काठमाडौं । पूर्णबहादुर खड्काले भिष्मराज आङ्देम्बेलाई नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
आज भेटघाट गर्दै खड्काले आङ्देम्बेको सफल कार्यकालको कामना गरेका हुन्। उनले यसपटकको संसदमा नेपाली कांग्रेस दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा रहेकाले आङ्देम्बेको भूमिका प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा ऐतिहासिक र महत्वपूर्ण हुने उल्लेख गरे।
त्यस्तै, उनले संवैधानिक परिषद्को सदस्यका रूपमा पनि आङ्देम्बेको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।












