• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

metakhabar by metakhabar
२७ चैत्र २०८२,
0
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिको मूल आधार व्यापार–व्यवसाय, उद्योगधन्दाको प्रवद्र्धनमा सरकार–निजी क्षेत्र साझेदारी हुनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपतिले आर्थिक समुद्धिबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहज हुने भएकाले जनताले चाहेको विकास र समृद्धिका निम्ति एकताबद्ध भएर अघि बढ्न सम्बद्ध सबैलाई आह्वान गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट स्थापित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन मार्गप्रशस्त भएको छ । झन्झटरहित सेवा प्रवाह, जनताको जीवनस्तर उकास्ने आर्थिक विकासका योजना कार्यान्वयनलगायत राष्ट्रनिर्माणको गहन दायित्व भएको वर्तमान सरकारले निजी क्षेत्रको साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जनअपेक्षा छ ।”

राजनीतिक स्थायित्व आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना हुने भएकाले स्वदेशमा नै कामको अवसर उपलब्ध गराउनु अहिलेको आवश्यकता हो भन्नुभयो । “आजका युवा देशका भविष्य हुन्, उनीहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सकेमा देशलाई समृद्धिको मार्गमा दोहो¥याउन सहज हुन्छ,”राष्ट्रपति पौडेलले भन्नुभयो । साथै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

“आजको प्रतिस्पर्धात्मक युगमा हामीलाई परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णय आवश्यक छन्, डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा लिनुपर्ने बताउनुभयो ।

मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले सराहना गर्नुभयो ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्र र सरकारबीच समन्वय नहुँदा अपेक्षाकृत अर्थतन्त्रको विकास हुन नसकेको बताउँदै सुधारका धेरै क्षेत्र छन् भन्नुभयो । उहाँले देशको अर्थतन्त्र उकास्न सरकारसँग निरन्तर सहयोग एवं समन्वय गर्दै आएको बताउनुभयो । सरकार तथा निजी क्षेत्रबीच चेम्बरले सेतुको भूमिका निर्वाह गरिरहेको उहाँको कथन थियो ।

.वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गरी युवालाई नवप्रवर्तनमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । विदेशी लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै उहाँले देशमा अब राजनीतिक स्थायित्व कायम भएकाले औद्योगिक विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

Next Post

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

metakhabar

metakhabar

सम्बन्धित खबर

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल
जीवन शैली

राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

२ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आर्थिक

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

२ भदौ २०८३,
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

२ भदौ २०८३,
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
आर्थिक

परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

२ भदौ २०८३,
सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण
आर्थिक

सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

२ भदौ २०८३,
Load More
Next Post

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In