• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जी–७ मा इरान सम्झौताको छाया

    जी–७ मा इरान सम्झौताको छाया

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

    कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जी–७ मा इरान सम्झौताको छाया

    जी–७ मा इरान सम्झौताको छाया

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

    बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

    कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

metakhabar by metakhabar
६ फाल्गुन २०८२,
0
स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्टकहोम। बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७औँ शताब्दीको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहास एकाएक उजागर हुँदा समुद्री पुरातत्त्वविद्हरूले यसलाई महत्त्वपूर्ण खोजका रूपमा लिएका छन् ।

क्यास्टेलहोलमेन टापु आसपास पानीको सतह घटेसँगै जहाजको राम्रोसँग जोगिएको पतवारका काठका भागहरू फेब्रुअरीको सुरुदेखि नै बाहिर देखिन थालेका हुन् । ती काठका संरचनाले जहाजको कङ्कालजस्तै स्पष्ट रूपरेखा प्रस्तुत गरेका छन्, जसले १७औँ शताब्दीको जहाज निर्माण प्रविधिबारे महत्त्वपूर्ण सङ्केत दिन सक्छ ।

स्टकहोमस्थित व्राक – भग्नावशेष सङ्ग्रहालयका समुद्री पुरातत्वविद् जिम ह्यान्सोनले उक्त भग्नावशेष स्विडेनको नौसेनाले जानाजानी डुबाएको बताएका छन् । उनका अनुसार नौसैनिक सेवाबाट अवकाश पाएपछि सन् १६४० आसपास उक्त जहाजलाई क्यास्टेलहोलमेन टापुमा निर्माण गरिएको नयाँ पुलको जगका रूपमा प्रयोग गर्न डुबाइएको थियो ।

पुरातत्वविद्हरूले हालसम्म जहाजको ठोस पहिचान गर्न सकेका छैनन् । सो क्षेत्रमा पुल निर्माणका लागि एउटै पङ्क्तिमा डुबाइएका पाँचवटा समान भग्नावशेषमध्ये यो एउटा भएको विश्वास गरिएको छ । ती सबै १६औँ शताब्दीको अन्त्यदेखि १७औँ शताब्दीको सुरुतिरका मानिन्छन् ।

ह्यान्सोनका अनुसार त्यतिबेला नयाँ काठ प्रयोग गर्नुको सट्टा पूरै जहाजको हुललाई नै आधारका रूपमा प्रयोग गर्नु व्यावहारिक उपाय मानिन्थ्यो । “ओक काठ अत्यन्त बलियो हुन्छ, त्यसैले पुलको जग बनाउन जहाजकै संरचना उपयोग गरिन्थ्यो”, उनले भने ।

उनले थप स्पष्ट पार्दै बाल्टिक क्षेत्रमा काठ नष्ट गर्ने समुद्री कीराहरू नहुने भएकाले त्यहाँ डुबाइएका काठका संरचना सयौँ वर्षसम्म सुरक्षित रहन सक्ने बताए । यही कारणले चार सय वर्षपछि पनि जहाजका भागहरू राम्रो अवस्थामा देखिएको उनको भनाइ छ ।

यसअघि सन् २०१३ मा पनि जहाजका केही भाग सतहमा देखिएका थिए । तर यसपटक बाल्टिक सागरको जलस्तर झण्डै एक सय वर्षयताकै सबैभन्दा न्यून विन्दुमा पुगेपछि भग्नावशेष पहिलेभन्दा धेरै स्पष्ट रूपमा देखिएको हो ।

ह्यान्सोनले उत्तरी क्षेत्रमा लामो समयदेखि उच्च वायुदबाव कायम रहँदा बाल्टिक सागरको पानी उत्तर सागर र एटलान्टिकतर्फ धकेलिएको जानकारी दिए । यही प्राकृतिक अवस्थाले जलस्तर घटाउन भूमिका खेलेको उनको विश्लेषण छ ।

बाल्टिक सागरको तल्लो भागमा रहेका स्विडेनी नौसैनिक जहाजका थुप्रै भग्नावशेष पहिचान गरी सही मिति निर्धारण गर्ने उद्देश्यले ‘द लस्ट नेभी’ नामक अनुसन्धान कार्यक्रम सञ्चालनमा रहेको छ । यस नयाँ अवलोकनले उक्त कार्यक्रमलाई थप गति दिने अपेक्षा गरिएको छ ।

Previous Post

एआईमा भारतको लगानी : दुई वर्षमा २०० अर्ब डलरभन्दा बढीको सम्भावना

Next Post

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

metakhabar

metakhabar

सम्बन्धित खबर

जी–७ मा इरान सम्झौताको छाया
फिचर-ब्यानर

जी–७ मा इरान सम्झौताको छाया

२ असार २०८३,
आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’
आर्थिक

आलेखः टरिगाउँ विमानस्थलमा ‘न त जहाजको टुङ्गो, न त बजेटकै’

२ असार २०८३,
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने
आवाज

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

२ असार २०८३,
जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
फिचर-ब्यानर

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

२ असार २०८३,
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
समाचार

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

२ असार २०८३,
जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
Load More
Next Post
बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In