• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

metakhabar by metakhabar
३१ बैशाख २०८३,
0
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको टीकापुर नगरपालिका अनाथ तथा असहाय बालबालिकाको अभिभावकत्व निर्वाह गर्न थालेको छ ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्दै आएका अनाथ तथा असहाय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताहरुको पहुँचमा ल्याएर त्यस्ता बालबालिकाको संरक्षण गर्दै अभिभावकत्व निर्वाह गर्न थालेको हो । विसं २०८१ मा अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा आएसँगै १७ जना बालबालिकाको अभिभावकत्व नगरपालिकाले निर्वाह गर्दै आएको छ ।

गत भदौबाट नगरपालिकाको वडा नं. १ स्थित सरस्वती माध्यमिक विद्यालयमा त्यस्ता बालबालिकाहरुलाई आवाससहितको व्यवस्थापन गरेर राखिएको छ । त्यहाँ कक्षा १ देखि ९ सम्म अध्ययन गर्दै आएका अनाथ तथा असहाय बालबालिकाले आश्रय विद्यालयमै लिएर अध्ययन गरिरहेका छन् । कार्यविधि अनुसार नगरपालिकाले एक विद्यार्थी बराबर वार्षिक रु ६० हजार खर्च गर्दै आएको छ । बालबालिकाले अति आवश्यक सामग्री खरिदका लागि प्रति बालबालिका रु ५०० का दरले वार्षिक रु छ हजार नगद नै प्राप्त गर्ने गरेका छन् ।

“यहाँ घरायसी वातावरणमा अभिभावकको अभाव अनुभूति नहुने गरी हामीले बालबालिकाको हेरचाह गर्दै आएका छौँ ।“ विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीले भने “उहाँहरुलाई आवश्यकताअनुसार सुविधा प्रदान भइरहेको छ । शिक्षामा अझै बढी ध्यान दिइएको छ ।”, उनका अनुसार बालबालिकाको सबै आवश्यक व्यवस्थापनको जिम्मा विद्यालय प्रशासनले नै लिएको छ । नगरपालिकाले एकमुष्ट विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई बजेट भुक्तानी गर्दै आएको छ । त्यही रकम विद्यालयले मापदण्डअनुसार खर्च गर्दै आएको प्रधानाध्यापक घर्तीले बताए ।

अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालनमा आएको धेरै समय नभएका कारणले बालबालिका कम आएको हुनसक्ने अनुमान गरिएको छ । “केन्द्र सञ्चालनमा आएको एक वर्ष भएको छैन”, उनी भन्छन्, “विद्यार्थीहरुको सङ्ख्या बढ्ने छ । अहिले धेरैलाई थाहा नभएर कम भएको हुनसक्छ । “चालू आर्थिक वर्षमा नगरपालिकाले केन्द्रको लागि २० लाख बजेट विनियोजन गरेको थियो ।

अभिभावकविहीन बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म जोड्ने उद्देश्यले बालबालिका संरक्षण केन्द्र सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बताउनुभएको छ । “आर्थिक अभाव भएका अभिभावकका बालबालिकाहरु शिक्षाबाट वञ्चित नभए पनि अभिभावक नै नहुँदा कैयौँ बालबालिका विद्यालय बाहिर छन्”, उनले भने, “विद्यालयबाहिर भएका सहारा खोजिरहेको बालबालिकाहरुको अभिभावक नगरपालिका भएर काम गर्न सुरु गरिएको हो ।”

Previous Post

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

Next Post

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In