• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सङ्कटमा चौंँरीपालन व्यवसाय

metakhabar by metakhabar
१० पुस २०८२,
0
सङ्कटमा चौंँरीपालन व्यवसाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ। नेपालको गण्डकी प्रदेशको उत्तरी भेगमा अवस्थित हिमालपारिको जिल्ला मनाङका खर्कहरुमा यतिबेला मुस्किलले चौँरी देखिन्छन् । मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा ढुङ्गा माटो धेरै र हरिया घाँस कम देखिन थालेका छन् । जाडो मौसममा किसानले आफ्नो घरवरपर पाइने आहारा खोजेर याकचौँरीलाई खुवाउने गर्छन् ।

दश वर्षदेखि याकचौँरीपालन गर्दै आएका मनाङको नासोँ गाउँपालिका–४ ओडार गाउँका याक चौँरीपालक किसान सुरेश थकालीले समय हिँउ नपर्ने र खडेरी पनि लामो समय भइराख्ने हुनाले मनाङवासीले पानीका मुहान सुक्दै गएको बताउँछन् । उनी भन्छन्, “पहिले पहिले जताततै खर्कमा घाँस प्रशस्त पाइन्थ्यो । अहिले चरन क्षेत्र र पानीको मुहान सुक्दै जाँदा याकचौँरीपालनमा समस्या बढ्दै गएको छ ।”

थकालीसँग अहिले ७० वटा याकचौँरी छन् । घाँसको अभावमा थकालीले बजारबाट किनेर ल्याएको नाइट्रोजनको दाना खुवाएर पाल्ने गरेको बताउँछन् । “करिब पाँचदेखि १० वर्षको अन्तरालमा कुनै वर्ष बढी पानी र हिउँपर्ने हुन्छ भने कुनै वर्ष न पानी न हिउँ पर्छ”, किसान थकाली भन्छन्, “सन् २०२० मा भएको अत्यधिक हिमपातले जनजीवन मात्रै नभइ याकचौँरीलाई आहार पु¥याउन समस्या भयो ।” अत्याधिक चिसो र हरियो घाँसपात र अन्य पौष्टिक आहारको कमीले मनाङमा सयौँ किसानको गोठ खाली भएको अनुभव थकाली सुनाउँछन् ।

मनाङको नाम्के खर्क, क्याङ, माथिल्लो मनाङ, आइसेलेक क्षेत्रमा नै अनावृष्टि, अतिवृष्टि हुँदा पशुपालनमा मात्रै नभइ भू–क्षय जस्ता विपदबाट स्थानीय किसानलाई चौँरीपालनमा थप समस्या भएको छ । वर्षा र हिमपात पर्ने समय फेरिएकाले किसान चाँैंरीपालन गर्ने आत्मविश्वास घट्दै थएको थकाली बताउँछन् । हिमपहिरो जानु, हिमताल सक्नु, याकचौँरीका खर्क (घाँसे मैदान) बगरमा परिणत हुँदैगएको मनाङका स्थानीय बासिन्दा बताउँछन् । पानीको अभावले घाँसे मैदान बगरमा परिणत भएपछि याकचौँरीलाई आहार पु¥याउन चुनौतीपूर्ण भएको उनीहरुको भनाइ छ ।

नासोँ गाउँपालिका–४ ओडारका चौँरीपालक किसान खरमान गुरुङ भन्छन्, “विगतमा हिउँपर्ने समय एउटै हुन्थ्यो । अहिले कुन बेला हिँउ पर्छ भन्ने थाहा हुँदैन ।” पहिले पहिले हिमपात हुने समयमा बढी चिसो भएपछि गोठ सार्ने गरिन्थ्यो तर अहिले हिउँ पर्ने समयको ठेगान नै नहुँदा पशुचौपायाको आहार व्यवस्थापन गर्न सकस हुने उनी बताउँछन् ।

पाँच वर्षअघि भएको हिमपातमा गुरुङको ६३ वटा याकचौँरी मरेका थिए । त्यसपछि उनी थप चौँरी पाल्नलाई आँट नगरेको बताउँछन् । “पानी र खडेरीको विपदले हामी किसान हतोत्साहित भएका छौँ, कहिले हिमपातले त कहिले गर्मीले याकचौँरी मर्छन्”, गुरुङ भन्छन् । राष्ट्रिय कृषि जनगणना २०७८ अनुसार नेपालमा हिमाली क्षेत्रमा बसोबास गर्ने १० हजार परिवारको जीविकोपार्जनको प्रमुख स्रोत याकचौँरीपालन हो ।

