भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका छन्।
नयाँ दिल्लीमा रहेका संयोजक दाहालसँग डोभालले आइतबार भेट गरेका हुन्। दाहाल आइतबार राति दिल्ली पुगेका हुन् ।
संयोजक दाहाललाई भेट्न डोभाल उनी बसेको होटल ताजमान पुगेर भेटवार्ता गरेका थिए।
उनीहरूीच के कुराकानी भयो खुलाइएको छैन । दिल्लीमा रहँदा दाहालले सत्तारुढ भारतीय जनता पार्टीका केही नेताहरूसँग पनि भेट गर्ने बताइएको छ।
नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन दाहाल दिल्ली गएका हुन् ।
नेपालमा चुनावी गतिविधि तीव्र भइरहेका बेला दाहालको भारत भ्रमणलाई कतिपयले चासोपूर्वक हेरेका छन् ।













