• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

metakhabar by metakhabar
४ जेष्ठ २०८३,
0
किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी (म्याग्दी), ४ जेठ : यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो ।

आइतबार आयोजित शिविरमा ७७ जना किसानका करिब तीन हजार ५०० पशुपन्छीका लागि औषधि वितरण गरिएको नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा गाईभैँसी, बाख्रा, कुखुरालगायतका लागि औषधि वितरणका साथै घरदैलो गरी पशुपन्छीको स्वास्थ्य जाँच तथा उपचारसमेत गरिएको छ ।

शिविरमा नगरपालिकाका पशु चिकित्सक डा सुदीप पौडेल, सहायक पशु चिकित्सक गौतम, प्राविधिक सूर्यलाल नेपाली, हरिकृष्ण पौडेल, महित मल्लिकसहित प्रशिक्षार्थी प्राविधिक करुणा पुन र भूमिका पुनले पशुपन्छीको उपचार तथा किसानलाई औषधि वितरण गर्नुभएको थियो ।

ग्रामीण भेगमा पशुपालन गर्ने किसानलाई घरदैलोमा औषधोपचार सेवा दिन शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको नगरपालिकाका पशु चिकित्सक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा किसानलाई पशुपालनका सम्बन्धमा प्राविधिक परामर्श पनि प्रदान गरिएको छ ।

शिविरमा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा बाँझोपन निवारणको औषधि वितरण गर्नुका साथै पाचक, क्याल्सियम, मिनरललगायत औषधि वितरण गरिएको थियो । शिविरका क्रममा भकिम्लीका विभिन्न टोलबस्तीमा पशु प्राविधिकको टोलीद्वारा घरदैलो गरी पशुको स्वास्थ्योपचार, गर्भ परीक्षण, गाइभैँसीको पेटमा किल्लाकाँटीको परीक्षणका साथै गाईभैँसी र बाख्रामा जुम्रा, किर्ना, उपियाँ, लुतोलगायत समस्याको समेत औषधोपचार गरिएको थियो ।

भकिम्लीमा व्यावसायिक रूपमा बाख्रा, कुखुरा, गाइभैँसीपालन हुँदै आएको छ । नयाँ किसान प्राविधिक ज्ञान नहुँदा पशुपन्छीको स्वास्थ्योपचारमा अनविज्ञ भएको अवस्थामा शिविरबाट पशुपन्छीको उपचारसँगै प्राविधिक परामर्श सेवाबाट लाभान्वित बनेको वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । बेनी नगरपालिकाले पशु सेवा शाखामार्फत वडा तहमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेर पशुपालक किसानको समस्यामा सहजीकरण गर्दै आएको छ । नगरपालिकाले किसानलाई उत्पादनमा आधारित नगद अनुदानसमेत वितरण गर्दै आएको छ ।

Previous Post

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

Next Post

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In