• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्मीले कफी उत्पादनमा असर

metakhabar by metakhabar
६ फाल्गुन २०८२,
0
गर्मीले कफी उत्पादनमा असर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस। जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन् । यसले उत्पादन घटाउने मात्र नभई, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्‍याइरहेको उनीहरूको निष्कर्ष छ ।

स्वतन्त्र अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले सार्वजनिक गरेको विश्लेषणअनुसार सन् २०२१ देखि २०२५ सम्म विश्वका २५ प्रमुख कफी उत्पादक देशहरूले प्रतिवर्ष औसत ४७ दिन अतिरिक्त हानिकारक गर्मी अनुभव गरेका छन् । ती दिनहरूमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यो तापक्रम कफी बिरुवाका लागि जोखिमपूर्ण मानिन्छ ।

विश्वको करिब ७५ प्रतिशत कफी उत्पादन गर्ने ब्राजिल, भियतनाम, कोलम्बिया, इथियोपिया र इन्डोनेसियामा औसत ५७ दिनसम्म ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । क्लाइमेट सेन्ट्रलका विज्ञान उपाध्यक्ष क्रिस्टिना डाहलले जलवायु परिवर्तनले कफी खेतीलाई प्रत्यक्ष रूपमा चुनौती दिइरहेको बताए । उनका अनुसार प्रायः सबै प्रमुख कफी उत्पादक देशहरूमा अहिले लामो समयसम्म चरम गर्मी देखिन थालेको छ, जसले बिरुवालाई क्षति पुर्‍याउने, उत्पादन घटाउने र गुणस्तरमा असर पार्ने सम्भावना बढाएको छ ।

उनले समयसँगै यसको प्रभाव खेतबाट उपभोक्तासम्म पुग्ने र दैनिक कफीको स्वाद तथा मूल्य दुवैमा असर देखिने उल्लेख गरे । संयुक्त राज्य अमेरिकामा खपत हुने कफीको करिब एक तिहाइ ब्राजिलबाट आयात हुने भएकाले त्यहाँ लगाइएका आयात शुल्कले गत वर्ष मूल्य वृद्धिमा भूमिका खेलेको संस्थाले जनाएको छ । तथापि, पछिल्ला वर्षहरूमा कफी उत्पादन क्षेत्रमा देखिएको चरम मौसम पनि मूल्य वृद्धिको प्रमुख कारणमध्ये एक रहेको बताइएको छ ।

कफी खेती सफल हुनका लागि उपयुक्त तापक्रम र वर्षा आवश्यक हुन्छ । क्लाइमेट सेन्ट्रलका अनुसार ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अरेबिका प्रजातिका लागि अत्यन्त हानिकारक र रोबस्टा प्रजातिका लागि पनि उपयुक्त हुँदैन । यी दुई प्रजातिले विश्वव्यापी कफी आपूर्तिको अधिकांश हिस्सा ओगटेका छन् ।

अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले कार्बन प्रदूषण नभएको अवस्थामा ३० डिग्री सेल्सियसभन्दा तल रहने अनुमानित दिनहरूको तुलना वास्तविक तथ्याङ्कसँग गरेका थिए । त्यस क्रममा जलवायु परिवर्तनका कारण थपिएका तातो दिनहरूको सङ्ख्या पहिचान गरिएको हो । जलवायु पर्यवेक्षकहरूका अनुसार पछिल्ला तीन वर्ष विश्व इतिहासकै सबैभन्दा तातो वर्षका रूपमा दर्ज भएका छन् । यसको प्रभाव कृषि क्षेत्रमा स्पष्ट रूपमा देखिन थालेको छ ।

Previous Post

पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव : राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन,लोकतन्त्र सबैका लागि अपरिहार्य

Next Post

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

metakhabar

metakhabar

सम्बन्धित खबर

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
आर्थिक

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

१ बैशाख २०८३,
वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
आवाज

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

१ बैशाख २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

१ बैशाख २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
आर्थिक

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

१ बैशाख २०८३,
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
आर्थिक

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

१ बैशाख २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
आर्थिक

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

१ बैशाख २०८३,
Load More
Next Post
चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In