• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ममतालाई घरमै पुगेर दिइयो नागरिकता

    ममतालाई घरमै पुगेर दिइयो नागरिकता

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ममतालाई घरमै पुगेर दिइयो नागरिकता

    ममतालाई घरमै पुगेर दिइयो नागरिकता

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

metakhabar by metakhabar
२ जेष्ठ २०८३,
0
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानबीच शुक्रबार अबुधाबीमा व्यापक तथा महत्वपूर्ण द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तापछि दुवै देशले रक्षा, ऊर्जा सुरक्षा, व्यापार, पूर्वाधार, प्रविधि तथा लगानी क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गरेका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यसहित रक्षा सहकार्य, ऊर्जा आपूर्ति, समुद्री पूर्वाधार, उन्नत प्रविधि तथा आर्थिक लगानीसम्बन्धी विभिन्न समझदारी भएका छन्।

भेटवार्तापछि प्रधानमन्त्री मोदीले युएई नेतृत्वसँग व्यापार, ऊर्जा लगायतका क्षेत्रमा रणनीतिक साझेदारी थप गहिरो बनाउने विषयमा विस्तृत छलफल भएको बताएका छन्।

प्रधानमन्त्री मोदीले हालै युएईमाथि भएका आक्रमणहरूको भारतले कडा शब्दमा निन्दा गरेको पुनः दोहोर्‍याउँदै युएईको सार्वभौमिकता तथा भौगोलिक अखण्डतामाथिको कुनै पनि चुनौती अस्वीकार्य रहेको बताएका छन्।

उनले युएईका राष्ट्रपतिको नेतृत्व, साहस र दूरदर्शिताको प्रशंसा गर्दै पछिल्लो क्षेत्रीय संकटका समयमा देखाएको दृढताप्रति सम्मान व्यक्त गरेका छन्। साथै युएईमा बसोबास गर्ने भारतीय समुदायप्रति देखाइएको सहयोग र सम्मानका लागि पनि आभार प्रकट गरेका छन्।

पश्चिम एसियामा इरान युद्धपछि उत्पन्न अस्थिरता, समुद्री मार्गमा देखिएको अवरोध तथा विश्व ऊर्जा बजारमा बढ्दो अनिश्चितताका बीच प्रधानमन्त्री मोदीको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। विशेषगरी विश्वको ठूलो तेल आपूर्ति मार्ग मानिने होर्मुज जलडमरूमध्यमा देखिएको तनावले ऊर्जा सुरक्षालाई संवेदनशील बनाएको छ।

भारत र युएई बीच रणनीतिक पेट्रोलियम भण्डारण तथा ग्यास आपूर्तिसम्बन्धी सहमति पनि भएको छ। भारतीय पक्षले यसलाई भारतको दीर्घकालीन ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण उपलब्धि मानेको छ।

रक्षा साझेदारीअन्तर्गत दुवै देशले रक्षा उद्योग, समुद्री सुरक्षा, साइबर सुरक्षा, सैन्य अभ्यास, सुरक्षित सञ्चार प्रणाली, उन्नत प्रविधि, तालिम तथा सूचना आदानप्रदानमा सहकार्य बढाउने सहमति गरेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री मोदी र युएई राष्ट्रपतिबीचको वार्तालाई ‘व्यापक र अत्यन्त फलदायी’ भएको बताएका छन्।

उनका अनुसार वार्तामा ऊर्जा, व्यापार तथा लगानी, वित्तीय प्रविधि, रक्षा सहकार्य तथा जनस्तरको सम्बन्ध विस्तारबारे गम्भीर छलफल भएको थियो।

प्रवक्ता जैसवालले प्रधानमन्त्री मोदीले युएईमाथि भएका हालैका आक्रमणहरूको कडा निन्दा गरेको तथा दुवै नेताले क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिप्रति साझा प्रतिबद्धता दोहोर्‍याएको बताएका छन्।

भ्रमणका क्रममा युएईले भारतमा पाँच अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी घोषणा गरेको छ। उक्त लगानी पूर्वाधार, बजार तथा रणनीतिक क्षेत्रमा केन्द्रित रहने बताइएको छ।

भारतीय अधिकारीहरूले यसलाई भारत–युएई आर्थिक सम्बन्ध थप सुदृढ भएको संकेतका रूपमा व्याख्या गरेका छन्। हाल पनि बैंकिङ, प्रविधि, पूर्वाधार तथा यातायात क्षेत्रमा युएईको ठूलो लगानी रहेको छ।

विश्लेषकहरूले पछिल्लो भ्रमणलाई बदलिँदो क्षेत्रीय शक्ति सन्तुलनसँग पनि जोडेर हेरेका छन्। विशेषगरी साउदी अरेविया र पाकिस्तान बीच बढ्दो रक्षा तथा आर्थिक सहकार्यका बीच भारतले खाडी मुलुकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने रणनीति अघि बढाएको बताइएको छ।

त्यसैगरी ओपेकबाट युएई बाहिरिएपछि तेल उत्पादन क्षमता थप विस्तार हुने अपेक्षा गरिएको छ, जसबाट भारतजस्ता ठूलो ऊर्जा आयातकर्ता राष्ट्र लाभान्वित हुन सक्ने अनुमान गरिएको छ।

यसअघि यस वर्षको सुरुआतमै भारत र युएईबीच तीन अर्ब अमेरिकी डलर बराबरको दीर्घकालीन ग्यास आपूर्ति सम्झौता भइसकेको थियो भने रक्षा सहकार्य विस्तारका लागि प्रारम्भिक समझदारी पनि भएको थियो।

भारतीय अधिकारीहरूले प्रधानमन्त्री मोदीको पछिल्लो भ्रमणलाई ऊर्जा सुरक्षा, रणनीतिक साझेदारी तथा क्षेत्रीय कूटनीतिका दृष्टिले ठूलो उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

Previous Post

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

Next Post

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

metakhabar

metakhabar

सम्बन्धित खबर

ममतालाई घरमै पुगेर दिइयो नागरिकता
आवाज

ममतालाई घरमै पुगेर दिइयो नागरिकता

२१ असार २०८३,
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
आवाज

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

२१ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

२१ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

२० असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आवाज

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

२० असार २०८३,
वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
Load More
Next Post
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In