• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    रास्वपाको प्रदेश अधिवेशन आजदेखि

    रास्वपाको प्रदेश अधिवेशन आजदेखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परेवाको दिशाबोधमा कलेजोको भूमिका

metakhabar by metakhabar
१६ जेष्ठ २०८३,
0
परेवाको दिशाबोधमा कलेजोको भूमिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ । अध्ययनअनुसार यी चराहरूले दिशानिर्देशनका लागि केवल आकाशीय सङ्केत वा स्थलचिह्न मात्र नभई, उनीहरूको कलेजोसँग सम्बन्धित जैविक प्रणालीलाई पनि उपयोग गर्ने सम्भावना देखिएको छ ।

जनावरहरूले सामान्यतया ताराहरू, भू–दृश्य र पृथ्वीको चुम्बकीय क्षेत्रजस्ता विभिन्न सङ्केतहरू प्रयोग गरेर दिशा पहिचान गर्छन् । चराहरू, माछा र कछुवाजस्ता प्रजातिहरूले पृथ्वीको चुम्बकीय क्षेत्रलाई प्राकृतिक कम्पासको रूपमा प्रयोग गर्ने विश्वास रहँदै आएको छ, तर यसको वास्तविक जैविक प्रक्रिया अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन ।

परेवाहरू लामो दूरी उडान गर्न सक्षम चराहरू हुन् । यी चराले एकै दिनमा सयौँ माइल दूरी पार गर्न सक्छन् । ऐतिहासिक रूपमा मानिसहरूले यी चराहरूलाई सन्देशवाहकका रूपमा समेत प्रयोग गर्दै आएका छन्, जसले उनीहरूको दिशा पहिचान क्षमताप्रति थप चासो बढाएको छ ।

जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ एनिमल बिहेभियरका मार्टिन विकेल्स्की नेतृत्वको अनुसन्धान टोलीले यस रहस्यको अध्ययन गर्दै चुम्बकीय सङ्केत पत्ता लगाउने प्रणाली खोज्ने क्रममा कलेजोमा अप्रत्याशित जैविक सङ्केत फेला पारेको जनाएको छ । अध्ययनअनुसार कलेजोमा रहेका विशेष प्रतिरक्षा कोशिकाहरूले रातो रक्त कोशिका तोड्ने र फलाम भण्डारण गर्ने प्रक्रियामा चुम्बकीय संवेदनसँग सम्बन्धित भूमिका खेल्न सक्ने देखिएको छ ।

बोन विश्वविद्यालयका क्रिश्चियन कुट्र्सका अनुसार ती प्रतिरक्षा कोशिकाहरूलाई अस्थायी रूपमा निष्क्रिय पारिँदा परेवाहरूले आफ्नो मार्ग पहिचान गर्ने क्षमता गुमाएको देखिएको थियो । यसले कलेजोमा रहेको फलाम–सम्बन्धित प्रणालीले दिशाबोधमा भूमिका खेल्न सक्ने बलियो सङ्केत दिएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

अनुसन्धानकर्ताहरूले चराहरूको चुम्बकीय कम्पास विशेषगरी बादलयुक्त अवस्थामा मात्र प्रभावित हुने बताएका छन्, किनभने उनीहरूले सूर्यलाई पनि वैकल्पिक दिशा पहिचान सङ्केतका रूपमा प्रयोग गर्ने गर्छन् ।

वैज्ञानिकहरूले लामो समयदेखि प्रतिरक्षा कोशिकाहरू चुम्बकीय संवेदन प्रक्रियामा संलग्न हुन सक्ने अनुमान गर्दै आएका थिए, तर साइन्स जर्नलमा प्रकाशित यो अध्ययनले त्यसतर्फ पहिलो ठोस संरचनात्मक सङ्केत प्रस्तुत गरेको बताइएको छ ।

अमेरिकाको म्यासाचुसेट्स बोस्टन विश्वविद्यालयका व्यावहारिक पारिस्थितिकीविद् अल्बर्ट काओले अनुसन्धानलाई आश्चर्यजनक भए पनि अर्थपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।

बोन विश्वविद्यालयकी सह–लेखिका क्लिभिया लिसोभ्स्कीका अनुसार कलेजोका ती प्रतिरक्षा कोशिकाहरू स्नायु तन्तुको नजिक रहेकाले तिनले चुम्बकीय सङ्केतलाई मस्तिष्कसम्म पुर्‍याउने सम्भावना देखिन्छ, जसले परेवाको दिशा पहिचान प्रणालीमा योगदान दिन सक्छ ।

अनुसन्धानकर्ताहरूले मुसाजस्ता अन्य जनावरमा पनि यस्तै प्रकारको चुम्बकीय प्रणाली हुन सक्ने सम्भावना औँल्याएका छन् । तर बाह्य विज्ञहरूले अझै थप प्रमाण आवश्यक रहेको बताउँदै परेवाहरूले चुम्बकीय सङ्केत कसरी मस्तिष्कमा व्याख्या गर्छन् भन्ने विषयमा अनुसन्धान जारी रहनुपर्नेमा जोड दिएका छन् ।

अध्ययनले कलेजोमा सबैभन्दा बलियो सङ्केत भेटिए पनि यस्तै प्रतिरक्षा कोशिकाहरू चराको मुखको भाग (चुच्चो) र शरीरको रोग–प्रतिरोधी प्रणालीसँग सम्बन्धित अन्य अङ्गहरूमा पनि देखिएको उल्लेख गरिएको छ ।

विशेषज्ञहरूले चुम्बकीय दिशा पहिचानको एकल सिद्धान्त नहुन सक्ने बताउँदै चराहरूले परिस्थितिअनुसार विभिन्न संयन्त्र प्रयोग गर्न सक्ने सम्भावना पनि औँल्याएका छन् ।

Previous Post

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

Next Post

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

metakhabar

metakhabar

सम्बन्धित खबर

आहा ! श्रीमञ्ज्याङ लामागाउँ
जीवन शैली

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

२६ जेष्ठ २०८३,
आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय
जीवन शैली

आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

२६ जेष्ठ २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
फिचर-ब्यानर

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

२६ जेष्ठ २०८३,
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
कृषि

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

२६ जेष्ठ २०८३,
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
आवाज

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

२६ जेष्ठ २०८३,
रास्वपाको प्रदेश अधिवेशन आजदेखि
समाचार

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

२६ जेष्ठ २०८३,
Load More
Next Post
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In