अर्घाखाँची, अर्घाखाँचीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको ज्यान गएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका–९, ढिकुरामा करेन्ट लागेर सन्धिखर्क–७, डिहिडाँडाका १९ वर्षिय रोशन शाहको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण घिमिरेकाअनुसार करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा शाह ज्यान गएको हो ।शाह केहि वर्षदेखि विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा करारमा काम गर्दै आएका थिए ।













