• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    वनफूलले सिँगारिएको ढोरपाटन

    वनफूलले सिँगारिएको ढोरपाटन

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

metakhabar by metakhabar
९ जेष्ठ २०८३,
0
सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी),  सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल)मा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न गरेको छ ।

मनसुनको समयमा कोशी प्रदेशमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति गौरवकुमार केसीले गत वर्ष कोशी प्रदेशका इलाम र झापामा आएको ठूलो बाढीपहिरो तथा कोशी क्षेत्रमा देखिएको जटिल बाढीजन्य अवस्थालाई मध्यनजर गर्दै यस्ता अभ्यास समय समयमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता अभ्यासले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हालको मनसुनलाई लक्षित गर्दै पूर्वी पृतना हेडक्वार्टर इटहरीमा एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले बाढीपहिरोजस्ता विपद्का समयमा त्यसलाई तत्काल परिचालन गर्न सकिने बताउनुभयो ।

पृतनापति केसीले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्थानीयवासीको सक्रिय सहभागिता, क्षमता विकास तथा पूर्वाधार निर्माणमा जोड दिनुभयो । स्थानीय तह र समुदाय सक्षम भएमा विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।

विपद्को उच्च जोखिममा रहेको कोशी प्रदेशमा बर्सेनि विभिन्न प्रकारका विपद्का घटना हुने गरेकाले यस्ता अभ्यास अत्यन्त आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । स्थानीय समुदायको सहकार्य तथा सुरक्षा निकायहरूको एकीकृत प्रयासमा सञ्चालन गरिने यस्ता अभ्यासले भविष्यमा आउने बाढीजन्य विपद्मा प्रभावकारी प्रतिकार्य गर्न महत्त्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ थियो ।

अभ्यासका क्रममा विपद् उद्धार तथा व्यवस्थापनसम्बन्धी विभिन्न सामग्री प्रदर्शन गरिएको थियो । मनसुनका बेला बाढी, डुबान, कटान तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने जोखिमलाई समयमै व्यवस्थापन गर्न र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ ।

अभ्यासका क्रममा सम्भावित विपद्का घटनाको कृत्रिम अवस्था सृजना गरी उद्धार, राहत व्यवस्थापन, घाइतेको उद्धार तथा समन्वयका विभिन्न पक्षको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा श्री भगवती गण, श्री शिवदल गण, श्री कालीशक्ति गण, श्री सर्वभाग्य दल गण, अमरदल गण, भीमकाली गुल्म तथा नं १ विपद् व्यवस्थापन गणलगायतका विभिन्न गण तथा गुल्मका नेपाली सेनाका विपद् उद्धार टोलीको सहभागिता रहेको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

Previous Post

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

Next Post

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
आर्थिक

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

२८ असार २०८३,
वनफूलले सिँगारिएको ढोरपाटन
आर्थिक

वनफूलले सिँगारिएको ढोरपाटन

२८ असार २०८३,
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता
आवाज

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

२८ असार २०८३,
नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश
समाचार

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

२८ असार २०८३,
Load More
Next Post
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In