पछिल्ला वर्षमा बढ्दो खडेरीका कारण पानीका मुहान सुक्ने र नयाँ घाँसपात पलाउन नसक्ने समस्या देखिएपछि चौँरीपालन व्यवसाय कष्टकर बन्दै गइरहेको छ । याकमा आधारित उनीहरूको सांस्कृतिक पहिचान र सामाजिक जीवनशैलीमासमेत गहिरो सङ्कट सिर्जना गरेको छ । चौँरी हिमाली समुदायका लागि जीविकोपार्जनसँगै धार्मिक आस्था, संस्कार सांस्कृतिक पहिचानसँग गहिरो रुपमा जोडिएको आधारशीला हो । तर, याकचौँरीपालन घट्दै जाँदा घ्यू, दही र छुर्पिजस्ता परम्परागत वस्तुसँगै खर्क संस्कृति, चाडपर्व र दैनिक जीवनशैली नै सङ्कटमा पर्दै गएको नारका ८४ वर्षीय साङ्मा टासी लामा बताउँछन् ।

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार नेपालमा हाल ७१ हजार ९१३ हजार याक÷नाक÷चौँरी रहेका छन् । सन् १९६० को दशकमा यसको सङ्ख्या करिब दुई लाख थियो । तथ्याङ्कअनुसार याकको सङ्ख्या पछिल्ला तीन वर्षमा १५ प्रतिशतले वृद्धि भएको छ ।मन्त्रालयका अनुसार ६० प्रतिशत चौँरीहरु खर्क क्षेत्रमा पालिन्छन् । एक खर्कमा सामान्यतः १५ देखि ५० चौँरीसम्म पालिएको पाइन्छ । खर्कमा नै दूध, घ्यू, छुर्पी, पनिर उत्पादन गरिन्छ ।

जलवायुको प्रभाव

विश्वभर जलवायु परिवर्तनको असर नेपालमा पनि प्रत्यक्ष रुपमा देखिएको छ । यसको असर बढी हिमाली क्षेत्रमा पर्दा यहाँका खेतीपातीका साथै पशुपालनमा पनि समस्या पर्दै गएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोहन लामिछानेले जानकारी दिए ।

“पछिल्लो समय विशेष गरेर हिमाली क्षेत्रमा अझ बढी प्रभाव परेको देखिएको छ” उनले भने, “प्रत्येक वर्ष तापक्रम बढ्दै जाँदा आवश्यकताभन्दा बढी पानी तथा हिमपात हुने मौसमी प्रणाली देखिन्थ्यो तर अहिले सक्रिय भएको मौसमी प्रणाली देखिएको छैन ।”

हिमाली क्षेत्रमा तापक्रम वृद्धिले यस क्षेत्रका कृषि, पशुपालनलगायतमा प्रभावित भएको बताउँदै उनी भन्छन्, “जति तापक्रम बढ्दै जान्छ, त्यति नै पशुपालन, कृषि क्षेत्रमा असर गर्दै जान्छ । तापक्रम वृद्धिले नै बाढी, पहिरोलगायतका विपद् आउने हुन्छ ।” सुख्खापनले कृषि, पशुपालनमा प्रभाव पारेको देखिएको उनले बताए । विगतमा एउटै समयमा हिमपात तथा पानी पर्ने भएको अभिलेखमा रहेका छन् । सन् २०२१ मा थोरै समयमा धेरै वर्षा भएको र हिमाली क्षेत्रका बस्ती, चरन क्षेत्र, खेतीयोग्य जमिनमा क्षति पुगेका उनले बताए ।

सन् २०२० मा भारी हिमपात, सन् २०२५ मा अकस्मात हिमपात र वर्षाले प्रभाव पारेको अभिलेख पाइएको उनको भनाइ छ । हिमाली क्षेत्रमा छिटोछिटो मौसम परिवर्तन हुँदा बालीनाली फरिने देखिएको लामिछानेको भनाइ छ । हिमाली क्षेत्रमा उत्पादन वा बिरुवा नै हुर्कनै नसक्ने भएकामा अहिले उत्पादन भएको पाइएको देखिन्छ । हिउँसँग सम्बन्धित भएर हुने पशुपालनका रुपमा रहेका याकचौँरीपालन तापक्रम वृद्धि हुँदै जाँदा लोप हुने अवस्थामा पुग्न सक्ने उनको अनुमान छ ।

