• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ चैत्र २०८२,
0
या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौंको मुटु ठमेलमा अर्बौंको सार्वजनिक जग्गा मिचेर  धेरै समयदेखि न्यायको प्रतीक्षामा छ  भगवान बहाल यो जग्गा पहिले पोखरी भएको र त्यो पोखरी भगवान बहाल गुठिको भएको  स्थानियहरु बताउ छन् ।गुठीदेखि छाया देवी कम्प्लेक्ससम्मको  विषयमा धेरै सरकार आए र गए, तर समाधान हुन सकेन। अहिले जनताले बालेन सरकारबाट न्यायको अपेक्षा गरेका छन्। जनताले फेरि नयाँ र स्वच्छ पोखरी निर्माण होस् भन्ने चाहेका छन् र हाम्रो संस्कृति तथा सम्पदाको संरक्षण गरियोस् भन्ने माग गरेका छन्।

‘सार्वजनिक गुठीको पोखरी’ भनिएको स्थानमा भवन निर्माण भएको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकै समयमा कम्प्लेक्स निर्माण भएको थियो । छायाँ सेन्टर आफैले आफैलाई मिनि ठमेलका रुपमा ब्याखा गर्दै आएको छ । जसको उद्घाटनको दिनदेखि नै स्थानिय विरोध गर्दै आएका थिए । स्थानीयबासीहरु यो जग्गा पहिले पोखरी भएको र त्यो पोखरी भगवान बहाल गुठिको भएको बताउ“छन् । उनिहरुका अनुसार पहिले पोखरी भएको यो स्थानमा श्राद्ध पछि पिण्ड सेलाउने पवित्र स्थान थियो ।

कसरी भयो सार्वजनिक जग्गा कब्जा ?
प्राप्त प्रमाण अनुसार, तत्कालिन राणा शासक केशर शमशेरले वि.सं. १९७७ सालमा गुठीको पोखरी बार्षिक मोरु १२५ मा बलजफत भाडामा लिएसँगै यो जग्गामा चलखेल सुरु भएको भएको देखिन्छ । केशर शम्शेरमात्र नभई उनका छोरा केयुर शमशेरले समेत यो जग्गा हत्याउन पोखरीको केहि भाग सुकाएर त्यसमा खेती गरेका थिए । पछि केयुर शम्सेरले भूमि सम्बन्धि ऐन, २०२१, दफा २५ अन्र्तगतको ‘मोही सम्बन्धि ब्यवस्था’ प्रयोग गरी कमलपोखरीमा मोहियानी हक कायम गराउन प्रयत्न गरे ।

तर, संशोधित गुठी संस्थान ऐन ३०३३ को दफा २७ ले ‘गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउने’ ब्यवस्था गरेकाले त्यही ऐनको दफा २५ को उपदफा (४) मा ‘देवस्थल रहेका वा देवी, देवता, देवस्थल, पर्व, पूजा, जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ति जग्गा कुनै व्यक्तिको नाममा दर्ता गरिने छैन’ भनेर भनिएसँगै उनको नाममा यो गुठिको जग्गा जान पाएन ।

तरपनि केयुरले प्रपञ्च गरेर वि.स. २०३३ कार्तिक १९ गते नापी शाखाको फिल्डबुकमा गुठिको साढे २९ रोपनी जग्गा घटाई १२ रोपनि १३ आना २ पैसा २ दाम मात्र कायम गर्न बाध्य पारे । सोही १२ रोपनि जग्गा, कित्ता नं. १६७ मा उल्लेख गरी जग्गाधनीको नाममा पोखरी र मोहीको महल खाली थियो ।

तर विसं २०३९ जेठ २४ गते जारी भूमी सुधार मन्त्रालयको जग्गाधनी पूर्जामा कित्ता नम्बर १६७ मा पोखरी नै देखिएपनि मोहीको महलमा भने केयुर शम्शेरको नाम थपिएको थियो । तथापि पूर्जामा जग्गाधनी श्री सिंहसार्थ वाहु गरुड भगवान गुठी नै उल्लेख थियो ।

