• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

घरेलु हिंसामा आठ बालकको ज्यान गयो

metakhabar by metakhabar
८ बैशाख २०८३,
0
घरेलु हिंसामा आठ बालकको ज्यान गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ । घटनामा एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन् । तीन फरक–फरक घरमा फैलिएको यो हिंसा पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा देशकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डका रूपमा दर्ज भएको छ ।

प्रहरीका अनुसार ३१ वर्षीय शामार एल्किन्सले बिहानै तीन स्थानमा आक्रमण गरेका थिए । उनी घटनापछि कारज्याक (बलपूर्वक सवारी साधन कब्जा गर्ने) गरिएको गाडीमा भागेका थिए, तर प्रहरीले पछ्याउँदै जाँदा अन्ततः उनीमाथि गोली चलाएर नियन्त्रणमा लिएको थियो, जसका क्रममा उनको मृत्यु भयो । प्रहरी अधिकारी क्रिस बोर्डेलनका अनुसार संदिग्धले गाडीबाट बन्दुकसहित बाहिर निस्किएपछि प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाएको थियो ।

यस घटनामा तीनदेखि ११ वर्ष उमेर समूहका आठ बालबालिकाको ज्यान गएको क्याडो पारिश कोरोनर कार्यालयले पुष्टि गरेको छ । मृतकमध्ये तीन बालक र पाँच बालिका रहेका छन् । सात जना एकै परिवारका दाजुभाइ–दिदीबहिनी थिए भने एक जना उनीहरूको काकाका छोरा (भाइ) थिए । प्रहरीका अनुसार मारिएका आठमध्ये सात जना बालबालिका आक्रमणकारीकै सन्तान थिए ।

घटनामा दुई महिला गम्भीर घाइते भएका छन्, जसमध्ये एक जना मारिएका केही बालबालिकाकी आमा हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू दुवैको टाउकोमा गोली लागेको छ । एक महिलाले अनुहारमा गोली लागेपछि छिमेकीलाई खबर गरिन्, जसको आधारमा बिहान ५ः०० देखि ५ः३० बजेको बीचमा आपतकालीन सेवा ९११ मार्फत प्रहरी घटनास्थल पुगेको थियो ।

एएफपीका एक भिडियोग्राफरले घटनास्थलमा रहेको सानो दुईतले घरको सेतो ढोकामा पाँचवटा गोलीका प्वाल देखिएको जनाएका छन् । घर बाहिर स्थानीयवासीहरूले श्रद्धाञ्जलिस्वरूप फूलहरू राखेका थिए, जसले घटनाप्रति समुदायको पीडा झल्काउँछ ।

प्रहरीका अनुसार आक्रमणकारी दोस्रो घरमा पुगेका बेला त्यहाँ नौ बालबालिका रहेका थिए । तीमध्ये एक जना गम्भीर घाइते अवस्थामा बाँच्न सफल भएका छन् र अस्पतालमा उपचार भइरहेको छ । अनुसन्धान अधिकारीहरूले घटनाको कारण अझै स्पष्ट नभएको र तीनै स्थानबाट प्रमाण सङ्कलन कार्य जारी रहेको बताएका छन् । प्रारम्भिक रूपमा यो घटना घरेलु विवादसँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

मृतक बालबालिकाको पहिचान जीवित रहेका उनीहरूका आमाले गरेका छन् । तीमध्ये जयला एल्किन्स (३), सायला एल्किन्स (५), कायला पुघ (६), लैला पुघ (७), मार्केडन पुघ (१०), सरियाह स्नो (११), खेदेरियन स्नो (६) र ब्रेलोन स्नो (५) रहेका छन्।

प्रहरी अभिलेखअनुसार एल्किन्सलाई सन् २०१९ मा बन्दुकसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो र उनले दोष स्वीकार गरेका थिए । तर यसअघि घरेलु हिंसासम्बन्धी कुनै स्पष्ट रेकर्ड नरहेको जनाइएको छ ।

स्थानीय मेयर टम आर्सेनक्सले घटनालाई अत्यन्त पीडादायी र भयावह भन्दै बालबालिका नै निशाना बन्नु अत्यन्त दुःखद रहेको बताउनुभयो । उहाँले समाजमा अझै पनि हिंसात्मक प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध सबैले मिलेर सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

घटनास्थल नजिकै बस्ने ७२ वर्षीय फ्रेडी मोन्टगोमेरीले अघिल्लो दिनसम्म ती बालबालिका आँगनमा खेलिरहेको दृश्य सम्झँदै अचानक यस्तो घटना भएकोमा आफू स्तब्ध भएको बताउनुभयो । उहाँले आइतबार बिहान प्रहरीलाई घरबाट शव निकाल्दै गरेको देखेको बताउनुभयो ।

राजनीतिक नेतृत्वबाट पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ । लुइसियानाका सिनेटर बिल क्यासिडीले यसलाई ‘भयानक हिंसा’ भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । गभर्नर जेफ ल्यान्ड्रीले आफू हृदयविदारक अवस्थामा पुगेको बताउनुभयो भने प्रतिनिधिसभाका सभामुख माइक जोनसनले यसलाई ‘निरर्थक त्रासदी’ का रूपमा टिप्पणी गर्नुभयो ।

मेयर आर्सेनक्सले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो श्रेभपोर्टका लागि अत्यन्त दुःखद बिहान हो, र हामी सबै पीडित परिवारसँग शोकमा सहभागी छौँ ।”

बन्दुकको पहुँच व्यापक रहेको अमेरिकामा यस्ता हिंसात्मक घटनाहरू बारम्बार दोहोरिने गरेका छन् । विकसित राष्ट्रहरूमध्ये बन्दुकसम्बन्धी मृत्यु दर सबैभन्दा उच्च रहनु पनि यस घटनाले पुनः उजागर गरेको छ ।

Previous Post

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

Next Post

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In