• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    रास्वपाको प्रदेश अधिवेशन आजदेखि

    रास्वपाको प्रदेश अधिवेशन आजदेखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

metakhabar by metakhabar
२ जेष्ठ २०८३,
0
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली, २ जेठः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ ।

यस अघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी एवं सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विकास साझेदार निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरिसकेको प्रदेश सरकारले शुक्रबार यहाँका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमाका सन्दर्भमा छलफल गरेको हो । छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणमा दलहरुको सुझाव लिने उद्देश्यले छलफल गरिएको बताउनुभयो ।

कसैलाई खुसी पार्ने र आशय पुरा गर्ने मनसायबाट तर्जुमा हुने नीति तथा कार्यक्रम र बजेट परम्परा तथा संस्कृतिलाई पूर्णरुपले अन्त्य गरिने मुख्यमन्त्री कँडेलले बताउनुभयो । कर्णालीको विकास, समृद्धि र सुशासनमा सहयोग पुग्ने बजेट निर्माणका लागि सबै क्षेत्रको सुझाव सल्लाह लिएर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका प्रदेश सभापति एवं राष्ट्रियसभा सदस्य ललितजङ्ग शाहीले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने बजेट ल्याउन सुझाव दिनुभयो । नेकपाका कर्णाली प्रदेश संयोजक बिमला केसीले कर्णालीको साझा सवाल पहिचान गरी सुशासन कायम हुने र परिणाम ल्याउने किसिमको वैज्ञानिक तथा व्यवहारिक बजेट ल्याउन सुझाउनुभयो ।

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलाबजङ्ग शाहले आवश्यकताका आधारमा विनियोजन हुने बजेट ल्याउन आग्रह गर्दै योजना छनोटलाई व्यवहारिक बनाउन सुझाव दिनुभयो । राप्रपा कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष सूर्य खत्रीले भूइँ नागरिकका समस्या सम्बोधन गर्ने बजेट निर्माणका लागि सरकारलाइ अनुरोध गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले वर्तमान आवश्यकता, जेन्जी मर्म र जनताका आवश्यकतालाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम र त्यस अनुसारको बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका जीवनबहादुर शाहीले नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य बनाउन सुझाव दिनुभयो । उहाँले सडक, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर कार्यान्वयन पक्षलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले भौतिकका साथै मानवीय विकास र युवा रोजगारमा सहयोग पुग्ने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो । नेकपा कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले कर्णाली आफैले राजश्व बढाउने नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कार्यान्वयनयोग्य, सुशासन, समृद्धि र सशक्तिरणमा जोड दिने बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य राजकुमार शर्मा र सन्तोषी शाहीले कर्णाली जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने तथा परिणाम देखिने बजेट निर्माण गरी योजनालाई कार्यान्वयन तहमा लैजान नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो ।

छलफलमा डोल्पा, हुम्ला, मुगुका जनताको आधारभूत स्वास्थ्य उपचार जिल्लामै हुने गरी अस्पताललाई बलियो बनाउनुपर्ने, बेरोजागारी समस्या समाधान कसरी गर्ने ? कृषि क्षेत्रमा स्थापना भएर अलपत्र परेका कृषि उद्योगहरुलाई सञ्चालन, प्रविधि र प्राविधिक जनशक्ति बढाउन, माग नभई आवश्यक, उत्पादन र रोजगार बढाउने बजेट ल्याउने सुझाइएको छ । उक्त छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेशसभा दलका नेता, प्रमुख सचेतक, राजनैतिक दल, योजना आयोगका पदाधिकारी तथा सदस्य, प्रमुख सचिवसहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Previous Post

भारतमा पेट्रोल–डिजेल महँगियो

Next Post

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

आहा ! श्रीमञ्ज्याङ लामागाउँ
जीवन शैली

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

२६ जेष्ठ २०८३,
आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय
जीवन शैली

आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

२६ जेष्ठ २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
फिचर-ब्यानर

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

२६ जेष्ठ २०८३,
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
कृषि

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

२६ जेष्ठ २०८३,
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
आवाज

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

२६ जेष्ठ २०८३,
रास्वपाको प्रदेश अधिवेशन आजदेखि
समाचार

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

२६ जेष्ठ २०८३,
Load More
Next Post
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In