– एक–एक वटा काँक्रो, करेला र टमाटरको रस निकालेर खाली पेटमा नियमित पिउनाले मधुमेहका रोगीहरुलाई राम्रो फाइदा गर्दछ ।
– जामुनको दानाको पाउडर बनाएर एक दुई चम्चा साना पानीसँग दिनको तीन पटक खाली पेटमा सेवन गर्नाले वा निमको ७–८ वटा पातलाई पिसेर पानीमा राखेर पिउनाले आराम मिल्छ ।
– पारिजातको सातवटा फूललाई चपाएर खाली पेटमा नियमित सेवन गर्नाले वा गुर्जाे, कुटकी, निमपात, चिराइतो, कालमेग, सुकेको करेला, काली जिरी, मेथी सबैको बराबर मात्रालाई मिलाएर कुट्पिस गरी धुलो बनाउने र उक्त चुर्णलाई बिहानबेलुका खाली पेटमा एकएक चम्चाको दरले एक महिनासम्म पानीसँग खाने गर्दा मधुमेहका रोगीलाई राम्रो फाइदा गर्छ ।
– प्रतिदिन ५ वटा सदावहार फूलको पात एवं फूललाई बिहान खाली पेटमा खाँदा मधुमेह रोग नियन्त्रित हुनुको साथै कम्मर दुखाइमा आराम मिल्छ ।
साभारः ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट













