काठमाडौं । चिकित्सकहरुको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले गत १२ देखि १५ सम्म लिएको परीक्षामा एमबीबीएस र बीडीएसमा गरी २ हजार ३ सय ३११ ले लाइसेन्स परीक्षा दिएकामध्ये १ हजार ९१ जना चिकित्सक मात्रै पास भएका हुन् ।
एमबीबीएस र वीडीएसतर्फ गरी १ हजार २२० जना फेल भएको काउन्सिलले जनाएको छ । एमबीबीएसतर्फ कुल १ हजार ८३२ जनाले लाइसेन्स परीक्षा दिएकोमा ८६३ जना मात्रै पास भए ।
यस्तै, बीडीएसतर्फ ४७९ जनाले परीक्षा दिएको भएपनि २२८ जना मात्रै पास भएका छन् ।













