• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

metakhabar by metakhabar
६ पुस २०८२,
0
पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पथरी (मोरङ)। उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएकोे छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोल्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् ।

विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्ने तिवारी गाउँमा परिवारका साथ हासीखुसी जीवन बिताइरहेका छन् । कुखुरासँगै गाईपालनमा लागेका किसान युवराज तिवारीले अहिले गाउँमै सफलता हासिल गरेका छन् । गाउँमै केही गर्ने उद्देश्य साथ पशुपालनमा लागेका तिवारीको बिहान–बेलुकाको दैनिकी नै फेरिएको छ ।

बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्यान छोड्नुपर्ने बताउँछन् । बिहान ३ः०० बजे गाईको गोठमा पसेका तिवारी ५ः०० बजे दूधको क्यानसँगै पथरी बजारमा भेटिन्छन् । गोठमा नौवटा दुहुना, दुईवटा ब्याउनेसहित १५ वटा गाई छन् । गोठ नजिकैको फार्ममा एक हजार ५०० बढी ब्रोइलर कुखुरा छन् । गोठमा भएका गाईले दैनिक ७० लिटरभन्दा बढी दूध दिन्छ । तिवारी दूध बिक्रीका लागि बिहान ५ः०० र बेलुका ४ः०० बजे पथरी बजारमा पुग्ने गर्नुहुन्छ । युवराज तिवारीले आठ वर्षअघि देखेको एउटा सानो सपना पूरा हुदै गएको छ । ब्रोइलरबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि रु तीन लाख खर्च गरेर गाईको गोठ बनाउनुभयो ।

सुरुआती दिनमा न त ठूलो पुँजी थियो न त ठूलो अनुभव तर आत्मविश्वासका साथ ‘केही गरेर देखाउने’ सोच बोक्नुभएका युवराजका यात्रा कहिल्यै थाकेनन् । श्रीमती र दुई छोरीको साथ पाउनुभएका उहाँले गाउँमै सफलता हासिल गर्दै आउनुभएको छ । श्रीमती चन्द्रकला बिहान श्रीमान्सँगै दूध दुहुन, खोले पकाउन, कुटी काट्न गोठमा लाग्नुहुन्छ । बिबीएस अध्यानरत दुई छोरी कुखुराको स्याहार र दानापानी तिर लाग्छन् । पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनमा खुसी छन् । बाबुआमाको मेहेनतका कारण आज हामीले उच्च शिक्षा हासिर गर्न सकेको बताउँछन् ।

तिवारी बिहानको झिस्मिसेमा गोठमा हुँदा गाउँले निद्रामा हुन्छन् । प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने युवराजलाई क्यानमा भरिएको दूधले नयाँ ऊर्जा दिन्छ । तिवारी मुस्कुराउँदै भन्नुहुन्छ, “दूध बेच्ने बेला सुत्न पाइन्नँ, बेलुका पनि बजार पुग्नैपर्छ, तर थकित भएका बेला ग्राहकले दिने प्रतिक्रियाले थप काम गर्न ऊर्जा मिल्छ”, कृषिमा सफलता पाउँदै गर्नुभएका तिवारीबाट धेरै किसानलाई ऊर्जा मिलेको छ । पहिलापहिला दुई–तीन सय कुखुरा हुर्काउन गार्हो हुने तिवारीका फार्ममा आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन् । पहिलापहिला यसले के गरेको भन्ने गाउँलेहरू आजभोलि उहाँको प्रगतिको तारिफ गर्दै केही सिक्न आउने गरेका छन् ।

सरकारी अनुदानको आशा नराख्नुभएका तिवारीलाई यतिबेला भने समस्या थपिँदै गएको छ । समयको बचत र कामको भार कम गर्न भए पनि दूध दुहुने मेसिन आवश्यक परेको बताउनुहुन्छ । नगर र वडाबाट अनुदान पाए केही सहज हुने आशा तिवारीले राख्नुभएको छ । वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी ज्ञान, गोठ सफा गर्ने तरिका, आधुनिक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउनुहुन्छ ।

Previous Post

कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी, पुस २६–२८ को महाधिवेशन अनिश्चित

Next Post

अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
आर्थिक

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

२१ चैत्र २०८२,
महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित
आर्थिक

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

२१ चैत्र २०८२,
कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण
आर्थिक

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

२१ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
Load More
Next Post
अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In