रतिक्रिया लिँदा हामीले गरिरहेको कामका बारेमा प्रत्यक्ष बुझ्ने मौका पाउछौँ, यो प्रायः रङ्गमञ्चमा हुन्छ भने पछिल्लो समय चलचित्र प्रदर्शन भएपछि हुने गरेको छ । म पनि चलचित्र प्रदर्शन भएका बेला समय मिलेसम्म दर्शक भेट्ने गर्छु”, अभिनेता कार्कीले भन्नुभयो ।

हाल चलचित्र भवनमा प्रदर्शनरत चलचित्र ‘मितज्यू’का अभिनेता दयाहाङ राई पनि समय मिलाएर चलचित्र भवन पुगिरहनुभएको छ । यसका साथै, चलचित्र ‘रोल नम्बर १’ अभिनेता मुकुन भुसाल, सुशाङ्क मैनाली लगायतले चलचित्र प्रदर्शन भएपछि काठमाडौँ उपत्यका अगाडि मोफसल पुगेर दर्शक भेट्नुभयो ।

पछिल्लो समय नेपाली चलचित्र प्रदर्शन भएको साता वा चलचित्र भवनमा राम्रो दर्शक हुँदा कलाकारसहित निर्माण समूह दर्शकलाई भेट्न पुग्ने गरेका छन् ।

यसले चलचित्रको बारेमा प्रतिक्रिया पाउनुका साथै प्रचारप्रसार पनि हुने निर्माता तथा निर्देशकको भनाइ छ । चलचित्र भवन पुगेका कलाकारलाई भेट्ने, तस्बिर र श्रव्यदृश्य खिचेर दर्शकले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भएकाले पनि त्यसले प्रचार हुने विश्वास चलचित्रकर्मीको छ ।

Previous Post

कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In