• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

metakhabar by metakhabar
१४ माघ २०८२,
0
किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताउनुभएको छ । राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार मङ्गलबार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको थियो । दक्षिण कोरिया र जापानले यसलाई पहिले ब्यालेस्टिक मिसाइल प्रक्षेपणका रूपमा वर्णन गरेका थिए ।

राज्य सञ्चार माध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किम आफ्नी किशोरी छोरीसँगै विशाल लन्च ट्रकको छेउमा हिँडिरहेको देखिन्छ । दक्षिण कोरियाको गुप्तचर सेवाले सन् २०२४ को सुरुतिर किम जु ए नामकी छोरीलाई उहाँको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालिएको जनाएको थियो ।

केसिएनएले किम जोङ उनलाई उद्धृत गर्दै परीक्षण प्रक्षेपण देशको ‘रणनीतिक प्रतिरोध’ क्षमताको प्रभावकारिता बढाउन गरिएको बताएको छ । यस शब्दावली उत्तर कोरियाले आफ्ना आणविक हतियार क्षमताका लागि प्रयोग गर्दै आएको छ । समाचार अनुसार लन्चर प्रणालीको गतिशीलता र प्रहारको शुद्धता दुवैमा सुधार गरिएको छ ।

विज्ञहरूका अनुसार उत्तर कोरियाका ठूला आकारका रकेट लन्चर प्रणालीहरूले परम्परागत आर्टिलरी र ब्यालेस्टिक मिसाइलबीचको सीमा झन् अस्पष्ट बनाएका छन्, किनकि ती प्रणालीहरूले आफ्नै थ्रस्ट उत्पादन गर्न सक्छन् र उडानक्रममै मार्गनिर्देशन गर्न सक्षम छन् । उत्तर कोरियाले यस्ता केही प्रणालीहरू आणविक हतियार बोक्न सक्ने दाबी पनि गरेको छ ।

किमले देशको सैन्य शक्ति निरन्तर मजबुत बनाउनु मजदुर पार्टीको अपरिवर्तनीय दायित्व रहेको बताउनुभयो उहाँले पाँच वर्षपछि पहिलो पटक हुन लागेको आगामी पार्टी सम्मेलन ‘देशको आणविक युद्ध प्रतिरोधलाई अझ सुदृढ पार्ने अर्को चरणका योजनाहरू’ घोषणा गर्ने महत्त्वपूर्ण मञ्च हुने स्पष्ट पार्नुभयो ।

फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको उक्त सम्मेलन उत्तर कोरियाको सबैभन्दा ठूलो राजनीतिक तथा प्रचारात्मक कार्यक्रम मानिन्छ, जहाँ नयाँ राजनीतिक र आर्थिक प्राथमिकताहरू निर्धारण गरिन्छ । डिसेम्बरयता उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, लामो दूरीको रणनीतिक क्रूज मिसाइल र नयाँ एन्टी–एयर मिसाइलको परीक्षण गरिसकेको छ । विश्लेषकहरूका अनुसार यी गतिविधिहरू सम्मेलनअघि हतियार विकासका उपलब्धि प्रदर्शन वा समीक्षा गर्ने उद्देश्यले गरिएको हुनसक्छ ।

केसिएनएले आगामी चरणको आणविक विकास योजना कस्तो हुनेछ भन्नेबारे विस्तृत विवरण दिएको छैन । तर विदेशी विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्ना प्रतिद्वन्द्वीहरूको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न एउटै क्षेप्यास्त्रमा धेरैवटा वारहेड राख्ने क्षमतामा निपुणता हासिल गर्न खोजिरहेको छ । साथै, अमेरिकी मुख्य भूमिलाई लक्षित लामो दूरीका मिसाइलका वारहेडहरूलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा उत्पन्न हुने उच्च ताप र दबाबबाट जोगाउने प्रविधि उसले पूर्ण रूपमा विकास गरिसकेको छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक कूटनीति विफल भएपछि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपि सीमित आणविक निःशस्त्रीकरणका सर्तमा आर्थिक र राजनीतिक प्रोत्साहन प्रस्ताव गरिएमा किम पुनः वार्तामा फर्कन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

Previous Post

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Next Post

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

metakhabar

metakhabar

सम्बन्धित खबर

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
प्रोटिन कति सेवन गर्ने ?
समाचार

प्रोटिन कति सेवन गर्ने ?

२१ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

२१ चैत्र २०८२,
चोरीपछि सुनौलो हेलमेट फिर्ता
अन्तर्राष्ट्रिय

चोरीपछि सुनौलो हेलमेट फिर्ता

२१ चैत्र २०८२,
Load More
Next Post
अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In