• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

metakhabar by metakhabar
२६ पुस २०८२,
0
महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुभयो ।

गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो । हरेक वर्ष हिउँदका बेला छ महिना नदीको बगरमा बसेर बालुवा गिट्टी छानेर बिक्री गरी घरयासी खर्च चलाउन थालेको चौधरीको दम्पतीको चार वर्ष भयो ।

“गरेर खाने बानी भयो ढुङ्गा, गिट्टी सारो मानेर के गर्नु,” मुस्कुराउँदै भजौरा डगौराले भन्नुभयो, “अरु बेला गाउँघरमा खेती किसानीमा समय सदुपयोग गरेर पनि हिउँदमा भने महाकालीको बगरमा आइहाल्छौँ ।” उहाँले मङ्सिरदेखि आगामी वैशाखसम्म बगरमै रात बिताएर ढुङ्गा गिट्टी छानेर जीविका चलाउने योजना सुनाउनुभयो ।

“बगरमा झोपडीको बास भए पनि पेट पाल्न बिहानदेखि साझँसम्म छानमै हुन्छौँ”, उहाँले भन्नुभयो, “बेचेरको बालुवा/गिट्टीको रकमबाट आफ्नो खर्च र मासिक रु २५÷३० हजार कमाइ गरेर घर लैजान्छौँ ।” पारिवारिक अवस्था नाजुक भएकै कारण वृद्ध अवस्थामा पुग्दा आफूहरू रोजगारी सम्झेर बगरमा काम गरिरहेको चौधरी दम्पतीको भनाइ छ । “चार छोरी/तीन छोरा गरी सात जना सन्नती छन्”, उहौँले भन्नुभयो, “शरीरमा ताकत हुँदासम्म आफैँ गरेर खाँउ भनेर हरेक वर्ष महाकालीमा दुःख गर्न आउँछौँ ।”

त्यसैगरी महाकाली नदीको तटीय क्षेत्र भीमदत्त नगरपालिका–१३ बडैपुरका खड्कसिंह भट्टको दम्पती पनि नदीको बगरमै वालुवा र गिट्टी छानेर जिविका चलाइरहेका छन् । “यहाँको दुःखले घरको चुल्हो बल्छ”, भट्टले भन्नुभयो, “विगत डेढ दशकदेखि बगरकै सङ्घर्षले जीविका चलेको छ ।” उहाँले दुई छोराहरू हालै मजदूरीका लागि भारतको बैंग्लोर गएको बताउनुभयो ।

“प्रतिट्रली बालुवा रु दुई हजार र गिट्टी रु तीन हजारमा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बगरमा गिट्टी छान्नु भनेको सामान्य दुःखले सम्भव छैन ।” भट्टले महाकालीको तटीय क्षेत्र भुजेला, ओदाली, बडैपुर र पिपरियाका स्थानीयको रोजगारीको गन्तव्य नै बगर हुँदै आएको बताउनुभयो ।

“पहिले दलित, सोनाहलगायत विपन्न समुदायका नागरिकहरू बालुवा छान्न धेरै आउँथे”, भट्टले भन्नुभयो, “अहिले त कञ्चनपुरको बेल्डाडी, बेलौरीदेखि कैलालीबाट समेत आउने गर्छन् ।” उहाँले चार दिनको फरकमा एक ट्रली बालुवा÷गिट्टी बिक्री हुने गरेको बताउनुभयो ।

“बालुवा छान्न बोक्दै टाउँकोको कपाल झरिसके”, भट्टले भन्नुभयो, “बूढा÷बूढी हासीमजाक गर्दै दिनभर बगरमै सङ्घर्ष गरिरहेका छौँ ।” भीमदत्त नगरपालिका–११ भुजेलादेखि वडा नं १३ को झोलुङ्गे पुलसम्मको क्षेत्रमा यतिबेला सयौँ परिवार बालुवा÷गिट्टी छानेर आयआर्जनमा जुटेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराको भनाइ छ ।

“मेरो वडाका मात्रै डेढ सयभन्दा बढी परिवार हिजोआज महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्ने कार्यमा संलग्न छन्”, वडाध्यक्ष बोहराले भन्नुभयो, “बगर गरिबीको रेखामुनि रहेका नागरिकहरूले जिविका चलाउने थलो बनेको छ ।” उहाँले लामो समयदेखि हिउँदका बेला स्थानीयहरू नदीमा काम गर्ने गरेको बताउनुभयो ।

स्थानीय नागरिकका साथै स्कुले विद्यार्थीसमेत यतिबेला बालुवा छान्ने कार्यमा संलग्न रहेको देखिएका छन् । भीमदत्त नगरपालिका–१३ बडैपुरस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत छात्रा भूमिका धामी र कक्षा–१० मा अध्ययनरत ललिता खत्री पनि बगरमा बालुवा छान्दै गर्दा भेटिए ।

“अहिले विदाको समय भएकाले घर खर्च र आफ्नो लुगाफाटो किन्न हुन्छ भनेर यहाँ काम गरिरहेका छौँ,” भूमिका धामीले भन्नुभयो, “विद्यालय समय सकेर बेलुकीपख पनि घर नजिक भएकाले बालुवा छान्न आइरहेका हुन्छौँ ।” उहाँले आफूहरू विगत तीन वर्षयता यहाँ हिउँदमा बालुवा छान्न आइरहेको बताउनुभयो ।

“बर्सातमा बेला नदीमा पानीको बहाव हुने भएकाले काम गर्न सकिँदैन”, उहाँले बालुवा सङ्कलन अवस्थाबारे भन्नुभयो, “अहिलेको बेला त महाकाली छेउछाउका बस्तीका लागि काम गर्न आउने ठाउँ नै यहीँ हो ।” उहाँले छानको बालुवा र गिट्टी खरिदका लागि ट्र्याक्टर लिएर बगरमै पुग्ने गरेको बताउनुभयो ।

त्यस्तै भीमदत्त नगरपालिका–१३ का मनोज साउँद बगरमा बालुवा गिट्टी छानेर घर खर्च चलाउन थालेको दश वर्ष भयो । “हामी दम्पती नै बिहानदेखि साँझ अबेरसम्म यहाँ छानको काममा सक्रिय हुनु नै दैनिकी हो,” बगरमा भेटिनुभएका साउँदले भन्नुभयो, “एक सिजनमा दुवै जनाको गरेर रु डेढ÷दुई लाखसम्म कमाइ हुन्छ ।”

Previous Post

सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित

Next Post

आर्थिक वर्ष २०८२-८३ को पाँच महिनामा विप्रेषण ३५.६ प्रतिशतले वृद्धि, रेमिटेन्स ८७० अर्ब नाघ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
आर्थिक वर्ष २०८२-८३ को पाँच महिनामा विप्रेषण ३५.६ प्रतिशतले वृद्धि, रेमिटेन्स ८७० अर्ब नाघ्यो

आर्थिक वर्ष २०८२-८३ को पाँच महिनामा विप्रेषण ३५.६ प्रतिशतले वृद्धि, रेमिटेन्स ८७० अर्ब नाघ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In