• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषिसामग्री

metakhabar by metakhabar
२२ जेष्ठ २०८३,
0
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषिसामग्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, २२ जेठः रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन रु २६ लाखबराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो ।

गाउँपालिकाको ७५ तथा किसानको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बाँस्तोलाले जानकारी दिनुभयो । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा किसानलाई कृषि सामग्री प्रदान गरेको हो ।

कृषि विकास समितिबाट छनोट भएका कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिको प्रयोग गरेर किसानको उत्पादन बढाउने उद्देश्यले कृषि सामग्री प्रदान गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

खेतबारी जोत्नका लागि ३३ मिनीटिलर, धान, मकै र गहँु कुट्नको लागि आठवटा थ्रेसर, धान, घाँस काट्नका लागि १३ वटा ब्रसकटर, खाडल खन्न पाँचवटा अर्थअगर प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कृषि बालीमा विषादी छिट्न प्रयोग हुने इलेक्ट्रिक स्प्रेअर ५२ वटा, सिँचाइका लागि हजारी ४२ वटा, आधुनिक मौरीघार ११२ वटा र फलफूलको हाँगा काट्ने सिकेचर आठवटा प्रदान गरिएको हो ।

प्रविधिको बढ्दो प्रयोग भइरहेको अवस्थामा गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कृषि सामग्री ल्याएर गाउँमै उपलब्ध गराएपछि किसान हर्षित भएका छन् । रावाबेँसी गाउँपालिका जिल्लाको अन्य नौ स्थानीय तहको तुलनामा सबैभन्दा बढी कृषि उपज उत्पादन हुने स्थानीय तहमा पर्दछ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो गाउँपालिकामा यतिबेला लिची उत्पादन भएको छ । लिची उत्पादनको केन्द्र मानिने रावाबेँसी गाउँपालिकामा गत वर्ष लिची बिक्रीबाट मात्रै रु ९५ लाख ६८ हजार भित्रिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

किसानले उत्पादन गरेका लिची आफ्नै गाउँमा प्रतिकिलो रु ५२ का दरले बिक्री गरेका कृषि शाखा प्रमुख बाँस्तोलाले बताउनुभयो । छवटा वडा रहेको यो गाउँपालिकाको वडा नं १ कुभिण्डेका स्थानीय खड्गप्रसाद रेग्मीले यस वर्ष एउटै बोटमा फलेको लिची रु ४५ हजारमा ठेकेदारलाई घरैबाट बिक्री गर्नुभयो ।

लिची बिक्रीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको प्रवर्द्धनमा खासै चासो नदिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइदिनुपर्ने किसानको माग छ । रावाबेँसी गाउँपालिकामा फलफूलका साथै धान, मकै, गहुँ, कोदो तथा फापर अत्यधिक मात्रामा उत्पादन हुने गरेको छ । रावाखोला फाँटमा उत्पादन भएको धान राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा खपत हुने गरेको छ ।

Previous Post

छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला

Next Post

झाडी फाँडेर फलफूल बगैँचा

metakhabar

metakhabar

सम्बन्धित खबर

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
आवाज

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

२५ अशोज २०८३,
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
जीवन शैली

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

२५ अशोज २०८३,
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
आर्थिक

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
आर्थिक

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

२५ अशोज २०८३,
काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता
समाचार

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

२५ अशोज २०८३,
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
समाचार

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

२५ अशोज २०८३,
Load More
Next Post
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषिसामग्री

झाडी फाँडेर फलफूल बगैँचा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In