• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

    प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

    औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

    औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

metakhabar by metakhabar
१३ फाल्गुन २०८२,
0
मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ), १३ फागुन : दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरुले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ । वर्षौँ भयो, सडकको अवस्था सुध्रिएको छैन । वर्षायाममा हिलोले गाडी फस्छ, हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ ।

शुक्लागण्डकी नगरपालिका–३ कालिम¥याङका दलबहादुर थापाले चुनावका बेला जनतालाई आश्वासन देखाएकाहरुले चुनाव जितेपछि काम नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “चुनाव आउँदा हामी जनताको घर–घर धाउँछन् । हात जोड्छन्, सपना देखाउँछन् । तर, जितेपछि हामी को हौँ भनेर कसैले सोध्दैन । सडकको यस्तो हालत देख्दा नेताको आँखा नखुल्नु लाजमर्दो हो । चुनाव आउँदा मात्रै हामी नागरिक हुन्छौँ ।”

शुक्लागण्डकी नगरपालिका–६ ब्यागनका विष्णुमाया परियारले चुनावका बेला मात्रै सडकले प्राथमिकतामा पाउने गरेकामा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सडकको सास्ती कति छ, शब्दमा बयान गर्नै सकिँदैन । नेताहरूले यो बाटोलाई चुनावी भाषणको मसला मात्रै बनाए । हामीले दुःख भोगिरहेका छौँ, उनीहरू भाषण गरेर सत्तामा पुगिरहेका छन् ।”

दुलेगौँडा–हर्कपुर मोटरमार्गको शुक्लागण्डकी नगरपालिका–३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका–६ हर्कपुर खण्ड कालोपत्रेका लागि ठेक्का लगाएको सात वर्ष पुगेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजनाअन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्ग कालोपत्रे गर्न विसं २०७६ कात्तिक ४ गते शङ्करमाली निर्माण सेवा प्रालि काठमाडौँले ठेक्का लियो ।

कूल १०.१८ किलोमिटर सडक कालोपत्र विसं २०७८ माघ १६ गतेभित्र सक्ने सम्झौता भएपनि हालसम्म चार पटक म्याद थप भएको छ । थपिएको म्याद आगामी चैतमा सकिन्छ । तर, काम भने ५० प्रतिशत पूरा भएको छैन ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।

स्थानीय एवं दुलेगौँडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउनुभयो ।

Previous Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल
समाचार

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

२ असार २०८३,
पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा
समाचार

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

२ असार २०८३,
प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह
फिचर-ब्यानर

प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

२ असार २०८३,
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
फिचर-ब्यानर

औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

२ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आर्थिक

गण्डकी बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In