• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–इरान वार्ता अन्योलमा

metakhabar by metakhabar
२८ चैत्र २०८२,
0
मध्यपूर्व तनाव चर्कियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु नहुँदै अनिश्चिततामा फसेपछि युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपेको छ । वार्ताकारहरूको आगमनबारे कुनै स्पष्ट घोषणा नभएको अवस्थामा दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै परिस्थितिलाई थप जटिल बनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले रणनीतिक महत्त्व बोकेको स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने सहमति उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । उता, तेहरानले भने लेबनानमा भइरहेको इजरायली आक्रमणप्रति तीव्र असन्तुष्टि जनाउँदै त्यसलाई पनि युद्धविराम सम्झौताभित्र पर्ने विषय भएको दाबी गरेको छ, जसलाई वासिङ्टनले अस्वीकार गर्दै आएको छ ।

यी तनावका बाबजुद पाकिस्तानले वार्ताको तयारीलाई अघि बढाइरहेको छ । आधिकारिक स्रोतहरूका अनुसार प्रस्तावित छलफलमा इरानको आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र जलडमरूमध्यमार्फत हुने अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्र प्रवाहजस्ता संवेदनशील विषयहरू समेटिने अपेक्षा गरिएको थियो ।

तर इरानले आफ्नो सहभागिता सःशर्त बनाएको सङ्केत दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले लेबनानमा इजरायली आक्रमण नरोकिए वार्ता निरर्थक हुने चेतावनी दिनुभयो । उहाँले अमेरिका आफ्ना युद्धविरामसम्बन्धी प्रतिबद्धताहरू विशेषगरी लेबनानको सन्दर्भमा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताउनुभयो । इरानी अधिकारीहरूले त इजरायली आक्रमण जारी रहेसम्म इस्लामाबादमा हुने वार्तालाई ‘अर्थहीन’ ठहर गरेका छन् ।

यद्यपि, इरानको रिभोलुसनरी गार्ड्सले आफूहरू युद्धविरामप्रति प्रतिबद्ध रहेको र कुनै पनि देशमा द्वन्द्व सुरु नगरेको दाबी गरेको छ । यसले औपचारिक भनाइ र व्यवहारबीचको दूरीलाई उजागर गरेको छ ।

सामाजिक सञ्जालमार्फत व्यक्त विचारहरू पनि तनाव बढाउने खालका देखिएका छन् । ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य हुँदै तेल ढुवानीमा अवरोध सिर्जना गरेर ‘धेरै खराब काम’ गरेको आरोप लगाउँदै युद्धविराम उल्लङ्घन भएको बताउनुभयो । विश्वको करिब पाँचौँ भाग तेल र ठूलो परिमाणमा ग्यास तथा मल यही मार्गबाट प्रवाह भएकाले यसको प्रभाव विश्व अर्थतन्त्रमा प्रत्यक्ष पर्ने गर्दछ । युद्धविराम घोषणा भएयता त्यहाँबाट सीमित मात्रामा जहाज आवतजावत भएको जनाइएको छ ।

दुई हप्ते युद्धविराममार्फत हजारौँको ज्यान लिएको द्वन्द्व अन्त्य गर्दै वार्ताको ढोका खोल्ने प्रयास गरिएको थियो । तर वर्तमान अन्योलले फेरि हिंसा चर्किने डर बढाएको छ । तेहरानकी एक स्थानीय बासिन्दाले आफू युद्ध पुनः सुरु हुने र वर्तमान शासन दुवैबाट त्रसित रहेको प्रतिक्रिया दिएकी छन् ।

पाकिस्तानका लागि इरानका राजदूतले आफ्नो प्रतिनिधिमण्डल आगमनसम्बन्धी सामाजिक सञ्जाल पोस्ट हटाउनुभएपछि वार्ताको तयारीमा थप अन्योल देखियो । यद्यपि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा प्रतिनिधिमण्डल शनिबार आउने बताइएको छ । प्रतिनिधिमण्डलमा विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर पनि सहभागी हुने जनाइएको छ ।

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले लेबनानमा इजरायली आक्रमणको कडा आलोचना गर्दै सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिलाई केही घण्टामै हटाइएको थियो । उक्त अभिव्यक्तिले पाकिस्तानको तटस्थ मध्यस्थकर्ताको भूमिकामाथि प्रश्न उठाएको भन्दै इजरायलले असन्तुष्टि जनाएको छ ।

पाकिस्तानले इजरायललाई औपचारिक मान्यता नदिएको अवस्थाले पनि मध्यस्थताको विश्वसनीयतामा चुनौती थपेको देखिन्छ । उता इरानले लेबनानलाई पनि युद्धविराम सम्झौताभित्र समावेश गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

अर्कोतर्फ, क्षेत्रीय सुरक्षा अवस्था थप नाजुक बन्दै गएको छ । शुक्रबार बिहान इजरायलका विभिन्न स्थानहरूमा हवाई आक्रमणको साइरन बजेको छ भने हिजबुल्लाहले इजरायलमाथि ड्रोन र रकेट आक्रमण गरेको जनाएको छ । युद्धविराम लागू भएको ४८ घण्टा नबित्दै इजरायलले लेबनानमा गरेको आक्रमणमा ३०० भन्दा बढी मानिसको ज्यान गएको थियो ।

ट्रम्पले इजरायलले आफ्नो आक्रमण ‘कम गरिरहेको’ दाबी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबाट संयम अपनाइने आश्वासन पाएको बताउनुभयो । यद्यपि पश्चिमी कूटनीतिज्ञहरूका अनुसार युरोपेली तथा खाडी राष्ट्रहरूले इजरायलमाथि थप आक्रमण नगर्न दबाब बढाइरहेका छन् ।

यसबीच वासिङ्टनले लेबनानसम्बन्धी मुद्दा छुट्टै वार्तामार्फत समाधान गर्ने सङ्केत दिएको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले अर्को हप्ता यस विषयमा बैठक हुने जानकारी दिएका छन् । यद्यपि सम्बन्धित पक्षहरूले औपचारिक पुष्टि गरेका छैनन् ।

समग्रमा, इस्लामाबादमा हुने भनिएको अमेरिका–इरान वार्ता केवल द्विपक्षीय संवाद मात्र नभई मध्यपूर्वको व्यापक शक्ति सन्तुलन र युद्धविरामको भविष्यसँग गाँसिएको संवेदनशील कडी बनेको छ । अहिलेको आरोप–प्रत्यारोप र क्षेत्रीय तनावले वार्ताको सफलतामाथि गम्भीर प्रश्न उठाएको छ ।

Previous Post

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

Next Post

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In