• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए

    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    सुनको मूल्य घट्यो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भेडापालक किसानलाई गाउँपालिकाकाे अनुदान

metakhabar by metakhabar
१० पुस २०८२,
0
भेडापालक किसानलाई गाउँपालिकाकाे अनुदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ । परम्परागत रुपमा भेडापालन गर्दै आएका किसानलाई गाउँपालिकाले आधुनिक खोर व्यवस्थापनसहित अनुदान उपलब्ध गराउन थालेको हो । उच्च पहाडी क्षेत्रमा पालन गर्दै आएका भेडाको बजारीकरण र औषधि उपचारका लागि पनि पालिकाले सहयोग गर्न लागेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ र ६ का सयौँ किसान भेडापालनमा आबद्ध छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्ने किसानले अव्यवस्थित रुपमा भेडापालन गर्दै आएको हुँदा व्यवस्थित गराउन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताए । यस वर्ष गाउँपालिकाले भेडाका लागि खोप, खानेपानी व्यवस्थापन औषधिसहित सोलार बत्ती र गोठ निर्माणका सामग्री उपलब्ध गराउने उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले रु एक करोड १२ लाख बजेट विनियोजन गरेर भेडापालक किसानका लागि काम गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत पुन मगरले बताए । पालिकाले परम्परागतसँगै नयाँ प्रविधिसँग किसानलाई जोड्ने गरी काम गर्न थालेको उनको भनाइ छ । पालिकाले किसानलाई अनुदानका लागि प्रस्ताव आह्वान गरिसकेको पुन मगरले बताए ।

“निसीखोलामा धेरै किसान भेडापालनमा आबद्ध हुनुहुन्छ, उहाँहरु वर्षभरि धेरै ठाउँमा पुगेर भेडा पाल्नुहुन्छ, उहाँहरुका अनगिन्ती समस्या छन्, ती समस्याहरुलाई पालिकाले सम्बोधन गर्नुपर्छ भनेर यसपालि भेडासहित किसानको औषधि उपाचार, खोर निर्माण लगायतका काम गर्दैछौँ”, उनले भने, “घुम्ती चरनका लागि किसानहरु धेरै ठाउँमा पुग्दा गोठ सार्दा समस्या हुने गरेको छ र खानेपानीको पनि अभाव हुने हुँदा त्यसको व्यवस्थापन गर्ने योजना छ, बजारीकरणका लागि पनि गाउँपालिकाले पहलकदमी चाल्ने छ ।”

किसानले समूह र व्यक्तिगत फर्मबाट प्रस्ताव पेस गर्न सक्ने छन् । निसीखोला गाउँपालिका–६ का भेडापालक किसान थमबहादुर घर्ती मगरले पालिकाबाट खोप र औषधि पाए भेडालाई रोगबाट बचाउन सकिने बताए। हरेक वर्ष विभिन्न रोगबाट भेडा मर्दा लाखौँको क्षति बेहोर्दै आएको उनको भनाइ छ । अहिलेसम्म पालिकाबाट कुनै पनि सेवा नपाएको घर्ती मगरको गुनासो छ ।

उनले भने, “गाउँपालिकाले गोठ बनाइदिन्छ, औषधि र खोप पनि दिन्छ भन्ने सुनेको छु, यसपालि त हामीहरुले पनि पाउँछौँ कि, बर्खाको चार-पाँच महिना लेकमा बस्दा धेरै समस्या हुने गरेको छ, अँध्यारोमा बस्नुपर्छ, गोठ पनि गतिलो हुँदैन, त्यसका लागि राम्रो त्रिपाल, सोलार बत्ती दिए धेरै सहज हुन्थ्यो, दिन्छन् भन्ने आश त लागेको छ ।”

अर्का किसान नरेन्द्र बुढा मगरले पालिकाले लेकको विभिन्न स्थानमा व्यवस्थित घुम्ती गोठ बनाइदिए सहज हुने बताए । बर्खामा रोल्पा, रुकुम र बागलुङको सीमा क्षेत्रमा बस्दा निकै जाडो हुने भन्दै चिसोका कारण भेडाहरु मर्ने गरेको उनको भनाइ छ ।

Previous Post

तनहुँमा ७१ हजार पशुको बिमा

Next Post

गण्डकीमा प्रसूति केन्द्रको सङ्ख्या तीन सय ६४ पुग्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
आर्थिक

राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

९ माघ २०८२,
आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत
कृषि

आलेखः कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

९ माघ २०८२,
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
आवाज

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

९ माघ २०८२,
भिजिट भिसा प्रकरणमा बाबुरामको कटाक्ष- दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए
फिचर-ब्यानर

गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

९ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

९ माघ २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

९ माघ २०८२,
Load More
Next Post
गण्डकीमा प्रसूति केन्द्रको सङ्ख्या तीन सय ६४ पुग्यो

गण्डकीमा प्रसूति केन्द्रको सङ्ख्या तीन सय ६४ पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In