• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्याङ्जामा धान उत्पादन बढ्यो

metakhabar by metakhabar
२३ पुस २०८२,
0
स्याङ्जामा धान उत्पादन बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वालिङ (स्याङ्जा), २३ पुसः गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो ।

गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिनुभयो । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको कार्यालयले जनाएको छ ।

“पछिल्ला वर्षमा उन्नत जातका बीउको प्रयोग, आधुनिक यन्त्र÷उपकरण तथा प्रविधिको प्रयोग बढ्दै गएको छ”, पाठकले भन्नुभयो, “बढ्दो प्रविधिको प्रयोग सँगसँगै अनुकूल वातावरणका कारण पनि उत्पादकत्व वृद्धि भएको हो ।” देशका कतिपय ठाउँमा लगाइएको धानबाली भित्र्याउने बेलामा परेको बेमौसमी पानीले क्षति पु¥याए पनि स्याङ्जामा भने त्यति ठूलो क्षति हुन नपाएकाले उत्पादनमा कमी नभएको उहाँको भनाइ छ ।

जिल्लामा धानखेती हुने कूल क्षेत्रफलमध्ये झण्डै ४० प्रतिशतमा ‘हाइब्रिड’ र उन्नत जातका बीउको प्रयोग हुने गरेको अर्थविज्ञ पाठकले जानकारी दिनुभयो । यस वर्ष प्रतिहेक्टर चार दशमलव ५९ मेट्रिकटन धानको उत्पादकत्व रहेकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव तीन मेट्रिकटन थियो । गत वर्ष स्याङ्जामा ६७ हेक्टर क्षेत्रफलमा ३०६ मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।

जिल्लाका आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ घरायसी प्रयोजन तथा बीउका लागि धान उत्पादन हुँदै आएको छ ।

यहाँका किसानले गत वर्षमात्रै करिब रु एक करोडको धानको बीउ बिक्री गरी आम्दानी गरेका थिए । सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट स्याङ्जाका किसानले आम्दानी गर्दै आएका कृषि विकास कार्यालयले जनाएको छ ।

सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जासहित बाहिरी जिल्लामा पनि बिक्री भइरहेको कार्यालयका अर्थविज्ञ पाठकले बताउनुभयो । उहाँका अनुसार जिल्लामा रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथलगायत उन्नतसहित स्थानीय जातका धान लगाउने गरिएको छ ।

Previous Post

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

Next Post

प्लास्टिकमा खानेकुरा राख्नु खतरनाक ! यसरी गर्नुस घरलाई प्लास्टिक मुक्त

metakhabar

metakhabar

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
प्लास्टिकमा खानेकुरा राख्नु खतरनाक ! यसरी गर्नुस घरलाई प्लास्टिक मुक्त

प्लास्टिकमा खानेकुरा राख्नु खतरनाक ! यसरी गर्नुस घरलाई प्लास्टिक मुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In