• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य

metakhabar by metakhabar
११ बैशाख २०८३,
0
थापाथली सुकुम्बासी बस्तीमा जग्गाधनी पनि बसोबास, हटाउने तयारीबीच खुल्यो नयाँ तथ्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीलगायत उपत्यकाका नदीकिनार क्षेत्रबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबास हटाउने तयारी थालेको छ । तर प्रारम्भिक अध्ययनले सो बस्तीमा जग्गा भएका व्यक्तिहरू पनि बसोबास गर्दै आएको तथ्य सार्वजनिक भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २०७९ को अध्ययनअनुसार काठमाडौँका नदीकिनार क्षेत्रमा ३,४९६ अव्यवस्थित बसोबासी रहेका छन् । काठमाडौँ महानगरभित्र मात्रै २,२४५ जना रहेको विवरण छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको विवरणअनुसार थापाथली बस्तीमा बस्ने केही व्यक्तिहरूको नाममा काठमाडौँ, ललितपुर, भक्तपुरसहित विभिन्न जिल्लामा जग्गा रहेको पाइएको छ । कतिपयले आफ्नो नाममा रहेको जग्गा बिक्री गरिसकेको विवरणसमेत देखिएको छ ।

भूमिसम्बन्धी ऐनअनुसार नेपालभित्र कुनै पनि स्थानमा आफ्नो नाम, संयुक्त वा सगोलमा जग्गा रहेको व्यक्ति भूमिहीन सुकुम्बासी मानिँदैन ।

महानगरपालिकाले सुकुम्बासीलाई लजमा राख्ने तयारी गरेको जनाएको छ । तर विस्तृत पुनःस्थापना योजना भने अझै सार्वजनिक गरिएको छैन । हटाउने तयारीसँगै प्रमाणीकरण र विकल्पबारे स्पष्टता नआएको भन्दै चासो पनि बढेको छ ।

थापाथली क्षेत्रबाट मात्रै प्रारम्भिक छानबिनमा ३६ भन्दा बढी व्यक्तिको नाममा जग्गा रहेको पाइएको अधिकारीहरूले जनाएका छन् । यसलाई अझ विस्तृत अध्ययन आवश्यक रहेको भन्दै सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाइरहेको छ ।

केही प्रतिनिधि नामहरूको विवरण हेरौं।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका सोलुखुम्बुका कर्णबहादुर राईको आफ्नो नाममा जग्गा देखिएको छ । उनी हाल थापाथलीस्थित सुकुम्बासी बस्तीमा ११२ नम्बरको घरमा बस्दै आएका छन्। उनको सोलखुम्बुस्थित नेचाबेतघारीमा ४३७ कित्ता नम्बरको १९२० वर्गक्षेत्रफलको जग्गा छ।

काभ्रे बुढाखानीका नारायणबहादुर मगर पनि सुकुम्बासी बस्तीमै बस्छन्। उनको नाममा साविक बुढाखानी–५ मा जग्गा देखिएको छ। हाल उनी सुकुम्बासी बस्तीमा घर नम्बर ९३ मा बस्छन्। उनले आफ्नो नाममा रहेको जग्गा बिक्री गरेको पनि अभिलेखमा देखिएको छ। उनको पुर्ख्यौली ६ कित्ता जग्गा रहेको खुल्न आएको छ। उनको काभ्रे नासिकास्थनर बुढाखानीमा क्षेत्रफल नखुलेका पाँच कित्ता जग्गा रहेको र हाल सबै जग्गा बिक्री गरेको देखिएको हो।

त्यस्तै थापाथलीस्थित सुकुम्बासी बस्तीको घर नम्बर २७ मा बस्ने समरसिंह प्रजाको पनि आफ्नो नाममा जग्गा भेटिएको छ। धादिङ महादेवस्थानका उनको हाल उनको नाममा ३ रोपनी १ आना १ पैसा १ दाम, १ रोपनी ७ आना, १ रोपनी ११ आना ३ पैसा ३ दाम, १ रोपनी १३ आना ३ पैसा २ दाम, १ रोपनी ९ आना २ दाम जग्गा अंशबण्डा भइ उनको नाममा आएको देखिन्छ।

बाङथली–६ काभ्रेका विष्णु उप्रेती पनि त्यस्तै व्यक्ति हुन्। उनी हाल थापाथलीकै सुकुम्बासी बस्तीको घर नम्बर ०३७ मा बस्दै आएका छन्। उनको संयुक्त नाममा काभ्रको बाङथलीमै ३ रोपनी ५ आना १ दाम जग्गा छ। उक्त जग्गा संयुक्त नाममा भेटिएको हो।

