• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेला–महोत्सवको लहर : आर्थिक गतिविधिमा टेवा

metakhabar by metakhabar
२५ पुस २०८२,
0
मेला–महोत्सवको लहर : आर्थिक गतिविधिमा टेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । हरेक हिउँद याममा देशैभर मेला–महोत्सवको लहर नै चल्छ । गण्डकी प्रदेश पनि यतिबेला महोत्सवय बनेको छ । ठाउँ र पर्व विशेषका स–साना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन् । मेला–महोत्सवको आयोजनाबाट आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको छ ।

यही पुस ३ देखि १४ गतेसम्म चलेको २१औँ संस्करणको लेखनाथ महोत्सवमा रु ११ करोड २० लाख बराबरको कारोबार भएको आयोजकको दाबी छ । आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घका अनुसार तीन लाख ३५ हजार दर्शकले महोत्सव अवलोकन गरे । पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित लेखनाथ महोत्सवलाई यस क्षेत्रकै ठूलो महोत्सवका रुपमा लिइन्छ ।

आठौँ संस्करणको बागलुङ महोत्सव मङ्गलबार सकियो । बाह्र दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा झण्डै रु आठ करोडको कारोबार भएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । कला, संस्कृतिको संरक्षणसँगै पर्यटन, कृषि, उद्योग तथा व्यापार प्रवद्र्धनमा महोत्सवले टेवा पुर्याएको उनले बताए । महोत्सवस्थलमा २०० बढी व्यावसायिक कक्ष राखिएका थिए ।

“मेड इन बागलुङका रुपमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष छुट्टै राखिएको थियो”, अध्यक्ष शाक्यले भने, “समग्र रुपमा महोत्सव सफल भयो, महोत्सवका बेला आर्थिक गतिविधि चलायमान हुँदा व्यवसायीहरुको मनोबल बढेको छ ।” मेला–महोत्सव मनोरञ्जनस्थल मात्र नभएर पर्यटन र व्यवसाय प्रवद्र्धन गर्ने माध्यम पनि रहेको उनको भनाइ छ ।

आठौँ पर्वत महोत्सव यही पुस ९ देखि १९ गतेसम्म चल्यो । आर्थिक विकास र पर्यटन प्रवद्र्धनको उद्देश्यसहित आयोजित उक्त महोत्सवमा रु पाँच करोड बढीको कारोबार भएको आयोजक पर्वत उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा १५० भन्दा बढी व्यावसायिक कक्ष राखिएको थियो । विगतका महोत्सवको तुलनामा यस वर्ष दर्शकको सङ्ख्या बढ्दा किनमेल पनि बढेको महोत्सवका मूल संयोजक ठाकुर वि पौडेलले बताए ।

बाहौँँ गोरखा महोत्सव पनि अहिले जारी छ । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १४ गते सुरु भएको महोत्सव पुस २८ गतेसम्म चल्नेछ । पर्यटकीय राजधानी पोखरामा १४औँ संस्करणको पोखरा महोत्सव यही पुस २९ गतेदेखि माघ ११ गतेसम्म आयोजना हुने भएको छ । आयोजक युनाइटेट क्लब, पोखराका अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो । उक्त महोत्सवमा कृषि, उद्योग, हस्तकला, सेवा, अटोलगायत गरी दुई सय ५० वटा व्यावसायिक कक्ष रहनेछन् ।

महोत्सवबाट व्यावसायिक नाफाघाटा मात्र नसोचेर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको क्लबले जनाएको छ । क्लबले महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत काममा खर्च गर्दै आएको छ । आगामी माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव आयोजना हुँदैछ । लमजुङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सवमा २२५ व्यावसायिक कक्ष रहने जनाइएको छ । एक लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा लिइएको लमजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को छेकोमा यस वर्ष पनि पोखरामा सडक महोत्सव आयोजना गरियो । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित २७औँ संस्करणको सडक महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको ‘रेवान’ पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । त्यसअघि पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक सञ्चालन गरिएको थियो ।

चाडपर्वका मौकामा आयोजना गरिने स–साना मेला–उत्सवले पनि गाउँघरमा उस्तै रौनक थप्ने गरेका छन् । माघेसङ्क्रान्ति पारेर म्याग्दीको बेनी बजार, बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुलगायतका क्षेत्रमा मेलाको आयोजना गरिँदैछ । यी मेला इतिहास र परम्परासँग जोडिएका छन् । स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धनको उद्देश्यसहित मेला–महोत्सवको आयोजना हुने गरेका छन् ।

एकैठाउँमा वस्तु तथा सेवाको किनमेल हुने हुँदा महोत्सवले क्रेता र विक्रेता दुवैका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका सदस्य नरेश कँडेलले बताए । “मेला–महोत्सव भइरहनुपर्छ, यसले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, स्थानीय उत्पादनको पहिचान र बजारीकरणमा पनि सहयोग पुग्छ”, उनले भने, “हरेक जिल्लाको आर्थिक विकासको सम्भावना र अवसरको खोजीका लागि पनि यस्ता महोत्सव आयोजना हुनु आवश्यक छ ।”

Previous Post

नेपालमा वैध सत्ता हस्तान्तरणका लागि चुनाव अपरिहार्य : भारतीय विश्लेषक

Next Post

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
दमौली–केशवटार जोड्ने सडक कालोपत्र

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In