• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मुक्तकमैयाको दिनचर्या : बगरमा पसिना, राजमार्गमा व्यापार

metakhabar by metakhabar
२७ बैशाख २०८३,
0
मुक्तकमैयाको दिनचर्या : बगरमा पसिना, राजमार्गमा व्यापार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन् । फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् ।

तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्तकमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ । कृष्णपुर नगरपालिका–२ का नीरज राना विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन्।

राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारी चालक र यात्री हुन् । बिहानदेखि साँझसम्म सडक छेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको उनी बताउछन् । राना मुक्तकमैया बस्तीमा बस्छन्। सरकारले करिब तीन दशकअघि पुनःस्थापनाका क्रममा उनलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर रानाको परिवार बस्दै आएको छ ।

माघ महिनादेखि उनी वनहरा नदी किनारमा बगरखेती गर्छन् । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घर नजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ । ‘दैनिक पाँच हजार रुपैयाँ जतिको बिक्री हुन्छ, रानाले भने, सिजनभरिमा रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।’

वनहरा मुक्तकमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगरखेतीमा संलग्न छन् । नदीकिनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् । स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत लिजमा लिएर खेती गर्दै आएका छन् । यस वर्ष उनले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, तोरैयाँ र करेला लगाएका छन्।

‘गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो, उनले भने, त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु । सिजनमा रु पाँच लाखसम्मको बिक्री हुन्छ, जसबाट रु दुई लाखदेखि रु तीन लाखसम्म बचत हुन्छ ।’ उनका अनुसार खेती नै परिवारको मुख्य आयस्रोतका रूपमा रहेको छ । अरू गरिखाने आधार छैन, उनले भने, यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।’

सडक किनारमा तरबुजा प्रतिकिलो रु २५, काँक्रा ४०, तोरैयाँ ६० र तितेकरेला रु ५० प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा रु १५ मा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् । तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताए ।

‘राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ, उनले भने, यहाँका काँक्रा र तरभुजा निकै मीठा हुन्छन् । स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।’ तर सडक छेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्रगतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्तकमैया बताउँछन् ।

तरकारी तथा फलफूल बिक्रीमा संलग्न धिरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याए । ‘नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो, उनले भने, व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो, तर अहिलेसम्म कुनै पहल भएको छैन ।’

बगरखेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठूलो लगानी र मिहिनेत आवश्यक पर्ने उनीहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै रु ३० हजारदेखि रु एक लाखसम्म खर्च हुने गरेको छ । मलखाद, बीउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिइन् । ‘खेती गर्न सजिलो छैन, उनले भनिन्, दिनरात मिहिनेत गर्नुपर्छ । राम्रो स्याहारसुसार गरेमात्रै उत्पादन राम्रो हुन्छ ।’

स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताए । ‘खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ, उनले भने, यसले घरधन्दा धानेको छ ।’

विरा रानाका अनुसार बगरखेतीले मुक्तकमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । ‘बगरमा बगाएको पसिना खेर जाँदैन’, उनले भने, ‘परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।’

रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्तकमैया परिवारका लागि बगरखेती आम्दानीको स्रोतमात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ । तर कृषि अनुदान, सिँचाइ, बीउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्तकमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् ।

‘यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ’, लीलावती वडायकले भनिन्, बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।’ वनहरा नदीकिनारको बगर अहिले मुक्तकमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्तकमैया परिवारको घरखर्चमात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ ।

Previous Post

आजको मौसम : हिमाली र पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

Next Post

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In