• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने

metakhabar by metakhabar
२४ माघ २०८२,
0
जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानले विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र अर्को हप्ता पुनः सञ्चालनमा ल्याउने भएको छ । सन् २०११ को फुकुसिमा आणविक प्रकोपपछि पहिलो पटक पुनः सुरु गर्ने प्रयास अलार्मसँग सम्बन्धित गडबडीका कारण अस्थायी रूपमा निलम्बन गर्नुपरेको थियो ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) द्वारा सञ्चालित काशीवाजाकी–कारिवा आणविक संयन्त्रका प्रमुख ताकेयुकी इनागाकीले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ९ मा रिएक्टर सुरु गर्ने योजना रहेको जानकारी दिनुभयो ।

टेप्कोले जनवरी २१ मा रिएक्टर पुनः सञ्चालनमा ल्याएको थियो । तर अनुगमन प्रणालीबाट अलार्म बजेसँगै भोलिपल्ट रिएक्टर बन्द गरिएको थियो ।

इनागाकीका अनुसार कन्फिगरेसनमा भएको त्रुटिका कारण अलार्मले एउटा केबलमा विद्युतीय प्रवाहमा सानो परिवर्तन देखाएको थियो । ती परिवर्तनहरू अझै पनि सुरक्षित दायरा भित्र नै रहेकाले सुरक्षा जोखिम नभएको उहाँले स्पष्ट पार्नुभयो ।

रिएक्टर सञ्चालन गर्न सुरक्षित रहेको निष्कर्षपछि कम्पनीले अब अलार्मको सेटिङ परिवर्तन गरेको इनागाकीले बताउनुभयो । उहाँका अनुसार अर्को चरणमा व्यापक निरीक्षण गरिनेछ र मार्च १८ मा वा त्यसपछि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ ।

काशीवाजाकी–कारिवा संयन्त्र सम्भावित उत्पादन क्षमताका आधारमा विश्वकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र मानिन्छ । यद्यपि, यसका सात रिएक्टरमध्ये हाल एउटा मात्र रिएक्टर पुनः सुरु गरिँदैछ ।

सन् २०११ मा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण फुकुसिमा आणविक संयन्त्रका तीन रिएक्टर पग्लिएपछि जापानले अधिकांश आणविक ऊर्जा केन्द्रहरू बन्द गरेको थियो । त्यसयता काशीवाजाकी–कारिवा पनि लामो समयदेखि बन्द अवस्थामा थियो ।

ऊर्जा स्रोतमा सीमितता भएको जापानले जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने र कृत्रिम बौद्धिकता (एआई) को विस्तारसँगै बढ्दो ऊर्जा माग पूरा गर्ने लक्ष्यसहित आणविक ऊर्जालाई पुनर्जीवित गर्न चाहेको छ ।

काशीवाजाकी–कारिवा सन् २०११ पछि टेप्कोद्वारा सञ्चालनमा ल्याइने पहिलो आणविक एकाइ हो । टेप्कोले फुकुसिमा दाइची संयन्त्र पनि सञ्चालन गरेको थियो, जुन हाल चरणबद्ध रूपमा बन्द गर्ने प्रक्रियामा छ ।

संयन्त्र वरपरको क्षेत्रमा जनमत भने गहिरो रूपमा विभाजित देखिन्छ । निगाता प्रान्तले सेप्टेम्बरमा गरेको सर्वेक्षणअनुसार करिब ६० प्रतिशत बासिन्दाले पुनः सञ्चालनको विरोध गरेका छन् भने ३७ प्रतिशतले समर्थन जनाएका छन् ।

जनवरीमा पुनः सुरुको विरोध गर्ने सात समूहले करिब ४० हजारको हस्ताक्षर सङ्कलन गरी टेप्को र जापानको आणविक नियमन प्राधिकरणसमक्ष निवेदन पेस गरेका थिए । उनीहरूले संयन्त्र सक्रिय भूकम्पीय फल्ट जोनमा अवस्थित रहेको र सन् २००७ मा शक्तिशाली भूकम्पको प्रभावमा परेको तथ्य औँल्याउँदै सुरक्षा चिन्ता व्यक्त गरेका थिए ।

Previous Post

प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

Next Post

मुस्ताङको सौन्दर्य समेटिएको ‘मुटु भित्र धड्कन’ सार्वजनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
मुस्ताङको सौन्दर्य समेटिएको ‘मुटु भित्र धड्कन’ सार्वजनिक

मुस्ताङको सौन्दर्य समेटिएको ‘मुटु भित्र धड्कन’ सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In