• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सतहमा राष्ट्रप्रेम, भित्र विवादको भुमरीः पूर्वसैनिक खड्काको दोहोरो कथा !

metakhabar by metakhabar
११ बैशाख २०८३,
0
सतहमा राष्ट्रप्रेम, भित्र विवादको भुमरीः पूर्वसैनिक खड्काको दोहोरो कथा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि सार्वजनिक बहसमा अचानक उदाएका नामहरूमध्ये माधवसुन्दर खड्का एक हुन्। उमेरका हिसाबले जेनजी समूहभन्दा बाहिर रहे पनि आन्दोलनसँग जोडिएका घटनाक्रमले उनलाई अप्रत्याशित रूपमा चर्चाको केन्द्रमा ल्यायो।

आन्दोलनका क्रममा हराएको भनिएका आफ्नै छोराको खोजीमा सडकमा देखिएको दृश्यले उनको सार्वजनिक छवि भावनात्मक र सहानुभूतिपूर्ण रूपमा स्थापित गर्‍यो। यही बाहिरी सक्रियता र राष्ट्रप्रेमको आवरणभित्र लुकेका पाटाहरूलाई बुझ्न खोज्दा यो कथा अझ जटिल बन्छ।

खड्काले केही समयदेखि सामाजिक सञ्जालमार्फत राष्ट्र विकास, सुशासन र सामाजिक रूपान्तरणका विषयमा आवाज उठाउँदै आएका थिए। उनले काठमाडौँ, धरान र धनगढीका चर्चित जनप्रतिनिधिहरूसँग भेटघाट गरी सहकार्यको संकेत दिएका तस्बिरहरू सार्वजनिक गर्दै आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरे।

यसै क्रममा उनले विशिष्ट व्यक्तित्व तथा उच्च सैनिक अधिकारीहरूसँगको भेटघाटलाई पनि प्रचारको माध्यम बनाए। राजनीतिक रूपमा उनी एक नयाँ पार्टीमा उपाध्यक्ष बनेर सक्रिय भए, तर पार्टीको भविष्य अन्योलपूर्ण देखिएपछि स्वतन्त्र धारका नेताहरूलाई समर्थन गर्ने घोषणा गर्दै बाहिरिए।

सञ्चार क्षेत्रमा समेत आफ्नो उपस्थिति बलियो बनाउने प्रयास उनले गरेका छन्। सामाजिक सञ्जालमा बनाएको लोकप्रियतालाई आधार बनाएर उनले रेडियोमा बहस कार्यक्रम सञ्चालन गरे र संकटमा पुगेको टेलिभिजन रोज्दै ‘जनताको सवाल, उम्मेदवारको जवाफ’ जस्ता कार्यक्रममार्फत आफूलाई विश्लेषक र सामाजिक अभियन्ताका रूपमा प्रस्तुत गर्न खोजे। यसले उनलाई सार्वजनिक बहसको एउटा चिनिने अनुहार बनायो।

तर उनको अतीतका पाटा भने त्यति सरल छैनन्। सैनिक जीवनको प्रारम्भिक चरणमा उनी उत्कृष्ट प्रदर्शन गर्ने, मिलनसार र वाक्पटु अधिकृतका रूपमा चिनिन्थे। सहकर्मीहरूका अनुसार उनीमा नेतृत्वको सम्भावना प्रस्ट देखिन्थ्यो। तर समयसँगै उनको जीवनशैली विवादित बन्न थाल्यो। विलासी बानी, मदिरा सेवन, जुवातासलगायत व्यापक सामाजिक घेरामा रमाउने प्रवृत्तिले उनको व्यक्तिगत र व्यावसायिक छविमा असर पार्न थाल्यो।

आर्थिक दायित्व बढ्दै जाँदा ऋण, लेनदेन र व्यक्तिगत विवादका कारण उनले अन्ततः कर्णेल पदबाट राजीनामा दिएर विदेश जाने निर्णय गरेका थिए। अमेरिका पुगेपछि उनले त्यहाँको नेपाली समुदायसँग सम्बन्ध विस्तार गरे। सुरुमा उनको सक्रियता सकारात्मक देखिए पनि पछि सहकारी खोल्ने नाममा आर्थिक सङ्कलन गरेको र त्यससँग सम्बन्धित विवाद चुलिएको आरोप लाग्न थाल्यो। केही स्रोतका अनुसार सम्भावित कानुनी कारबाहीबाट बच्न उनले परिवारलाई उतै छोडेर नेपाल फर्किएको दाबी गरिएको छ।

