• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

के चीन फर्किएला ?

by
१९ माघ २०७९,
0
के चीन फर्किएला ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।राष्ट्रपति जो बाइडेनले २०२१ मा पदभार ग्रहण गर्दा बाँकी विश्वलाई उनको पहिलो सन्देश थियो – अमेरिका फिर्ता आएको छ। गत अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको रूपमा आफ्नो तेस्रो कार्यकाल ग्रहण गरेपछि राष्ट्रपति सी जिनपिङले यस्तै घोषणा जारी गरे– चीन फर्कदै छ।

विगत दुई महिनामा चीनको नेतृत्वले ठूला नीति परिवर्तनको सङ्केत गरेको छ। अचानक लगभग तीन वर्षको गम्भीर शून्य कोभिड प्रतिबन्धको अन्त्य गरियो। प्राविधिक कम्पनीहरू र रियल–स्टेट क्षेत्रमाथिको नियन्त्रणलाई कम गरियो। साथै, आर्थिक वृद्धिप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै चीनले परिर्वतनका श्रृङ्खलाबद्ध घोषणा गरेको छ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रले व्यवसायका लागि आफ्नो ढोका पुनः खोल्दै जाँदा लगानीकर्ताहरूले उत्साहका साथ प्रतिक्रिया दिइरहेका छन्। चीनको व्यापारमूखी नीतिले निश्चित रूपमा अन्तर्राष्ट्रिय व्यापार र विश्वव्यापी शान्ति र स्थिरताका लागि राम्रो संकेत गर्छ। तर, चिनियाँ अर्थतन्त्रलाई सही मार्गमा राख्नका लागि हालका नीतिहरूलाई पूरै उल्टाउनु आवश्यक छ। वास्तवमा मैले मेरो पुस्तक ‘हाउ चाइना एस्केप द पोभर्टी ट्र्याप’ मा देखाएझैं राजनीतिक प्रणालीमा व्यावहारिकता र इमानदारिता फिर्ता ल्याउनु आवश्यक छ। यसको अर्थ देङ सियाओपिङको युगको चीनको अनुकूल शासन जस्तै बनाउनु हो।

चीनमा एक गलत धारणा छ कि ‘चीन मोडेल’। यसको अर्थ एक बलियो अधिनायकवादी सरकारद्वारा माथिबाटै नियन्त्रण गरिनुपर्छ भन्ने हो। यो गलत धारणालाई राज्यले उद्यमहरूद्वारा बल दिइरहेको छ। वास्तवमा, माओत्सेतुङको शासनको ३० वर्ष गरिबी र पीडाले भरिएको थियो। जहाँ केन्द्रीकृत योजना प्रणाली, राज्यको स्वामित्व र राजनीतिक दमनको संयोजन असफलताको कारण थियो भन्ने प्रमाणित भैसकेको छ। त्यसकारण देङले चुपचाप हाइब्रिड प्रणाली ल्याए जसलाई म ‘निर्देशित सुधार’ भन्छु। यस सुधार अन्तरगत चिनियाँ कम्युनिष्ट पार्टी बलियो रूपमा सत्तामा रह्यो, तर केन्द्रीय सरकारले स्थानीय अधिकारीहरूलाई अधिकार पनि प्रत्यायोजित गयो, र एकै समयमा, निजी उद्यमीहरूलाई राज्यको नियन्त्रणबाट मुक्त गर्‍यो।

बेइजिङलको सरकारले तानाशाह हुनुको सट्टा निर्देशकको भूमिका खेल्यो। राष्ट्रिय लक्ष्यहरू परिभाषित गर्‍यो र उपयुक्त प्रोत्साहन र नियमहरू जारी गर्‍यो। तल्लो तहका अधिकारीहरू र निजी क्षेत्रका उद्यमीरूले स्थानीय समस्याहरूको स्थानीय समाधानहरू खोजी गरे। यसबाट विविधताको अभ्यासमा आधारित स्थानीय चीन मोडेलहरू देखा परे। जसले रूपान्तरणकारी आविष्कारहरू तलदेखि माथिसम्म पुर्‍यायो। यसबाट केन्द्रीय अधिकारीहरूलाई चकित पार्यो। यसको एउटा उदाहरण डिजिटल अर्थतन्त्रको उदय हो। यसका लागि देङले पार्टीको मानसिकता र मान्यताहरू परिवर्तन गर्ने कुरा सुनिश्चित गरे। उनले आफ्नो १९७८ को ऐतिहासिक भाषणमा चीनको ‘सुधार र खुलापन’ को युगको सुरुवात गरेका थिए।