सप्तरी साविक बिसहरिया–७ का भागत राम पनि हाल थापाथलीस्थित सुकुम्बासी बस्तीमै बस्छन्। घर नम्बर ४० मा बस्ने उनको नाममा पनि सप्तरी र महोत्तरीमा गरी चार कित्ता जग्गा छ। उनको नाममा ६ कठ्ठाभन्दा बढी जग्गा देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको अद्यावधिक विवरणमा उल्लेख छ।

त्यस्तै थापाथलीकै घर नम्बर ८५ मा बस्ने दिलमाया खत्रीको पनि ६ कित्ताभन्दा बढी जग्गा देखिएको छ। साविक माटी–८ दोलखाकी उनको १०१०, १०३०, ६३०, ३१०, १९०, ५० वर्गमिटर जग्गा देखिएको छ।

घर नम्बर ९२ मा बस्ने कैलाशवती देवीको पनि जग्गा छ। साविक धर्मपुर–४ रौतहटकी उनको रौतहट चन्द्र निगाहपुरमा ८ धुरभन्दा बढी जग्गा छ। घर नम्बर ९६मा बस्ने झगेन्द्रबहादुर बुढाको पनि जग्गा देखिएको छ। उनी साविक धनबाङ–९, सल्यानका हुन्। उनको नाममा भक्तपुरको दधीकोट– ५ (ख) मा ४ आना १ पैसा २ दाम जग्गा देखिएको छ।

ललितपुरमा बसोबास भएको मानिस पनि थापाथलीको सुकुम्बासीमा टहरा ठड्याउँछन्। साविक ललितपुर–१३ की कृष्णप्यारी ताम्राकार थापाथलीस्थित सुकुम्बासी बस्तीमा घर नम्बर १०७ मा बस्छिन्। उनको नाममा काठमाडौंको साविक भीमढुंगा– ८ (ग) मा ६ आना १ पैसा जग्गा देखिएको छ।

थापाथलीकै सुकुम्बासी बस्तीको घर नम्बर १२ मा बस्ने दुर्गा खड्काको साविक मकवानपुर ज्यामिरे–७ (ग) मा ७ आना जग्गा देखिएको छ। साविक ललितपुर–३ का सूर्यबहादुर सिलवालसको नाममा पनि ३९७.३८ वर्गमिटर जग्गा देखिएको छ। उनी पनि थापाथलीकै सुकुम्बासी बस्तीमा बस्छन्।

सुकुम्बासी बस्तीमै बस्ने सीता पौडेल क्षत्रीको ललितपुरको लामाटारमा १०७ वर्गमिटर जग्गा भेटिएको छ।

साविक धियाल–२ मकवानपुरका चन्द्रबहादुर योञ्जनको नाममा सिन्धुलीको कपिलकोटका चार ठाउँमा क्रमशः ७०२.६८, ५१२.९६, ३७८४.३०, ११३४.४४ वर्गमिटर, सिन्धुलीकै महेन्द्र झ्याडीमा १०१५.९२, ३६८२.७०, १४०५.३५, ९५.३७ वर्गमिटर जग्गा देखिन्छ। मकवानपुर पदमपोखरीका राज खुलालको पनि जग्गा छ। उनी हाल थापाथलीकै सुकुम्बासी बस्तीमा बस्छन्। उनको मकवानपुर पदमपोखरीमा १६९.३० वर्गमिटर जग्गा देखिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिलका कैलाश खड्काको पनि जग्गा छ। उनको चितवनको रातापुर ९ (क) साविकमा १६९.३१ वर्गमिटर जग्गा देखिएको छ।

साविक थाक्रे–७ धादिङका माइला तामाङको पनि जग्गा थियो। हाल थापाथलीकै सुकुम्बासीमा बस्ने उनको धादिङमा १० कित्ता जग्गा रहेकामा सबै बेचबिखन गरेको देखिएको छ।

थापाथलीस्थित सुकुम्बासी बस्ती बस्ने साविक डाँडागाउँ–३ रसुवाकी कान्छी माया गुरूङको पनि जग्गा छ। उनको चितवन पञ्चकन्या–४ साविकमा १३०.३८ वर्गमिटर जग्गा देखिएको छ।

