• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    वनफूलले सिँगारिएको ढोरपाटन

    वनफूलले सिँगारिएको ढोरपाटन

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

metakhabar by metakhabar
९ जेष्ठ २०८३,
0
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, ९ जेठः केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार आकर्षण बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभयो ।

स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगरलगायत स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका साहसिक तरिकाले गरिन लागेको भीर मौरीको मह सिकार अवलोकनका साथै स्थानीय साम्पाङ राईहरुको संस्कार÷संस्कृतिको अध्ययन एवं अनुसन्धान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

पर्या–पर्यटनसँग जोडेर प्रदेश सरकारसँगैको सहकार्यमा गाउँपालिकाले पहिलोपटक आयोजना गरेको महोत्सवमा जिल्लास्थित सबै स्थानीय तहका जनप्रतिनिधि तथा मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईलगायत पर्यटन व्यवसायीको सहभागिता छ । फेदीको लेकाली क्षेत्रमा पर्ने तेरावामा आयोजना गरिएको महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीयले त्रिपाल टाँगेर खाने तथा बस्ने व्यवस्था मिलाएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ ।

“हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीरलगायत भीरहरुमा वर्षौंअघिदेखि भीर मौरी बस्दै आएका छन् ।

फेदीका स्थानीय बासिन्दाले उभौलीको समयमा जेठ–असार तथा उधौलीको समयमा कात्तिक–मङ्सिर महिनागरी वर्षमा दुईचोटी भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक याममा एउटै भीरबाट कम्तीमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।

फेदीमा पुस्तौँदेखि किरात संस्कारका रुपमा भीर मौरीको मह सिकार भइरहेको मह सिकारी हस्तराम राईले बताउनुभएको छ । “मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ, अहिले युवा पुस्तासमेत यो परम्परागत मह सिकार गर्ने पेसामा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “भीर मौरीको सिकार गर्न उनीहरुलाई हामीले नै सिकायौँ । युवापुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा परम्परागत रुपमा भीर मौरीको मह सिकार गरिन्छ  । प¥याङका माध्यमबाट चढ्ने, सुताका माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय मह सिकारीको भाषामा भीरमा गएर मह निकाल्नेलाई ‘प¥याङ्गे’ भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता आवश्यक सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ । प¥याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य व्यक्तिलाई सहयोगी भन्ने गरिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायत क्षेत्रमा बसोबास गर्दै आएका गाउँभरिका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवका रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङ्कङ, सिङ्गापुर लगायतका देशहरुमा नि¥यात हुने गरेको छ ।

फेदीका किरात राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कार तथा संस्कृतिसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात् पितृ (दिवङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादका रुपमा ग्रहण गर्ने गरेका छन् ।

भीर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ  । धेरै खाँदा मात लाग्ने विशेषता भएको भीर मौरीको मह हाडजोर्नी, नसासम्बन्धी समस्या, युरिक एसिड, प्रेसरलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् ।

Previous Post

सोलेडाँडामा ‘जडीबुटी पार्क’

Next Post

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
आर्थिक

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

२८ असार २०८३,
वनफूलले सिँगारिएको ढोरपाटन
आर्थिक

वनफूलले सिँगारिएको ढोरपाटन

२८ असार २०८३,
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता
आवाज

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

२८ असार २०८३,
नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश
समाचार

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

२८ असार २०८३,
Load More
Next Post
चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In