माओको नेतृत्वमा, मानिसहरूले कठोर सजायको डरले सत्य बोल्ने हिम्मत गरेनन्। एउटा चिसो राजनीतिक वातावरण सिर्जना गर्‍यो। जसले ग्रेट लीप फर्वार्ड जस्ता विनाशकारी नीतिहरू जन्मायो। तर, देङको नेतृत्वमा ‘तथ्यबाट सत्य खोज्नु’ भन्ने नयाँ अनिवार्यता स्थापित भयो। जनताको हितमा सुधार गर्ने नीतिहरू छान्नुपर्छ नकि राजनीतिक रूपमा सही वा गलत भनेर ।

देङको हाइब्रिड प्रणाली मानिएको माथिदेखि तलको दिशामा र तल्लो देखि माथि स्वायत्तताको संयोजनलाई अहिले सीको आफ्नै नेतृत्वले बेवास्ता गरेको छ। जब सीले सत्तामा आए उनले माथि देखि तलको कमाण्ड प्रणालीले पाएको संस्थागत फाइदाको बाटो लिए। र, पश्चिमी लोकतान्त्रिक पूँजिवादसँग चीनको सफलताको बारेमा फरक कथाको वकालत गर्न थाले।

माथि देखि तलको नियन्त्रणकारी दृष्टिकोणले प्रारम्भिक कोभिड–१९ प्रकोपको समयमा प्रभावशाली परिणामहरू ल्यायो। सामूहिक परीक्षण र कडा नियन्त्रण अधिनायकवादी सरकार अन्तर्गत मात्र कायम राख्न सकिने उपायहरू थिए। यस मार्फत चीनले २०२० देखि २०२२ सम्म कोभिड संक्रमणको राम्रो नियन्त्रण गर्‍यो जसले मृत्यु पनि कम भयो। सीले शून्य–कोभिडलाई आफ्नो विशेष उपलब्धिहरू मध्ये एकको रूपमा स्वीकार गरे। गत अक्टोबरमा भएको राष्ट्रिय कंग्रेसमा विना डगमगाई चीन शून्य कोभिड नीतिमा अडिग रहनेछ भनेर सीले घोषणा गरे। तर घटनाहरूले द्रुतरुपमा अप्रत्याशित मोड लियो। अनन्त नाकाबन्दीबाट आक्रोशित, चिनियाँ नागरिकहरू विरोधमा सडकमा उत्रिए र सीलाई आफ्नो स्थिति परिवर्तन गर्न बाध्य पारे।

शून्य कोभिड नीतिको अचानक उल्टाइले संक्रमितहरूको अस्पतालमा भर्ना हुनेको संख्यामा ठूलो बृद्धि भएको छ। यस समस्यामा चीनले केही समय कडा संघर्ष गरिरनपर्ने देखिन्छ। सी र उनको टोली महामारीलाई नियन्त्रणमा राख्न र व्यवसायिक विश्वास पुस्र्थापित गर्न उत्सुक छन्। आरामदायी आर्थिक नियमहरू र महामारी नियन्त्रणको अन्त्यले साँच्चै पूँजी बजारलाई बढाएको छ। यसबाहेक, कोभिड–१९ संक्रमणको चरम सीमापछि, घरेलु उपभोगले बदला लिने सम्भावना छ। यात्रुहरूको लागि क्वारेन्टाइनको अनिवार्य आवश्यकता हटाइएपछि उडान बुकिङहरू धेरै गुणा बढेको छन्। केन्द्र सरकारले आर्थिक वृद्धिदर बढाउन पूर्वाधारमा थप खर्च गर्ने वाचा गरेको छ। तर, नयाँ आर्थिक परिदृश्यले परिणाम दिनको लािग सीले राजनीतिक प्रणालीको सुधारका च्यानलहरू खोल्न आवश्यक छ।