वि.सं. २०४७ माघ १८ गते केयुर शम्सेरकी श्रीमती अम्बिका राणा शाहले कित्ता नं. १६७ को जग्गा आफू र आफ्नो दाई शंकरप्रसाद शाहको नाममा ब्यक्तिगत दर्ता गराइन् । गुठी संस्थानले काठमाडौं जिल्ला अदालतमा मुद्दा हाले पनि हा-यो । २०५३ जेठमा पुनरावेदन अदालतले गुठीको पक्षमा फैसला गरेपनि बि.स. २०५५ सालमा सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयारहरुले सर्वोच्च अदालतमा मिलापत्र गरेपछि पुनः जग्गा अम्बिका राणकै नाममा गयो । तर, यो मिलापत्रका बारेमा भने गुठी संस्थान अनभिज्ञ थियो ।

जिल्ला अदालत काठमाडौंमा मिलापत्र भएको एक बर्ष पछि अम्विका राणाले २०६३ सालमा कमलपोखरीको जग्गा कित्ता नं. १६१८ बाट सुरेशाय हाउजिङको नाममा ९ रोपनि ९ आना २ पैसा २ दाम कित्ताकाट गरि कित्ता नं. २४१२ कायम गरि ३ करोड १९ लाख ५० हजारमा बेचिन् । आफैले, आफै सञ्चालक रहेको हाउजि¨मा जग्गा बेचेको एक बर्ष पछि अम्बिकाले २०६४ सालमा प्रतिमा पाण्डे राणालाई ३ करोड ६० लाखमा पूनः सो जग्गा बेचिन् । उता अम्बिकाका दाजु शंकरप्रसाद शाहले पनि कित्ता नं. १६१६ र १६१७ प्रतिमा पांडे राणाका नाममा १ करोड ८० लाखमा नामसारी गरिदिए ।

२०६५ सालमा प्रतिमा पाडेको नाममा आएको सबै जग्गा उनकै सासुको नाममा खोलिएको र प्रतिमाका श्रीमान् पृथ्विबहादुर पाण्डे अध्यक्ष रहेको छायाँदेवी कम्प्लेक्सलाई ४ करोड ६१ लाख २५ हजारमा बेचिएको देखिन्छ । यसरी प्रतिमा पाण्डे सतहमा देखिएपनि यो प्रपञ्चको योजनाकारका रुपमा भने केयुर शम्सेर हुँदै अम्बिका राणा र अहिले पृथ्विबहादुर पाण्डे देखिएका छन् । तिनै पृथ्वीबहादुर पाण्डे अहिले बनेको यो छायाँ सेन्टरका अध्यक्ष हुन् । छायाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ पनि १२ रोपनी जग्गा पहिले गुठीको भएको स्वीकार्छन् । तर, पछि व्यक्तिको नाममा आइसकेपछि आफुहरुले कानूनी प्रक्रिया पुरा गरेरै जग्गा किनेको उनको दाबी छ ।

छायाँ सेन्टरमा नेपालका ४ प्रमुख बैंक र ४३ जना नामी ब्यक्तिको लगानी रहेको बुझिएको छ । यसमा मुख्य गरी पृथ्वीबहादुर पाण्डे, निर्मल प्रधान, दीपकमान शेरचन, महेश्वरप्रकास श्रेष्ठ, योगेन्द्र शाक्य, सुमन पाण्डे, प्रजन्य राजभण्डारी लगायतको लगानी गरेको बुझिएको छ ।

जे भएपनि गुठीको जग्गा भएको कुरा प्रमाणित भइसकेको छ । यो अवस्थामा गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउने समूहमा क–कसको संलग्नता छ, त्यसको उचित छानविन हुनुपर्छ र दोषी माथि कारवाही हुनुपर्छ । त्यतिमात्र होइन, व्यक्तिको नाममा पुगेको जग्गा पुनः गुठीको नाममा फिर्ता हुनुपर्छ ।

ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टरसम्बन्धी विवादको मुद्दा सर्वोच्च अदालतमा लामो समयदेखि अल्झिएको छ। अब ढिला नगरी स्पष्ट निर्णय दिनुहोस्—या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस्।

Previous Post

बेनीमा ‘वडा पर्यटन परियोजना’

Next Post

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

metakhabar

metakhabar

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

२७ चैत्र २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

२७ चैत्र २०८२,
बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण
आर्थिक

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

२७ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

२७ चैत्र २०८२,
Load More
Next Post
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In