• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उम्मेदवारमाथिको जरिवाना मिनाहा गर्दै निर्वाचन आयोग

by
२० माघ २०७९,
0
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले निर्वाचन खर्च विवरण नबुझाएर कारबाहीमा परेका उम्मेदवारमाथिको जरिवाना मिनाहा गरिदिने तयारी गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिको दबाबमा सरकारले जरिवाना मिनाहा गर्ने तयारी थालेको हो । दबाबकै भरमा जरिवाना मिनाहा गरिए एकातिर सरकारको सुशासनमा प्रश्न उठ्ने छ भने अर्कातिर हाम्रा जनप्रतिनिधि कानुन पालनामा कति संवेदनशील छन् भन्ने प्रस्ट हुने छ ।

निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचनमा भएको खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ । ३० दिनभित्र खर्च विवरण नबुझाए खर्चको सीमा र ५ लाख रुपैयाँ मध्ये जुन बढी हुन्छ, त्यही बराबरको रकम जरिवाना तिर्नुपर्छ ।

सोही व्यवस्थाअनुसार आयोगले गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनका १ लाख ४५ हजार उम्मेदवार मध्ये १ लाख २३ हजार जनाले खर्च विवरण नबुझाएपछि असार मसान्तमा कारबाही गर्ने निर्णय गर्‍यो । जसमा आयोगले डेढ लाखदेखि ७ लाख रुपैयाँसम्म जरिवाना तोकेको थियो । प्रदेश र संघको चुनाव लड्न जरिवाना तिर्नै पर्ने भएपछि अहिलेसम्म १ सय ३२ जनाले मात्रै जरिवाना बुझाएका छन् ।

जनप्रतिनिधिहरूले जरिवाना तिर्नुको साटो उल्टै मिनाहाका लागि प्रधानमन्त्री दाहालसँग गुहार मागेका छन् ।
खर्च विवरण बुझाउन बाँकी रहेकाहरूले भने फागुन मसान्तसम्म बुझाउनै पर्ने हुन्छ । अन्यथा जनप्रतिनिधिहरूको पद नै खारेज हुन सक्छ र ६ वर्षसम्म चुनावै लड्न नपाउने कानुनी व्यवस्था छ । यति हुँदाहुँदै पनि खर्च विवरण नबुझाउने जनप्रतिनिधिहरूले जरिवाना तिर्नुको साटो उल्टै मिनाहाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुहार मागेका छन् ।

संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ । राष्ट्रपतिलाई सिफारिस गर्नुअघि सरकारले कारबाही गर्ने निकायसँग अनुमति लिनुपर्ने भए पनि जरिवाना मिनाहाबारे सरकारले आयोगसँग कुनै छलफल गरेको छैन । आयोगको अनुमतिविनै सरकारले एकतर्फी निर्णय गरे न्यायिक सिद्धान्त विपरीत हुने छ ।

तोकिएको समयमा खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारमाथिको जरिवाना मिनाहा भए सुशासनप्रति सरकारको प्रतिबद्धता कमजोर रहेको देखाउने छ । योसँगै कानुन र संवैधानिक निकायका निर्णयविरुद्ध कार्यपालिका गुहार्ने स्थानीय तहका जनप्रतिनिधि कति पारदर्शी होलान् भन्ने प्रश्न पनि उब्जने छ ।

Previous Post

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

Next Post

गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In