यसको मतलब उहाँले व्यक्तिगत उदाहरण स्थापित गर्नुपर्दछ की पार्टी र राज्यका अधिकारीहरूलाई उहाँ वास्तविकताहरू बताउँन चाहानुहुन्छ। व्यवहारमा सत्य बोल्नेहरूलाई मौन राखेर प्रचार गर्नेहरूलाई उचालियो भने त्यस्तो हुँदैन। सरकारले नागरिक समाज र सञ्चारमाध्यमलाई पनि थप ठाउँ दिनुपर्छ। र अन्ततः नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई खारेज गर्दा सीपीसीको शक्तिमा पकड बलियो हुन्छ भन्ने सोच्नु अदूरदर्शी सोच हो। नीतिगत प्रतिक्रियाको नियमित प्रणाली बिना, शासनले पीडा भोग्दछ जस्तै गत नोभेम्बरमा विस्फोट हुने किसिमका जन–विरोधहरू आए र सीपीसीको कार्यसम्पादनको वैधतालाई चुनौती दिए।

सीको माथि देखि तल भन्ने दृष्टिकोणको अर्को समस्या के हो भने यसले लगानीकर्ताहरूलाई चीन लगानीको लागि उपयुक्त हुनेछ भनेर सोच्न नै छोडाउछ। विगत एक दशकमा सीले विभिन्न सुधारहरूको घोषणा त गरेका छन्। तर, केवल उल्टो बाटोमा। व्यावहारिकता र स्पष्टताको आधारमा अधिकारीहरूलाई सशक्तिकरण गरिएमा बजारलाई आश्वस्त पार्ने दिशामा सकारात्मक प्रभाव पर्ने थियो। पार्टीमा भर्ना र बढुवाका लागि राजनीतिक प्रणालीको मापदण्ड परिवर्तन गर्नु नारा मात्र होइन चर्को माग हो भन्ने बुझ्नुपर्छ।

अन्तमा, चीनको नेतृत्वले रियल इस्टेटमा सट्टा लगानीलाई रोक्ने र ई–कमर्समा डेलिभरी कामदारहरूको अधिकारको रक्षा गर्ने जस्ता समस्याहरू समाधान गर्ने मुख्य लक्ष्य गलत थिएन भन्ने कुरा स्वीकार गर्नुपर्छ। अघिल्लो नीतिहरू उल्टो भयो किनभने तिनीहरू स्वेच्छाचारी रूपमा लागू गरिएका थिए। जसले गर्दा पार्टीले तिनीहरूलाई कुनै पनि समयमा परिवर्तन गर्न सक्छ भनेर व्यावसायीहरूलाई चिन्तित बनायो। राष्ट्रपति सी र उहाँको टिमले आफ्नो नीति निर्माणमा पारदर्शिता र परामर्शको अभ्यास गर्नुपर्छ।

चीनले सन् १९७० को दशकको उत्तरार्ध र २०१० को प्रारम्भिक बीचमा व्यवहारिक शासनको प्रचुर अनुभव संकलन गरेको छ। देङको आर्थिक मोडेल उत्कर्षमा पुगिसकेको थियो। चीन भ्रष्टाचार, असमानता, ऋण जोखिम र वातावरणीय प्रदूषणको कारक बन्न थालेको थियो। तैपनि, माओवादमा फर्किने समाधान कहिल्यै हुन सक्दैन थियो। तर २०१२ मा सीले सत्तामा आउँदा यस कुरामा ध्यान दिनुको साटो एक्काइशौं शताब्दीमा पनि निर्देशित सुधारको बाटो लिए। यसबाट सी फर्किनु पर्दछ। विगत दुई महिनाका नीतिगत परिर्वतनको संकेतहरूले पर्यवेक्षकहरूलाई उत्साहित बनाएको छ। तर, विगतका त्रुटिहरूलाई सच्याउनु दीर्घकालीन सुधारहरूको विकल्प ठान्नु हुदैँन।

सिंगापुरमा जन्मिएर हाल अमेरिकामा प्रध्यापन गर्नुहुने प्रसिद्ध लेखिका युन युन आङको प्रोजेक्ट सेण्डिकेटमा प्रकाशित लेखको भावानुवाद।

Previous Post

सफलताको कथाः अमिताभ वच्चन यसरी बने सफल

Next Post

पर्यटक भिसामा नेपाल आउने इस्लामीक कट्टरपन्थीहरु

सम्बन्धित खबर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
पर्यटक भिसामा नेपाल आउने इस्लामीक कट्टरपन्थीहरु

पर्यटक भिसामा नेपाल आउने इस्लामीक कट्टरपन्थीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In