उनले भने, “तापक्रम वृद्धि हुँदै जाँदा कसरी एड्याप्टिभ हुने र जनावरका साथै मानवलाई एड्याप्टिभ बनाउनुपर्ने हुन्छ । कुन कुन व्यवसाय तथा गाईभैँसी पालनको विकास गर्न सकिन्छ जलवायु परिवर्तनमैत्री बनाउन अध्ययन गरेर लाग्नुपर्छ ।”

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माले याकको सङ्ख्या घट्दै जानुमा जलवायु परिवर्तनको प्रभाव र युवाको वैकल्पिक रोजगारीप्रतिको आकर्षण भएको बताए । नासोँ गाउँपालिका–८ ताचैका पशुपालक किसान याद घले घाँसको अभावमा याकचौँरी, भेडाच्याङ्ग्राले माटो चाटेर बाँच्ने गरेको बताउँछन् ।

“हिउँ परे पो यहाँको पालुवा पलाउँछ र पशुचौपायलाई घाँस हुन्छ”, उनी भन्छन्, “एउटै गोठमा २०० भन्दा माथि याकचौँरी र भेडाच्याङ्ग्रा पालिन्छन् । आफैँले घाँस, दाना खरिद गरेर पाल्न सक्ने अवस्था छैन ।” करिब पुसदेखि फागुन, चैतसम्म याकचौँरी र भेडाच्याङ्ग्रालाई घाँसको समस्या हुन्छ ।” जौ, करु, उवा, गहुँ, कोलो बोडी, फापरको डाँठ गाईगोरु, याकचौँरीलाई भए पनि भेडाच्याङ्ग्रालाई घाँस पु¥याउन नसकिने उनको भनाइ छ ।

उच्च हिमाली क्षेत्रमा तापक्रम १.५–२ डिग्रीसेल्सियसले बढेको अध्ययनले देखाएको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउँछन् । “यसको प्रत्यक्ष प्रभाव खर्क र जलस्रोतमा परेको देखिन्छ”, उनी भन्छन्, “तापक्रम वृद्धिकै कारण हिउँ पग्लिदै गएका छन्, पानीका स्रोत सुक्ने क्रम बढ्दो छ । जसले खर्कका साथै पशुपक्षी तथा मानवलाईसमेत प्रभाव परिरहेको छ ।”

कायस्थ भन्छन्, “सिँचाइको अभावले चरन भूमि सुक्खा बन्दै गएका छन् । पहिले हराभरा देखिने चौँरी खर्क अधिक स्थानमा चिरा परेका छन् । कतिपय स्थानमा पानीको अभाव, पहिरोका कारण माटो कटानजस्ता कारणले चरनयोग्य भूमि घटेका छन् ।” चरण भूमिको अभावले यहाँका किसानले याकचौँरीपालन कम गर्दै गएको हुनसक्ने उनी बताउँछन् ।

हिमाली क्षेत्रमा सुख्खापन बढ्दै गएपछि याकचौँरीलाई हुने पौष्टिक घाँसपात र औषधीय जडीबुटी हराउँदै गएका छन् । हिमाली क्षेत्रमा नै हिउँ कम पर्दा हिमरेखा पनि माथि सर्दै गएका छन् । कात्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो साताभित्र चिसोका कारण खर्कबाट याकचौँरीलाई तल्लो खर्क (घर नजिक) सार्ने प्रचलन छ ।

घाँसे मैदान प्रशस्त हुँदा याकचौँरीको मलमूत्रले अझ मौलाएर हरित वृद्धिमा टेवा पु¥याउँदै आएकामा अहिले मुख्यतः पानीको मुहान पनि सुक्दा घाँसे मैदान नै मासिँदै गएका छन् । राष्ट्रिय पशुपछी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यलयका वरिष्ठ पशु विकास अधिकृत आभास पौडेलले हिमाली जिल्लामा तापक्रम वृद्धिका कारण याकमा किर्ना, झिंगा बस्ने समस्या बढ्दै गएकाले याक मर्ने थालेको स्थानीय बासिन्दाले गुनासो गर्ने गरेको बताए ।

वन्यजन्तु संरक्षण र पारिस्थितिकीय प्रणालीमा विद्यावारिधि गरेका श्यामकुमार थापाका अनुसार पछिल्लो समय जलवायु परिवर्तनका कारण चिसो मौसममा हिमालमा हिउँ नपर्ने र गर्मीमा खर्कमा पानी अभाव भई हिमाली भेगका वनस्पती र बुट्यान मर्दै जाने समस्या देखिन थालेको छ ।

