• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आज देशभरका मस्जिदमा बकर इद मनाइँदै

metakhabar by metakhabar
१४ जेष्ठ २०८३,
0
आज देशभरका मस्जिदमा बकर इद मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ ।

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अलीले ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिइएको बताए । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्त्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको उनले उल्लेख गरे।

“जुन ग्रन्थलाई हाल मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको इतिहास छ । त्यही सम्झनामा हाल पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, मौलाना अलीले भने ।

पर्वका अवसरमा मक्कामदिना जानु शुभ मानिएअनुसार त्यहाँ जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । मक्कामदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् ।

यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धमालेले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो ।

जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

Previous Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In