काठमाडौँ । प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीको नाम सिफारिस गरिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले यसअघिका सचिव हर्कराज राई लाई मंगलबार पदमुक्त गर्दै अधिकारीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
सङ्खुवासभाका निवासी अधिकारी नेपाल सरकारको उपसचिव पदबाट अवकाश प्राप्त पूर्वकर्मचारी हुन् ।नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभा सचिव पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था रहेको छ ।