हिमाली क्षेत्रमा चरिचन घट्दै गएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाले चौँरीपालनको वैकल्पिक व्यवसाय खोज्न थालेका छन् । जलवायु परिवर्तनका विज्ञ उत्तमबाबु श्रेष्ठका अनुसार जहाँ खर्कहरु छन्, त्यहाँ तापक्रम वृद्धिद्धर सरदरभन्दा बढी देखिएको छ । कर्णालीको क्षेत्रका हिमाली जिल्लामा लामो समयसम्म खडेरी देखिएको र जसको कारण घाँस सुक्ने, घाँसको गुणस्तर र मात्रा कम हुने समस्या देखिने उनको भनाइ छ ।

बजारको समस्या

हिमाली क्षेत्रमा प्रतिचौँरी वार्षिक औसत ३०० लिटर दूध उत्पादन हुने कृषि तथा पशुपक्षी विभागले जानकारी दिएको छ । विभागका अनुसार वार्षिक करिब चार हजार मेट्रिक टन घ्यू, आठ हजार मेट्रिकटन छुर्पी र पनिर तीन हजार मेट्रिकटन चौँरीको दूधबाट उत्पादन हुँदै आएको छ । एक मध्यम खालको खर्कले प्रतिवर्ष औसत रु पाँच देखि १० लाखसम्म आम्दानी गर्नसक्ने अनुमान गरिएको छ ।

छुर्पी, घ्यू, चौँरीको रौँ र मल बिक्रीबाट हुने आम्दानीले हिमाली गाउँमा आर्थिकस्तर वृद्धि सम्भव बनाएको छ । याकचौँरीपालन कम हुँदै गएपछि उत्पादनमा पनि कमी आएको स्थानीय बताउँछन् । विशेषगरी मनाङका पशुपालक किसान प्रत्यक्ष लाभान्वित हुने गरी बजारको व्यवस्थापन नहुँदा पलायन हुने अवस्था सिर्जना भएको छ ।

नेपाल याकचौँरी किसान महासङ्घका केन्द्रीय अध्यक्ष पविहाङ राईका अनुसार बजार अभाव र मूल्य अस्थिरताले किसान निरुत्साहित भएका छन् । आयातित घ्यू, मासुले स्थानीय उत्पादन प्रतिस्पर्धी हुन नसकेको उनी बताउँछन् । आयातित भन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके याकचौँरीपालक किसानलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

चौँरी खर्कहरू समुद्री सतहबाट तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म पाइन्छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, गोर्खा, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, मुगु, डोल्पा, जुम्ला, हुम्ला, रुकुम पूर्व, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायतका ३१ जिल्लामा व्यावसायिक चौँरीपालक किसान रहेका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माका अनुसार नेपालभर हाल करिब ३५ हजार खर्क रहेका छन् । तीमध्ये झन्डै १० हजार खर्क सक्रिय रूपले चौँरीपालनमा प्रयोग भइरहेका छन् । मलेसियन एनिमल हस्बन्डरी जोर्नल (एमएएचजे)ले गरेको अनुसन्धानले सन् २०१७ सम्म याक, नाक चौंरीपालन वृद्धि भएको थियो भने त्यसपछिको वर्षमा विस्तारै घट्दै गएको बताउँछन् ।

मनाङमा मात्र करिब एक हजार १५० खर्क सक्रिय छन् । यस्तै मुस्ताङमा ८५०, डोल्पामा एक हजार ३०० र सोलुखुम्बुमा करिब ७५० खर्क सक्रिय छन् । डोल्पा, मुस्ताङ, मनाङ लगायतका ठाउँमा व्यापक चरन क्षेत्र र चौँरीपालन परम्परागत जीवनशैलीसँग गासिएको हुँदा खर्कको सङ्ख्या बढी छन् ।

दोलखा, ताप्लेजुङलगायतका जिल्लामा खेतीयोग्य जमिन बढी भएकाले चौँरी पाल्ने खर्कको घनत्व कम रहेको छ । वैदेशिक रोजगारी, सहरीकरण, जलवायु परिवर्तन र नयाँ पुस्ताको विकर्षणले याकचौँरीपालन घट्दै गएको छ । सिँचाइको अभावले अधिकांश खर्क सङ्कटमा पर्दै गएको छ । खर्कका नजिकै रहेका तालतलैयालगायत पानीका स्रोत हराउने क्रममा छन् ।

