• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

metakhabar by metakhabar
२४ माघ २०८२,
0
गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा  : जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा लगन जुराएर शुक्रबार प्रमुख बाली मकैको धुमधामले विवाह सम्पन्न गरेका छन् ।

बिहे नगरी मकै रोप्नुहुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यताअनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन् । “मकैको बिहे गरेपछि अब बल्ल बारीमा रोप्ने काम सुरु हुन्छ”, स्थानीय मार्सिङ गुरुङले भन्नुभयो, “यसपालि माघ शुक्ल पूर्णिमामा गाउँमा सिमेभुमे पूजा भयो । त्यसलगत्तै लगन छोपेर आज मकैको बिहे गरेका हौैँ ।”

उहाँका अनुसार आज लाप्राकका गाउँले नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका हुन् । गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे । उत्तरी गोरखाको धार्चे गाउँपालिकाभित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापुलगायत गाउँमा परापूर्वकालदेखि मकै विवाह गर्ने चलन छ । अरु गाउँमा अनुकूलको लगन पारेर मकै बिहे सम्पन्न गर्दैछन् ।

प्रकृति पूजक यहाँका बोन धर्माटलम्बीहरू मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रूपमा रहेको मकैखेती लगाउन सुरु गर्छन् । मकैको उब्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस् भनेर यहाँ मकैको बिहे गर्ने गरेको अर्का स्थानीय राम गुरुङ बताउनुहुन्छ ।

ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ । विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलो आँगनमा जम्मा हुन्छन् । अनि सिङ्गारेर एकजना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्रो, मादल र झ्यालीलगायत बाजागाजासहित जन्ती जाने गर्छन् । ठूलो आँगनबाट मनिडाँडा हुँदै केहीपर जङ्गलमा बेहुली घरका रूपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ ।

जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाइन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरु बीउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने लाप्राकका बिसबहादुर गुरुङ बताउनुहुन्छ ।

बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाचसँगै मकै बिहे समापन हुने गुरुङले बताउनुभयो । “यो पुरानो परम्परा हो, यसरी मकैको बिहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ । बिहे नगरी मकै लगाउँदा अशुभ हुन्छ भन्ने मान्यता छ”, स्थानीय मार्सिङ गुरुङले भन्नुभयो । लाप्राकवासीले हरेक वर्ष माघको अन्तिम तथा फागुन महिनाको पहिलो हप्ताभित्र मकैको विवाह सम्पन्न गर्ने गरेको उहाँले बताउनुभयो । धार्चे गाउँपालिकाले मकै बिहेलाई प्रवर्द्धन गर्न वृत्तचित्र बनाएको छ ।

Previous Post

आइएसएसको अन्त्य, सहकार्यको युग

Next Post

व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती
फिचर-ब्यानर

काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

२७ माघ २०८२,
पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन
समाचार

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

२७ माघ २०८२,
विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल
आर्थिक

विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

२७ माघ २०८२,
लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
समाचार

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

२७ माघ २०८२,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

२७ माघ २०८२,
कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती
फिचर-ब्यानर

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

२७ माघ २०८२,
Load More
Next Post
व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली

व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In