थापाथलीकै सुकुम्बासी बस्तीमा बस्ने लालिमाया तामाङको रामेछाप गागलमा १४५.०७ वर्गमिटर जग्गा छ। उनको नाममा काठमाडौंको सतुंगलमा समेत जग्गा भएकामा त्यहाँको जग्गा बेचबिखन गरिसकेको खुलेको छ।

साविक गणेशस्थान–९ काभ्रेकी मीना कोइरालाको काभ्रे पाँचखालमा जग्गा भएकामा उनले पनि बेचबिखन गरेकी छन्। उनको पनि हाल बसोबास थापाथलीकै सुकुम्बासी बस्तीमा छ।

मातिम–८ खोटाङका टेकबहादुर दर्जीको खोटाङ मातिममै पाँच कित्ता क्रमशः १३९८.९६ सगोलको, ३५६१.१८ संयुक्त नाममा, ४७४.८८ आफ्नै नाममा, १७७८.५७, २६२५.१७ वर्गमिटर जग्गा देखिएको छ। साविक फाखेल–५ मकवानपुरका श्याम परियार पनि सुकुम्बासी बस्तीमै बस्छन्। उनको पनि मकवानपुर चित्लाङमा १७१८.९५ वर्गमिटर जग्गा छ।

थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका साविक पाँचखाल–३ काभ्रेका दिनेशमान श्रेष्ठको पनि चार ठाउँमा जग्गा देखिएको छ। उनको नाममा धनकुटाको हात्तीखर्कमा ५६४३.८३, हात्तीखर्कमै ६१४४.६२, मकवानपुर हाँडीखोलामा ९५६.६१, मकवानपुर भैँसेमा २६२.२७ वर्गमिटर जग्गा भेटिएको छ। थापाथलीस्थित टहरामै बस्ने रुपमुनी ढुंगानाको नाममा पनि रामेछापको भलुवाजोरमा ९४१५.६ वर्गमिटर जग्गा भेटिएको छ। उनको ललितपुरको छम्पीमा पनि ४२९.१७ र ३६५.५९ वर्गमिटर गरी दुई कित्ता तथा ललितपुर नल्लुमै अर्को कित्ता पनि जग्गा देखिएको छ। उनी पनि थापाथलीस्थित सुकुम्बासी बस्तीकै हुन्।

सुकुम्बासी बस्तीकै पवित्रमाया मगर्नीको नाममा मकवानपुर टिस्टुङमा ५३८.५६, मकवानपुर चित्लाङमा ४४५.०६ वर्गमिटर जग्गा देखिएको छ। स्याम्चा–४ तनहुँका हीरा थापाको तनहुँकै सन्जामा ९३७.१२, वर्गमिटर जग्गा देखिएको छ। सन्जाकै अर्को कित्ता जग्गा भने उनले बेचबिखन गरिसकेका छन्। थापाथलीस्थित टहरामै बस्ने साविक धुस्कुन–२ सिन्धुपाल्चोककी सरस्वती बस्नेतसँग काठमाडौंको बूढानीलकण्ठमा एक कित्ता जग्गा देखिएको छ। थापाथलीको सुकुम्बासी बस्ती बस्ने रौतहट चन्द्रनिगाहपुरका दिलबहादुर तामाङको रौतहट चन्द्रनिगाहपुरमा १७६०.८५ वर्गमिटर जग्गा देखिएको छ। रौतहटकै अर्को कित्ता जग्गा बेचबिखन गरेको खुलेको छ।

कपन–१ काठमाडौंकी सीता चालिसेको ललितपुर टीकाथलीमा २०९.३५ र भक्तपुर सिपाडोलमा १२७.१६ वर्गमिटर गरी दुई कित्ता जग्गा देखिएको छ।

लमजुङ मध्यनेपाल नगरपालिका–९ का पदमराज खड्का पनि थापाथलीकै सुकुम्बासी बस्तीमा आश्रित छन्। उनको नाममा लमजुङ बांग्रेमा ५ कित्ता जग्गा क्रमश, २५४.३६, ७३९.२६, १३६९.२३, १०१६.८४, ५७२१.३४, ७९०.९३, १०६५.१७ वर्गमिटर जग्गा देखिएको छ।

Previous Post

२४ घण्टामा २,६९२ सवारी चालक कारबाहीमा, ७ लाखभन्दा बढी राजस्व संकलन

Next Post

सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

metakhabar

metakhabar

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

सुकुम्बासी बस्ती भत्काउने सरकारको कदमप्रति हर्क साम्पाङको आपत्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In