देशभरका युवा वैदेशिक रोजगारी मोहले पलायन हुने सङ्ख्या बढेसँगै यहाँका खेतीयोग्य जमिन बाँझिनुका साथै खेतीपाती र पशुपालन चुनौतीपूर्ण बन्दै गएको छ । नार्पाभूमि गाउँपालिका–३ नार गाउँका पशुपालक मिङ्मार छिरिङ लामा भन्छन्, “वैदेशिक रोजगारी, विकट क्षेत्रका कारण गोठाला नपाइने मुख्य समस्याले पशुपालन घट्दै गएको छ ।” उनका अनुसार नार्पाभूमिमा हरेक वर्ष चार÷पाँच परिवारले पशुपालन छाड्दै गएका छन् । केही अन्यत्र पलायन भएका छन् भने केहीले व्यवसाय फेर्ने गरेका उनी बताउँछन् ।

संरक्षणका प्रयास

गण्डकी प्रदेशले लोपोन्मुख याकचौँरी याक आनुवंशिक स्रोत केन्द्र स्याङबोचे सोलुखुम्बुबाट याक वितरण कार्यको पनि सुरुआत गरेको छ । याकलाई लोप हुन नदिन केन्द्रले हाडनाताबाट देखिने समस्या समाधान गर्ने उद्देश्यले २०७९ सालदेखि मनाङमा याकचौँरीको नश्ल सुधार कार्यक्रमको सुरुआत गरेको छ ।

शुद्ध नश्लमार्फत याक उत्पादन प्रक्रियाको लागि गाँउमै ब्याड याक वितरण गर्दै आएको केन्द्रका सुचना अधिकारी रामललन यादवले बताए । याकचौँरीपालक व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीका अनुसार सामूहिक याकचौंरीपालन गर्ने मनाङका किसानलाई नौ र मुस्ताङमा १० वटा ब्याड याक वितरण गरिएको थियो ।

चिसो बढेसँगै तीन हजारदेखि पाँच हजार मिटर उचाईका लेकको खर्कमा पु¥याइएका याकचौँरी एक हजार ७०० मिटर उचाइको बँेसीतर्फ झारिसकिएको छ । हिउँपर्ने वा चिसो बढ्दै जाँदा यहाँका याकचौँरीलाई घाँस तथा आहारको अभाव हुने गर्दछ । चिसोले यहाँका घाँस सुकेर याकचौँरीको आहार (सोइ) को अभाव हुने हुँदा आफैँले घाँस सङ्कलन गरेर याकचौंरीलाई खुवाउने गरेको किसान बताउँछन् ।

यहाँका पशुपालक किसानले घाँसको अभाव पूरा गर्न जैविक रुपमा दाना (सोइ) बनाएर खुवाउने गरेका छन् । यहाँका किसानले गर्दै आएका खेतीपाती (गहुँ, करु, कोलो बोडी, फापर) लगायत रैथाने बालीका सुकेका डाँठ, दाना, पिठोको मिश्रण बनाइ खुवाउने गरिएको याकचौंरीपालक किसान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकाली बताउँछन् । घाँस नपुगेर हुनसक्ने याकचौँरीको दुर्बलतालाई यस प्रकारको दानाले पौष्टिक तथा भिटामिनसमेत पूर्ति गर्ने गरेको किसान बताउँछन् ।

हिमाली जिल्लाका तालतलैया र मुहान सुक्दै गएपछि त्यसको वैकल्पिक उपायको रुपमा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने थालेका छन् । वडा नं ६ स्थित पोङ्कर ताल परिसरमा रिचार्ज पोखरी निर्माण गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । उनले भने, “मनाङका तालतलैया, प्राकृतिक पानीका मुहान अहिले सुक्दै गएका छन् ।

यसको संरक्षणका लागि हामीले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेका हौँ ।” तीन वटा रिचार्ज पोखरी निर्माण गरिएको छ । भिमथाङ र तिल्चेमा रिचार्ज पोखरी निर्माण भइरहेको छ । पोखरीबाट याकलाई पानी खुवाउने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

भिमथाङमा ५० लिटरको रिचार्ज पोखरी बनाइएको छ । जलवायु परिवर्तनले पारेको असर र यसको न्यूनीकरणका लागि समुन्द्री सतहदेखि चार हजार मिटर उचाईमा रिचार्ज पोखरी निर्माण गरिएको छ ।

Previous Post

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

Next Post

बालेनको रोडम्याप-वैकल्पिक शक्ति बनाउन दौडधूप

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
Load More
Next Post
बालेनको रोडम्याप-वैकल्पिक शक्ति बनाउन दौडधूप

बालेनको रोडम्याप-वैकल्पिक शक्ति बनाउन दौडधूप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In