• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

metakhabar by metakhabar
६ पुस २०८२,
0
दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ ।

पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तरमात्र होइन, समग्र गाउँको आर्थिक र सामाजिक मुहारमै परिवर्तन ल्याएको छ । लालझाडीको कञ्जका स्थानीय बासिन्दा बलराम राना पुराना दिन सम्झिँदै भन्नुहुन्छ, “वर्षात सुरु हुनेबित्तिकै बाहिरी संसारबाट काटिन्थ्यौँ, सडकमा गोडासम्म डुब्ने हिलो हुन्थ्यो, कोही बिरामी परेमा अस्पताल लैजानका लागि एम्बुलेन्स आउने त टाढाको कुरा, मान्छेले बोकेर लैजान पनि बाटो भेटिँदैनथ्यो ।”

हिउँदमा पनि कच्ची सडकमा सवारीसाधन गुड्दा उड्ने धुलोले सडक छेउका घर र खेतीपाती पूरै छोपिन्थे, जसका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या आमजस्तै थियो । खोलामा पुल नहुँदा काठको डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्नु यहाँका बासिन्दाको बाध्यता थियो ।

तर, गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीय रामप्रसाद राना बताउनुहुन्छ । “पहिले नदीमा झोलुङ्गे पुल बन्यो, त्यसले डुङ्गा तर्ने दिनको अन्त्य ग¥यो”, उहाँ भन्नुहुन्छ, “त्यसपछि दोदा नदीको बल्मी नजिकै पक्की पुल बनेपछि आवतजावतमा थप सहजता आएको छ, पहिले र आजको लालझाडीको तस्बिर पूरै फेरिएको छ ।”

स्थानीय महेश्वरी राना आफ्नै घरअगाडि कालोपत्र सडक देख्दा चकित हुनुहुन्छ । “हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौँ कि हाम्रै घरअगाडि यति चिल्लो बाटो बन्ला”, उहाँले भन्नुभयो, “सङ्घीयता र स्थानीय सरकार आएपछि जनप्रतिनिधिले सडकलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज यो सम्भव भएको हो ।”

अहिले लालझाडीका मुख्य प्रशासनिक केन्द्रदेखि भित्री बस्तीसम्म कालोपत्र सडकको सञ्जाल फैलिँदैछ । धुलो र हिलोको सास्ती खेप्ने ती दिनहरू अब सम्झनामा मात्र बाँकी रहेको अर्का स्थानीय रामप्यारा चौधरी बताउनुहुन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार गाउँपालिकाले योजनाबद्ध रूपमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाउँदै आएको छ । हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारको त्रिपक्षीय सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ र वडा नं १ को रणनीतिक महत्वको सडक कालोपत्र गरिएको छ । अधिकृत सार्कीका अनुसार गाउँपालिका अध्यक्ष विशेष पूर्वाधार कार्यक्रममार्फत छवटै वडाका सडक स्तरोन्नति तथा कालोपत्रको कार्य भइरहेको छ ।

गाउँपालिकाले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया सुरु गरेको छ । “चालु आर्थिक वर्षमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १३.६ किलोमिटर, एडिबीको पीएलआर कार्यक्रमअन्तर्गत १३.५ किलोमिटर र पाँच किलोमिटर चक्रपथ कालोपत्र गर्दैछौँ”, सार्कीले भन्नुभयो । उहाँका अनुसार कञ्चनपुरमै सबैभन्दा पहिला नगर अस्पताल निर्माण गर्ने पालिका पनि लालझाडी नै बनेको छ, जुन अब सञ्चालनको तयारीमा छ ।

पूर्वाधार विकासअन्तर्गत दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन् । यसैगरी जाइँ–देखतभूली र देखतभूली–दुबहा सिकलपट्टी जोड्ने पुल निर्माणको अन्तिम चरणमा छन् । यी पुलले वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य गरिदिएका छन् ।

सडक र पुलको निर्माणले किसानलाई पनि ठूलो राहत दिएको छ । सडक बनेपछि किसानले आफ्नो उत्पादन (विशेषगरी उखु र तरकारी) खेतबाटै सिधै चिनी मिल वा बजारसम्म लैजान पाएका छन्, जसले गर्दा बिचौलियाको चलखेल घटेको छ । सडक सुविधा पुगेपछि एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका कुनाकुनासम्म पुग्न थालेका छन् । सडक छेउछाउमा नयाँ पसल, बजार र साना उद्योग खुल्ने क्रम बढेसँगै स्थानीय युवा गाउँमै स्वरोजगार बन्न थालेका छन् ।

Previous Post

अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

Next Post

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
Load More
Next Post
कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In