• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धान खेतमा पहिलो पटक मखना खेती

metakhabar by metakhabar
१६ जेष्ठ २०८३,
0
धान खेतमा पहिलो पटक मखना खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर। धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ ।

पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य पदार्थ मखनाको खेती युवा कृषकले नेपालमै पहिलो पटक ठूलो क्षेत्रफलमा थालेपछि यतिबेला यो खेती स्थानीयको चासोको विषय बनेको छ । कचनकवल गाउँपालिका–४ केचनाका ३९ वर्षीय कृषक चन्द्र राजवंशीले भारतको विहारबाट प्रविधि सिकेर २० बिघा क्षेत्रफलमा मखना खेती सुरु गरेका हुन्।

धान र मकै खेती हुने खेतमा पानी जमाएर गरिएको यो खेती अहिले झापामै नयाँ र फरक कृषि अभ्यासका रूपमा हेरिएको छ ।

राजवंशीले १० वर्षका लागि प्रतिविघा ३० मन धान बराबरको रकम अग्रिम भुक्तानी गरेर भाडामा लिएको जमिनमा मखना खेती सुरुआत गरेको बताए ।

“भारतको सीमावर्ती क्षेत्रमा मखना खेती मनग्य आम्दानी दिने खेतीका रूपमा विकास भइरहेको देखेपछि नेपालमा पनि यसको सम्भावना खोज्ने सोच आयो,” उनले भने, “जोखिम भए पनि नयाँ खेतीको परीक्षणस्वरूप ठूलो लगानी गरेर सुरु गरेको हुँ ।”

मखना पानीमा फल्ने कमल प्रजातिको वनस्पति हो । यसको फराकिलो पात काँडाले ढाकिएको हुन्छ भने पातको बीचभागबाट फूल र फल लाग्ने गर्दछ । वैशाख अन्तिम सातादेखि फूल लाग्न सुरु हुने मखना साउन अन्तिम सातादेखि पाक्न थाल्ने कृषक राजवंशी बताउँछन् । उनका अनुसार मखना खेतीका लागि सुरुआतमा धेरै मेहनत आवश्यक पर्छ ।

“पुस महिनादेखि खेत खनजोत सुरु हुन्छ,” उनले भने, “मिहिन रूपमा खेत तयार गरी बलिया आली बनाइन्छन् र निरन्तर पानी जमाइन्छ ।”

आठ महिनापछि मात्रै उत्पादन प्राप्त हुने भएकाले यो खेती धैर्यता र लगानी दुवै चाहिने खेतीका रूपमा रहेको राजवंशीको अनुभव छ । उनले बिउदेखि प्रविधिसम्म भारतबाट ल्याएर खेती सुरु गर्दा हालसम्म करिब रु १४ लाख खर्च भइसकेको बताए । उत्पादित मखना भारत निर्यात गर्न पाए प्रतिविघा रु तीन लाखसम्म नाफा लिन सकिने उनको अनुमान छ ।

कृषक राजवंशीका अनुसार नेपालमा हालसम्म व्यावसायिक रूपमा मखना खेती सुरु नभएकाले यसको बजार व्यवस्थापन र सरकारी नीतिबारे स्पष्ट व्यवस्था छैन । उत्पादनपछि बजारीकरण तथा निर्यात प्रक्रियामा सहजीकरण आवश्यक रहेको उनको भनाइ छ । मखना खेती सुरु भएपछि कचनकवल क्षेत्रमा आन्तरिक चासोसमेत बढ्न थालेको स्थानीयवासी बताउँछन् ।

स्थानीय खुसी राजवंशीका अनुसार अनौठो खेती भएकाले हेर्नकै लागि दैनिक धेरै किसान खेतसम्म पुग्ने गरेका छन् । “धान खेतमा पानी जमाएर फरक प्रकारको खेती गरिएको देख्दा धेरैलाई उत्सुकता लागेको छ,” उनले भनिन्।

मखना धार्मिक तथा स्वास्थ्य दुवै दृष्टिले महत्वपूर्ण खाद्य पदार्थका रूपमा चिनिन्छ । हिन्दू धर्ममा पूजापाठमा प्रसादका रूपमा प्रयोग गरिने मखना नेपालमा मुख्यतः भारतबाट आयात हुने गरेको छ । पोषणविद्का अनुसार मखनामा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम र भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।

स्वास्थ्यका दृष्टिले लाभदायक मानिने मखानालाई ‘सुपर फुड’ तथा ‘अर्गानिक खाद्य’ समेत भनिने कृषक राजवंशी बताउँछन्। रासायनिक मल तथा विषादीको प्रयोगबिना उत्पादन गर्न सकिने भएकाले यसको माग भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो रहेको उनले बताए ।

कृषक राजवंशीले सरकारी सहयोगबिना आफ्नै लगानीमा बोरिङ जडान गरेर खेती गरिरहेका छन् । मखनाले उचित बजार पाउन सके आगामी वर्षदेखि यो खेती अझै विस्तार गर्ने योजना रहेको उनले बताए।

Previous Post

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

Next Post

गर्मी बढेसँगै मोहीको माग बढ्दो

metakhabar

metakhabar

सम्बन्धित खबर

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
आवाज

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

२५ अशोज २०८३,
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
जीवन शैली

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

२५ अशोज २०८३,
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
आर्थिक

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
आर्थिक

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

२५ अशोज २०८३,
काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता
समाचार

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

२५ अशोज २०८३,
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
समाचार

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

२५ अशोज २०८३,
Load More
Next Post
गर्मी बढेसँगै मोहीको माग बढ्दो

गर्मी बढेसँगै मोहीको माग बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In