• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सरकार आयो, युवा गए

    सरकार आयो, युवा गए

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    ‘लमजुङ दरबार’सँगै बाँचेको माया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कांग्रेसका सबै उम्मेदवार जिताउन देउवाको निर्देशन

metakhabar by metakhabar
१७ फाल्गुन २०८२,
0
कांग्रेसका सबै उम्मेदवार जिताउन देउवाको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको पक्षमा लागेर सबै उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन् । उनलाई भेट्न जाने उनी निकटका अधिकांश नेता कार्यकर्तालाई देउवाले निर्वाचनमा रूख चिन्हमा मतदान गर्ने वातावरण बनाएर कांग्रेसका पक्षमा परिणाम ल्याउन स्पष्ट निर्देशन दिएका हुन् ।

देउवाले पार्टीभित्र फैलाइएका भ्रम, आशङ्का र टिप्पणीलाई अस्वीकार गर्दै आफू कांग्रेस जिताउने अभियानबाट अविचलित रहेको सन्देश दिएको कांग्रेस पार्टी कार्यालयका निवर्तमान मुख्यसचिव एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बताए ।

पौडेलले निवर्तमान सभापति देउवाले पार्टीका पक्षमा लागेर कांग्रेसका उम्मेदवारलाई जिताउन सबैलाई निर्देशन दिएको बताएका हुन् । ‘शेरबहादुर दाइकोमा हरेक दिन नै एक/डेढ सय नेता–कार्यकर्ता आउनुहुन्थ्यो’, नेता पौडेलले भने, ‘उनीहरूलाई तपाईंहरू गाउँ जानुस्, कांग्रेसलाई जिताउन लाग्नुस् भनेर निर्देशन दिइरहनुभएको छ । प्रत्यक्ष भेटमा उहाँले दायाँ–बायाँ नलागी कांग्रेसको पक्षमा परिणाम सुनिश्चित गर्न भन्दै आउनुभएको छ ।’

देउवाले कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई समेत स्पष्ट निर्देशन दिँदै आफ्नो प्रदेशसहित देशभर कांग्रेसलाई जिताउन सक्रिय भूमिका खेल्न भनेकोसमेत नेता पौडेलले जानकारी दिए ।

दुई कार्यकाल कांग्रेसको सभापति रहिसकेका देउवाले औपचारिक रूपमा लिखित वा मौखिक अपील जारी गर्ने–नगर्ने विषय टुङ्गो नलागे पनि आन्तरिक रूपमा सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरिसकेको पौडेलले बताए ।

उपचारका लागि सिंगापुर जानुअघिसम्म उनले हजारौँ नेता–कार्यकर्तालाई कांग्रेसका उम्मेदवार जिताउन केन्द्रित भएर लाग्न निर्देशन दिएका हुन् । जेन-जी आन्दोलनपछि सार्वजनिक रूपमा राजनीतिक कार्यक्रममा सहभागी नभए पनि देउवा निवासमा दैनिक सय भन्दा बढी कार्यकर्ता भेटघाटमा जाने गरेको देउवा निकटका नेताहरूले दाबी गरेका छन् ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमण भएपछि नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर जाने आउने गरिरहेका छन् । पछिल्लो दुई दिनअघि देउवा चिकित्सकको सल्लाह बमोजिम धर्मपत्नी आरजू राणासँगै सिंगापुर गएका छन् ।

निवासमा उनले आफू निकटका नेता कार्यकर्तासँग नियमित भेटघाट गर्ने र निर्वाचनमा कांग्रेसका पक्षमा माहोल तयार गर्न निर्देशन दिने गरेको देउवा निकटका नेताहरूको दाबी छ ।

फागुन २१ नजिकिँदै गर्दा देउवा सिंगापुर प्रस्थान गरेपछि विशेष महाधिवेशनको तुष बाँकी राखेको हो कि भन्ने अनुमान भइरहँदा देउवाको यस्तो सन्देश आएको हो ।

उनले व्यक्तिगत उपचारका कारण बाहिर जानु परेको भए पनि पार्टीको चुनावी अभियानलाई तीव्र बनाउन निरन्तर जोड दिएको नेता पौडेलले दाबी गरे । देउवा केही दिनमै फर्कने तालिका बनाएर उपचारका लागि सिंगापुर गएको बताइएको छ ।

देउवाको रक्तचाप बढेकाले स्वास्थ्य जाँच र उपचार अपरिहार्य बनेको पौडेलले दाबी गरेका छन् ।

Previous Post

कांग्रेसले काठमाडौँ उपत्यकामा आज ६ वटा चुनावी सभा गर्ने

Next Post

उम्मेदवार माग्छन् मत, मतदाता माग्छन् लालपुर्जा

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकार आयो, युवा गए
फिचर-ब्यानर

सरकार आयो, युवा गए

२३ अशोज २०८३,
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती
फिचर-ब्यानर

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

२३ अशोज २०८३,
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
समाचार

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

२३ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ अशोज २०८३,
व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै
समाचार

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

२३ अशोज २०८३,
‘लमजुङ दरबार’सँगै बाँचेको माया
समाचार

‘लमजुङ दरबार’सँगै बाँचेको माया

२३ अशोज २०८३,
Load More
Next Post
सर्लाहीमा मतदाता नामावलीमा पाँच हजार ८१७ नयाँ मतदाता थपिए

उम्मेदवार माग्छन् मत, मतदाता माग्छन् लालपुर्जा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In