दिसा चिप्लो र दुर्गन्धित हुनु, पेट कटक्क काट्नु, दिसाबाट सिँगान जस्तो फिँज निस्कनु, रगत मिश्रित आउँ देखिनु आउँका लक्षणहरु हुन् ।
यसका लागि खान र गर्न नहुने कुराहरुः
माछा, मासु, अण्डा, चिल्लो, पीरो, अमिलो, काँचा कचिला खानेकुराहरु, नउमालेको पानी, जाँडरक्सी, गुलिया मिठाइहरु, सागको चौटा, ठोस खानेकुराहरु, दूध, मूला, गाँजर आदि खानुहुँदैन ।
खान र गर्न हुने कुराहरुः
मुँगको दालसँग भात खाने, चिल्लोरहित दही वा मोही, हरिया सागपात, रेशादार सागको झोल मात्रै खाने, बन्दा, काउली, भन्टाको तरकारी खाने । आउँ बढी परेको छ भने सम्भव भए एक दुई दिन गिलो भातमा मोही राखी खाने, सुख्खा खानेकुरा खाँदै नखाने, झोलिँदो खानेकुरा, फलफूलको रस, मसलाविहीन तरकारीको सुप खाने । पानी प्रशस्त पिउने । केही दिनसम्म रसाहार, फलाहार र उपवासको क्रम अपनाउने । पेट सफ ागर्ने, तातो र चिसोले पालैपालो सेक्ने गर्नाले यो रोगबाट चाँडै मुक्ति मिल्दछ ।
साभारः ‘योगाभ्यास तथा घरेलु उपचार विधि’पुस्तकबाट













