• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

    क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

    सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

    बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

    क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

    सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जनकपुरधामको थप उन्नयमा मेरो उच्च प्राथमिकता रहने छ : सांसद झा

metakhabar by metakhabar
२४ फाल्गुन २०८२,
0
जनकपुरमा जानकी जन्मोत्सव सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा, २४ फागुनः धनुषा ३ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको विकास, सरसफाइ तथा अन्तरराष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याउने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता समेत रहनुभएका उहाँले निर्वाचित भएपछि पहिलोपटक जनकपुर रेल्वे स्टेशनमा आयोजित सभालाई सम्बोधन गर्दै प्राप्त मत केवल विजयको प्रतीकमात्र नभई ठूलो जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले आफू सत्ताको शक्ति र राजधानीको आकर्षणमा अल्झिने ‘भिआइपी’ नेता बन्न नभई जनताको सुखदुःखमा साथ दिने वास्तविक प्रतिनिधिका रूपमा काम गर्न आएको स्पष्ट पार्नुभयो ।

उहाँले जनकपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वव्यापी रूपमा स्थापित गर्न आफ्नो कार्यकालमा विशेष पहल गर्ने बताउनुभयो । विशेषगरी जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया र कूटनीतिक पहललाई प्राथमिकतामा राख्ने उहाँको भनाइ छ ।

जनकपुरधाममा पछिल्लो समय देखिएको सरसफाइको समस्या समाधान गर्नु आफ्नो मुख्य ‘एजेन्डा’मध्ये एक रहेको स्पष्ट पार्दै उहाँले स्थानीय तह र नागरिकसँग सहकार्य गरी सहरलाई सफा, व्यवस्थित र आकर्षक पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो ।

विजयपछि उत्साहित आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गर्दै उहाँले निर्वाचनलाई प्रतिशोध नभई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले कसैप्रति पनि अहंकार वा दम्भ प्रदर्शन नगर्न सचेत गराउँदै अब सबै मिलेर क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

धनुषा–३ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएका ४५ वर्षीय झाले ४३ हजार १४२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।

यसअघि २०७९ सालको निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकै समानुपातिक सांसदका रूपमा प्रतिनिधिसभामा हुनुहुन्थ्यो । प्रतिनिधिसभाको तीनवर्षे अवधिमा उहाँले करिब ९५ प्रतिशत उपस्थिति जनाउनुका साथै सार्वजनिक लेखा समितिको सदस्यका रूपमा पनि काम गर्नुभएको थियो । रास्वपामा आबद्ध हुनुअघि उहाँ नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न हुनुहुन्थ्यो ।

फ्याक्टस नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका झाले राजनीतिशास्त्रमा स्नातकोत्तर र मैथिली साहित्यमा पनि स्नातकोत्तर अध्ययन गर्नुभएको छ । आगामी दिनमा जनकपुरको समग्र विकासका लागि आफू सक्रिय रहने बताउँदै उहाँले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताउनुभयो । “सरकारी कार्यालयका सेवालाई चुस्तदुरुस्त बनाइनेछ । जनकपुरलाई विवाह (बैवाहिक) गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।

त्यसैगरी, रामजानकी रङ्गशालाको स्तरोन्नति, जनकपुर विमानस्थलको सुधार तथा जनकपुर रेल्वे सेवाको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेर काम गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यी योजनाले जनकपुरको पर्यटन, आर्थिक गतिविधि र अन्तरराष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Previous Post

सङ्खुवासभामा मतगणनाका सुरु

Next Post

महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

metakhabar

metakhabar

सम्बन्धित खबर

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
आर्थिक

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

३१ जेष्ठ २०८३,
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
आर्थिक

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

३१ जेष्ठ २०८३,
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
आर्थिक

विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

३१ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ जेष्ठ २०८३,
क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू
जीवन शैली

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

३१ जेष्ठ २०८३,
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
जीवन शैली

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

३१ जेष्ठ २०८३,
Load More
Next Post
महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

महावीरको सानदार जितः ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In