• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्शक भेट्दै कलाकार

    दर्शक भेट्दै कलाकार

    चक्रपथ निर्माण अन्तिम चरणमा

    कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

    सीको उत्तर कोरिया भ्रमण

    सीको उत्तर कोरिया भ्रमण

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

    सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दर्शक भेट्दै कलाकार

    दर्शक भेट्दै कलाकार

    चक्रपथ निर्माण अन्तिम चरणमा

    कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

    सीको उत्तर कोरिया भ्रमण

    सीको उत्तर कोरिया भ्रमण

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

    सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल

metakhabar by metakhabar
२२ जेष्ठ २०८३,
0
दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विद्युत् भार कटौतीका कारण राति अन्धकार हुने दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल बनेका छन् । महाकाली नगरपालिका–९ को बेतदेखि सदरमुकाम खलङ्गा हुँदै वडा नं १ को श्रीबगडसम्मको मुख्य राजमार्गमा सौर्यबत्ती जडान गरेपछि रातिको आवतजावत सहज बनेको हो।

सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानमा नगरपालिकाले सौर्य ऊर्जामार्फत सडक बत्ती जडान गरेको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिए । उनका अनुसार बेतदेखि खलङ्गासम्म २०७ वटा सडकमा सौर्यबत्ती जडान गरिएको छ ।

‘विद्युत् भार कटौती भए पनि अब सडक अन्धकार हुँदैन’, उनले भने, ‘रातिको समयमा हुने सम्भावित दुर्घटना तथा आपराधिक गतिविधि न्यूनीकरणका लागि यो योजना प्रभावकारी हुने अपेक्षा गरिएको छ ।’

सूचना अधिकारी जोशीका अनुसार प्रदेश सरकारले कुल दुई करोड ६४ लाख समपूरक अनुदान उपलब्ध गराएको थियो । नगरपालिकाले बोलपत्र आह्वान गरी एक करोड ४१ लाख ९१ हजार ४७० लागतमा अल्ट्रा इन्फोसिससँग सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले सबै क्षेत्रका सडकमा सौर्यबत्ती जडानको काम सम्पन्न गरेको छ ।

पछिल्लो समय दार्चुलामा विद्युत् सेवा अनियमित बन्दै गएको छ । छिनछिनमै बत्ती आउनेजाने समस्याले रातिको समयमा सडक सुनसान हुने अवस्था थियो । यस्तो अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सडकमा सौर्यबत्ती जडानलाई प्राथमिकतामा राखेको महाकाली नगरप्रमुख नरसिंह चैसिरले बताए।

नगर प्रमुख चैसिरका अनुसार ‘उज्यालो महाकाली, सुरक्षित महाकाली’ नारासहित सडक क्षेत्रमा सौर्य बत्ती विस्तार गरिएको छ । नगरपालिकाले खम्बा, सोलार प्यानल, ब्याट्री तथा बत्ती जडान सम्पन्न गरेको उनले बताए। ‘नगरपालिकाको मुख्य क्षेत्र उज्यालो बनाउने अभियानले सार्थकता पाएको छ’, उनले भने, ‘यसको दिगो संरक्षणमा स्थानीयले साथ दिनुपर्छ ।’

हाल सदरमुकाम खलङ्गाको मुख्य बजारबाहेक महाकाली नदी किनार हुँदै लास्कु तथा महाकाली करिडोरअन्तर्गत बङ्गाबगड र श्रीबगडसम्मका क्षेत्रमा सडकमा बत्ती जडान गरिएको छ ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत भूपेन्द्र रैखोलाका अनुसार सौर्य सडक बत्तीका लागि आपूर्तिकर्ता कम्पनीले एक वर्षका लागि प्रतिबद्धता व्यक्त गरेको छ । ‘कुनै समस्या आए तत्काल मर्मत कम्पनीले नै गर्ने व्यवस्था गरिएको छ’, उनले भने। कम्पनीले प्यानल र ब्याट्रीमा सुनिश्चितता गरेको छ ।

सौर्य सडक बत्ती जडानपछि स्थानीयवासी तथा यातायात व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् । महाकाली नगरपालिका–९ का स्थानीय जगतसिंह चैसिरले रातिको समयमा हिँडडुल गर्न सहज भएको बाए। रातिको समयमा हुने अवाञ्छित घट्ना कमी हुने उनको भनाइ छ ।

केही स्थानीयले खलङ्गा बजार, दल्लेख क्षेत्र तथा खुलामञ्च आसपासमा थप सडक बत्ती जडान गर्नुपर्ने माग गरेका छन् । स्थानीय गोविन्द अवस्थीले नगरपालिकाको पहल सकारात्मक भए पनि बजार क्षेत्रमा बिग्रिएका पुराना बत्ती मर्मत गरी सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए।

बजार क्षेत्रमा विद्युत्का खम्बा तथा ठाउँ अभावका कारण तत्काल बत्ती जडान गर्न नसकिएको नगरपालिकाले जनाएको छ । बिग्रिएका ठाउँमा मर्मत गरेर सञ्चानमा ल्याउने बताइएको छ ।

Previous Post

सत्ता र प्रतिपक्षबीच सहकार्यको खाँचो : ज्ञानेन्द्र शाही

Next Post

विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

metakhabar

metakhabar

सम्बन्धित खबर

दर्शक भेट्दै कलाकार
मनोरञ्जन

दर्शक भेट्दै कलाकार

२२ जेष्ठ २०८३,
चक्रपथ निर्माण अन्तिम चरणमा
आर्थिक

कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

२२ जेष्ठ २०८३,
सीको उत्तर कोरिया भ्रमण
अन्तर्राष्ट्रिय

सीको उत्तर कोरिया भ्रमण

२२ जेष्ठ २०८३,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थान

२२ जेष्ठ २०८३,
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
फिचर-ब्यानर

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

२२ जेष्ठ २०८३,
सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी
फिचर-ब्यानर

सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची, कडा कानुन र नियमन जरूरी

२२ जेष्ठ २०८३,
Load More
Next Post
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In