• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    बागरमा खानेपानीको समस्या

    बागरमा खानेपानीको समस्या

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

    चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    बागरमा खानेपानीको समस्या

    बागरमा खानेपानीको समस्या

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    पोखरा–दुबई उडान दिगो बनाउन पहल

    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

    चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

metakhabar by metakhabar
१४ माघ २०८२,
0
दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ, १४ माघः मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।

बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हँुदै गइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थोरैमा मासिक रु १५ हजारदेखि दुई लाख बढीसम्म कमाउने दूध व्यवसायी यहाँ रहेका छन् ।”
यसअघि दैनिक एक हजार ६०० लिटर दूध बिक्री हुँदै आएकोमा अहिले एक हजार ७०० लिटर दूध सङ्कलन भइरहेको छ । दूधबाट राम्रै आम्दानी हुने देखेपछि किसान उत्साहित भएर गाई थप्दै जाँदा बेमौसमी सिजनमा दूधको परिणाम बढेको उहाँले बताउनुभयो । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखराको सुजल डेरी प्रालिमा बिक्री गर्ने गरिएको छ । उत्पादन गरिएको दूध बिक्रीका लागि बजारको कुनै समस्या नभएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षति भएर लागेका हुन् ।

दमौली बजारमा सञ्चालनमा ल्याइएको दुई पसलबाट दैनिक ७०० लिटर दूध खपत हुने गरेको छ भने एक दिन बिराएर सुजल डेरीले दुई हजार लिटर दूध पोखरा लैजाने गरेको छ । यहाँका व्यासायिक पशुपालनले परिवारको मात्रै नभई सिङ्गो समाजको मुहारमा परिवर्तन ल्याएको संस्थाका सचिव मेघनाथ आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानका लागि थप उत्प्रेरण जगाउने कार्य गरिएको आभास गर्न थालिएको छ ।” यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घर खर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् ।

कृषकको खरिद मूल्यअनुरुप अहिले दैनिक रु एक लाख ३४ हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्रति लिटर रु तीन र व्यास नगरपालिकाबाट रु दुई अनुदान सहकारीमार्फत पाउने गरेका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।

गाउँमै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न सहज भएको छ । नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान प्रदान गर्दै आएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो ।

Previous Post

भाइ फुटे गँवार लुटे

Next Post

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा
आर्थिक

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

२२ असार २०८३,
बागरमा खानेपानीको समस्या
आवाज

बागरमा खानेपानीको समस्या

२२ असार २०८३,
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
समाचार

ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२२ असार २०८३,
ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
फिचर-ब्यानर

पोखरा–दुबई उडान दिगो बनाउन पहल

२२ असार २०८३,
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

२२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २२ गते सोमबारको राशिफल

२२ असार २०८३,
Load More
Next Post
भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In