• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

    पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

    सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

    सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

    विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

    विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव

    सुनको मूल्य तोलामा एक हजार दुई सयले बृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नयाँपुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’

metakhabar by metakhabar
१७ फाल्गुन २०८२,
0
नयाँपुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी), १७ फागुनः आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।

यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक सञ्जाल, बहस, छलफल र विद्यालय–क्याम्पसस्तरीय संवादमार्फत उनीहरू निर्वाचन, संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे बुझ्न खोजिरहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का नयाँ मतदाताहरूले आफ्नो पहिलो मत ‘व्यक्तिगत स्वार्थ’भन्दा पनि ‘भविष्य निर्माण’का आधारमा प्रयोग गर्ने बताएका छन् । उनीहरूका प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी सृजना, पारदर्शी शासन व्यवस्था र जनताको समस्या बुझ्ने नेतृत्व छन् ।

विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनका पवन ढेगामगर पहिलोपटक मतदान गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । दुर्गम गाउँमा पर्ने बगुवन गाउँको समस्या समाधानका लागि ठोस पहल गर्ने उम्मेदवारलाई चयन गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।

“अहिलेसम्म मतदान गरिएको थिएन, त्यसैले पहिलाको निर्वाचनमा खास चासो पनि राखिँदैन थियो”, उहाँले भन्नुभयो, “यसपालि आफैँले मतदान गर्न पाउने भएकाले धेरै कुराहरूमा चासो हुने र विषयहरू बुझ्न मन लाग्ने भएको छ ।”

जिल्लामा विभिन्न नागरिक संस्थाहरूले पनि पहिलो मतदातालाई लक्ष्य गरी मतदाता शिक्षा, सचेतना कार्यक्रम र संवाद आयोजना गरिरहेका छन् । यस्ता कार्यक्रमले युवामा मतदानप्रति आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ ।

पहिलोपटक मतदान गर्न लागेकी कावासोती नगरपालिका–२ की १९ वर्षीया एञ्जल भुसालले भन्नुभयो, “हामी अब दर्शकमात्र होइनौँ, निर्णय प्रक्रियाका सहभागी हौँ । हाम्रो मतले हाम्रो भविष्य निर्धारण गर्छ भन्ने चेतना आएको छ ।”

बुलिङटार गाउँपालिका–३ का अर्का युवा सुमन थापाले भन्नुभयो, “हामीलाई भाषणभन्दा काम चाहिएको छ । युवालाई स्वदेशमै अवसर दिने नीति ल्याउने उम्मेदवारलाई रोज्ने सोचमा छौँ ।”

पहिलो मतदानलाई जीवनको महत्त्वपूर्ण अनुभवका रूपमा लिँदै युवाहरू मतदान दिनलाई ‘उत्सव’जस्तै मानिरहेको देखिन्छ । कतिपय युवाहरूले सामाजिक सञ्जालमा पनि जिम्मेवार मतदानको सन्देश फैलाइरहेका छन्, ‘सोचेर मत हालौँ, भविष्य बनाऔँ’ भन्ने नारासहित । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिलोपटक मतदान गर्न लागेका युवाहरू फागुन २१ गतेको निर्वाचनलाई लिएर उत्साहित भएको देखिन्छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नौ हजार २३७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो । उहाँका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट सिधैँ नाम दर्ता गराउने मतदाता तीन हजार १५३ र राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराउनेको सङ्ख्या छ हजार ८४ छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् ।

Previous Post

चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा

Next Post

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

metakhabar

metakhabar

सम्बन्धित खबर

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना
फिचर-ब्यानर

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

३१ जेष्ठ २०८३,
सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण
समाचार

सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

३१ जेष्ठ २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
समाचार

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

३१ जेष्ठ २०८३,
विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित
खेलमैदान

विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

३१ जेष्ठ २०८३,
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
फिचर-ब्यानर

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

३१ जेष्ठ २०८३,
अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव
आर्थिक

सुनको मूल्य तोलामा एक हजार दुई सयले बृद्धि

३१ जेष्ठ २०८३,
Load More
Next Post
मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In