• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

metakhabar by metakhabar
२८ बैशाख २०८३,
0
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलान्चोक । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्मको सडक निर्माणमा भएको ढिलासुस्तीबारे यहाँका जनप्रतिनिधिले चासो राखेका छन् । आइतबार बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायीसँग सो विषयमा छलफल भएको थियो । छलफलमा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनुपर्नेमा जोड दिइएको थियो ।

बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको छलफलमा सूर्यविनायक–धुलिखेल सडक आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नगर उपप्रमुख विमला दाहाल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, आयोजना प्रमुख, ठेकेदार कम्पनी लगायतको उपस्थिति थियो । छलफलमा धुलिखेल–सूर्यविनायक सडक आयोजनाअन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सडकहरू बिना अवरोध निर्बाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सडक आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी बनेपास्थित पुण्यमाता खोला पुल तथा भैँसीपाटी खोला पुल निर्माणका क्रममा अवरुद्ध सर्भिस लेन र सहायक मार्ग पुनः सञ्चालन हुनेगरी आवश्यक निर्माण तत्काल गरिनेछ । पुलबजार क्षेत्रमा पुण्यमाता खोलाबाट हुने डुबान रोक्न खोला गहिर्‍याउने, खोला सफा गर्ने तथा संरक्षणसम्बन्धी कार्य तुरुन्त अघि बढाइनेछ । त्यस्तै पुण्यमाता खोलामा रहेको पुलको सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पूर्ण कार्य सम्पन्न गरिने जनाइएको छ ।

“कुनै पनि हालतमा यात्रुलाई असहजता हुनुभएन, तत्काल सबै क्षेत्रमा मेन–लेनमा पक्की बनाउने नसक्ने भए सर्भिस ट्रयाकमा कुनै अवरोध हुनुभएन”, मन्त्री बादेले भने । उनले चरणबद्ध रूपमा गरिने निर्माणबारे विभिन्न बहाना देखाएर निर्माण व्यवसायी पन्छिन खोजेकामा भने रोष प्रकट गरे । सडक अव्यवस्थित हुँदा भएका दुर्घटनामा दुई जनाको ज्यान जाँदा पनि आयोजना गम्भीर नभएको प्रति उनले असन्तोष व्यक्त गरे ।

आयोजना प्रमुख विजय महतोले समग्र भौतिक प्रगति ७० प्रतिशत भएको जनाउँदै आगामी असार मसान्तसम्म मुख्य लेन पक्की गरिसक्ने बताए । उनका अनुसार ‘कालोपत्र गर्ने तयारी गरिए पनि बिटुमिनको अभाव’ले केही महिना ढिला भएको छ, तर पनि बिटुमिन ल्याउन विभिन्न तहमा पहल भइरहेको छ । भक्तपुर–धुलिखेल सडक खण्डअन्तर्गत निर्माण हुने तीन वटा पुल निर्माणका लागि निर्माण कम्पनीसँग थप पहल भइरहेको महतोले बताए ।

करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना ९१५ दशमलव ८ किलोमिटर०को हाल विस्तार दुई महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् । उक्त आयोजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत काम सक्ने लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको जनाइएको छ ।

ठेक्काको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दै आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ । यस्तै भक्तपुरको सूर्यविनायक काभ्रेपलान्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ ।

आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडक खण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको जनाइएको छ । सूर्यविनायक–धुलिखेल सडक बिस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७।५ किलोमिटर विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि एक वर्ष म्याद थपिएको हो । हाल साँगामा अन्डरपास’ निर्माण अन्तिम चरण पुगेको छ ।

Previous Post

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

Next Post

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
Load More
Next Post
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In