नेपाल फर्किएपछि भने उनले आफ्नो छवि पुनः निर्माण गर्ने अभियान थाले। देशका विभिन्न स्थानमा भ्रमण, प्रभावशाली व्यक्तिसँग भेटघाट र ती गतिविधिका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले आफूलाई फेरि स्थापित गर्ने रणनीति अपनाए। उनको बोल्ने शैली र सम्बन्ध विस्तार गर्ने क्षमताले उनलाई पुनः चर्चामा ल्यायो। यद्यपि अमेरिकामा आर्थिक रूपमा प्रभावित भएका व्यक्तिहरूले सम्पर्क गर्दा उनी ‘व्यवस्था गर्दैछु’ भन्ने आश्वासन दिने तर समाधान नदेखिएको गुनासो पनि सुनिन्छ।

खड्काको व्यक्तित्व आज दुई विपरीत ध्रुवमा उभिएको देखिन्छ। एकातिर उनी ऊर्जावान्, राष्ट्रप्रेमी र सामाजिक रूपमा सक्रिय अभियन्ता हुन्, अर्कोतिर विवादित आर्थिक गतिविधि, अस्थिर व्यक्तिगत जीवनशैली र अपुष्ट आरोपहरूको घेरामा रहेका व्यक्ति पनि। यो अवस्था टाइटानिक दुर्घटनासँग तुलना गर्न सकिन्छ, जहाँ सतहमा देखिने आइसबर्गभन्दा धेरै ठूलो भाग पानीमुनि लुकेको थियो। त्यसैले कुनै पनि सार्वजनिक व्यक्तित्वको मूल्याङ्कन गर्दा देखिने पक्ष मात्र होइन, अदृश्य आयामहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।

उनको निजी जीवन र व्यवहारबारे पनि प्रश्न उठ्ने गरेका छन्। पारिवारिक सम्बन्ध बिग्रिएको, निकट व्यक्तिहरूको आर्थिक विश्वासमा चोट पुर्‍याएको र आफूले सेवा गरेको संस्थाप्रति नकारात्मक धारणा फैलाउने गतिविधिमा संलग्न भएको आरोप लाग्ने गरेका छन्। यतिबेला उनी अभियन्ताको छवि बनाएर कुनै राजनीतिक अवसर खोजिरहेको बुझाइ पनि कतिपयमा छ। साथै, पछिल्ला दिनमा उनको जीवनशैली पुनः विवादित बनेको, राति क्लबहरूमा रमाउने र मदिराको प्रभावमा असंयमित व्यवहार देखाउने आरोपसमेत उठ्दै आएका छन्।

उनले अहिले सम्म आफूले लामो समय सेवा गरेको संस्थाबाट पाउनुपर्ने सबै सेवा सुविधा पाइरहेका छन् । तर उनि त्यही संस्थाको विरोधमा उछितो काड्ने काम समेत गरिरहेका छन् । यतिसम्मी उनी उनका आफ्नै साथी सँगीहरूलाई समेत गाली गलौचमा उत्रने गरेको जानकारहरू बताउँछन् ।

(कसैको व्यक्तिगत चरित्रमा हमला गर्ने उद्देश्य नरहेको हुँदा लेखकले प्राप्त गरेका प्रमाणका आधारमा कसैको नाम एवंडकुमेन्ट सार्वजनिक नगरी सुझावका रूपमा लेख प्रस्तुत गरिएको छ)

Previous Post

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

Next Post

सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

metakhabar

metakhabar

सम्बन्धित खबर

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत
समाचार

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

११ बैशाख २०८३,
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
फिचर-ब्यानर

डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

११ बैशाख २०८३,
सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?
फिचर-ब्यानर

सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

११ बैशाख २०८३,
Load More
Next Post
सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In