पिताजीले छोरासँग सोधेछन्, तिमी कसरी प्रमाणित गर्छाै कि हरियो तरकारी खानेहरुको आँखा तेजिलो हुन्छ भनेर । छोराले भनेछ— सजिलो छ बुवा, के तपाईंले घोडा, गाई भैँसीले कहिल्यै चस्मा लगाएको देख्नुभएको छ ?
स्कूल जान्न आमा
रमेशः म स्कुल जान्न आमा ।
आमाः किन बाबु, पढ्न मन लाग्दैन ?
रमेशः हैन आमा, सरलाई केही आउँदैन । सबै प्रश्नको उत्तर मसँग सोध्नुहुन्छ त्यसैले ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













