• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

    सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

metakhabar by metakhabar
१३ जेष्ठ २०८३,
0
अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् ।

तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरु पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रुपमा पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रलाई लिन सकिन्छ ।

पछिल्लो समय प्रदर्शनमा आएका ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरू आमा’ जस्ता चलचित्रमा महिलाहरू कथा सजाउने पात्र होइनन्, कथा चलाउने शक्ति बनेर आएका छन् । पहिलो पटक होइन, तर लामो अन्तरालपछि अभिनेत्रीहरूले पर्दामा ‘लिड’ मात्र होइन, ‘हिरो’ को जिम्मेवारी बोकेका देखिन्छन् ।

यीमध्ये ‘लालीबजार’ अहिले सबैभन्दा धेरै चर्चामा छ । गत वैशाख २५ देखि प्रदर्शनमा रहेको चलचित्रमा स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको जीवन संघर्षलाई प्रस्तुत गर्नुभएको छ । छोरीको भविष्य जोगाउन समाजसँग जुध्ने आमाको कथा बोकेको चलचित्रले सामाजिक विभेद र कुप्रथाविरुद्ध आवाज उठाएको छ ।

स्वस्तिमा खड्काका अनुसार महिला पात्र केन्द्रमा हुनु आफैँमा ठूलो परिवर्तन हो । उहाँ भन्नुहुन्छ, “हाम्रो चलचित्रमा अझै पनि धेरै कथाहरू पुरुष पात्रलाई केन्द्रमा राखेर लेखिन्छन् । तर दर्शकले अहिले फरक कथा पनि स्वीकार्न थालेका छन् ।” उहाँले बलियो पटकथा भए पात्रको लिंगभन्दा कथा महत्वपूर्ण हुने बताउनुभयो ।

चलचित्र ‘एक मुठ्ठी बादल’ले महिलाको व्यक्तिगत स्वतन्त्रताको विषय उठाएको छ । चलचित्रमा अभिनेत्री आँचल शर्मासँगै निशा शर्मा, उषा रजकलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा प्राविधिक टोलिसँगै निर्देशक समेत महिला नै हुनुहुन्छ । चलचित्रमा विवाह गर्ने निर्णय लिएकी एक युवतीले निर्णयमा खोज्ने स्वतन्त्रालाई चित्रण गरिएको छ ।

गत जेठ १ मा प्रदर्शन भएको चलचित्र ‘एक मुठ्ठी बादल’ मा अभिनेत्री आँचल शर्माले ‘माइली’ छोरीको भूमिका निर्वाह गर्नुभएको छ । “मैले चलचित्रमा निर्वाह गरेको पात्रले आफ्नो निर्णयको स्वतन्त्रतालाई प्रस्तुत गरेको जस्तो लाग्छ । विवाह गर्न तयार पात्रको मनोविज्ञान र उसले आफ्नो निर्णयलाई अन्य परिवारका सदस्यको दबाव बिना नै स्वतन्त्र रुपमा भन्नसके हुनुपर्छ भन्ने देखाइएको छ । यसमा महिला शीर्ष भूमिकामा हुनुका साथै छायाँकार, सम्पादकलगायत चलचित्र तयार गर्दा तयार हुने प्राय विधाको प्रमुख नै महिला हुनहुन्छ”, अभिनेत्री शर्माले भन्नुभयो ।

आँचल शर्माले चलचित्रले महिलाको निर्णय क्षमता र आत्मविश्वासलाई देखाउन खोजेको बताउनुभयो । “महिलाले आफ्नो जीवनका निर्णय आफैँ गर्न पाउनुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ,” उहाँको भनाइ छ ।

एक समय रेखा थापाले नेपाली सिनेमामा महिला पात्रलाई ‘एक्शन हिरो’ कै रूपमा स्थापित गर्नुभएको थियो । तर त्यसपछि बजार फेरि पुरुष केन्द्रित कथातिर मोडियो । अहिले भने परिस्थिति फेरि बदलिन थालेको संकेत देखिएको छ ।

पछिल्ला चलचित्रहरूले एउटा स्पष्ट सन्देश दिएका छन् । दर्शक अब केवल ‘हिरो’ हेर्न हल गएका छैनन्, उनीहरू राम्रो कथा खोजिरहेका छन् । र त्यो कथा महिलाको आँखाबाट पनि भन्न सकिन्छ भन्ने विश्वास नेपाली सिनेमामा विस्तारै बलियो हुँदै गएको छ ।

Previous Post

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड
आवाज

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

२६ जेष्ठ २०८३,
आहा ! श्रीमञ्ज्याङ लामागाउँ
जीवन शैली

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

२६ जेष्ठ २०८३,
आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय
जीवन शैली

आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

२६ जेष्ठ २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
फिचर-ब्यानर

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

२६ जेष्ठ २०८३,
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
कृषि

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

२६ जेष्ठ २०८३,
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
आवाज

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

२६ जेष्ठ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In